Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच कुनै विमति नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय संरक्षण दिवसका अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आज आयोजित कार्यक्रममा उनले विमानस्थल निर्माणबारे दुवै मन्त्रालयबीच समन्वयात्मक रुपमा छलफल चलिरहेको बताए । मन्त्री बस्नेतले भन्नुभयो, “दुवै मन्त्रालयको समान धारणा छ, विमानस्थल जसरी पनि बन्नुपर्छ,” उनले भने । उनले मुलुकको आवश्यकताले अर्काे अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउनु परेको भन्दै त्यसबारे नकारात्मक बहस नगर्न सम्बद्ध पक्षलाई आग्रह गरे । “मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले नधान्ने अवस्थामा…

Read More

काठमाडौँ: एभरेष्ट बैक लिमीटेड तथा स्टार हस्पिटल बिच स्टार हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैक लिमीटेडका डेविड तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने एक संझौतामा हस्ताक्षर भएको छ । यो छुट बैकका डेविड तथा क्रेडिट कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्रे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी,सीटी स्क्यान, तथा पीटीएफ मेडिसीनमा पाउन सक्नेछन् । यस सम्बन्धि संझौतामा बैकका जनरल मेनेजर राजिव जैन तथा हस्पिटलका प्रमुख सँचालन अधिकुत सन्देश जीसीले हस्ताक्षर गर्नू भएको थियो । हाल एभरेष्ट बैकसँग यस क्षेत्रकै बडि ९ लाख ५० हजार भन्दा बढी ग्राहक सख्या रहेको छ । हालै यस बैक क्यामल्स…

Read More

काठमाडौं: नेपाल एपीएफ क्लवको फुटबल तथा क्रिकेट खेल प्रबर्धनको लागि अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)ले दुई करोड रुपैयाँ प्रायोजन गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)का प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असोज ७ गते आयोजित एक समारोहका बीच आगामी पाँच वर्षको लागि सो खेल प्रायोजनका लागि दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरे । सोही समारोहमा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल र अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)का कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले खेलकुद प्रायोजन सम्बन्धि सम्झौता एक आपसमा हस्तान्तरण समेत गरे । नेपाल एपीएफ क्लवलाई सो…

Read More

काठमाडौँ: संसदीय सुनुवाइ समितिमा भने ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्ण निर्विरोध निर्वाचित भएका छन्। समितिको आजको बैठकमा सांसद अमृता थापाले उनको नाम प्रस्ताव गरेका हुन्। सांसद योगश भट्टराई, शिवकुमार मण्डल र निरुदेवी पालले सो प्रस्तावको समर्थन गरेका थिए। नवनिर्वाचित सभापति कर्णले समितिलाई साझा बनाउने प्रतिबद्धता जनाए। सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा सांसद निरादेवी जैरु निर्विरोध निर्वाचित भएका छन्। समितिको आजको बैठकमा सांसद गणेशसिंह ठगुन्नाले सभापतिमा जैरुको नाम प्रस्ताव गरेका थिए। प्रस्तावलाई सांसद प्रभु साहले समर्थन गरेका थिए। बैठकको अध्यक्षता गरेका सांसद राधेश्याम अधिकारीले समितिको सभापतिमा जैरु निर्विरोध निर्वाचित भएको घोषणा गरे । नवनिर्वाचित…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले थोक मूल्य सर्वेक्षण तथा सङ्घीय संरचनामा लघुविद्युत् सेवाको पहुँच तथा संरचनासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । काठमाडौँमा आज आयोजित एक कार्यक्रममा केन्द्रीय बैंकका गभर्नर चिरञ्जीवी नेपालले ती प्रतिवेदन सार्वजनिक गर्दै देशका ७५३ स्थानीय निकायमध्ये ६६६ स्थानमा वित्तीय सेवा पु¥याइएको जानकारी दिएका हुन् । यसअघि राष्ट्र बैंकले आव २०५६÷५७ मा थोक मूल्य सर्वेक्षण गरेको थियो ।

Read More

काठमाडौँ: साताको पहिलो कारोबारको दिन आज पूँजी बजारमा सामान्य वृद्धि भएको छ । शेयर बजार परिसूचक (नेप्से) दुई दशमलब ६१ अंकले बढेर एक हजार २५७ दशमलब ६८ अंकमा पुगेर बजार बन्द भएको छ । आजको कारोबारमा ब्यापार, बाणिज्य बैंक र होटल समूहको परिसूचक क्रमश: ९ दशमलब ७१ अंक, ८ दशमलब ८४ अंक र ७ दशमलब ४४ अंकले वृद्धि भएको छ । त्यसैगरी, जलबिधुत ६ दशमलब ३९ अंक, बित्त २ दशमलब ४३ अंक र विकास बैंक एक दशमलब ४३ अंकले बढेको छ । यधपी, निर्जीवन बीमा समूहको परिसूचक ६२ दशमलब ६३ अंक, जीवन बीमा २३ दशमलब ४७ अंक र अन्य ८…

Read More

नुवाकोट: देशको मुख्य ऐतिहासिक सम्पदाहरुको सूचीमा पर्छ नुवाकोटको साततले दरबार क्षेत्र । विदुर नगरपालिका २ मा पर्ने भूकम्पले भत्काएको यही सम्पदाको पुनःनिर्माणमा सरकारको चासो नपुग्दा यसको अस्तित्व नै मेटिने आशंका उब्जिएको छ । भूकम्पले भत्काएको ४१ महिनासम्म पनि सम्पदा पुनःनिर्माणमा सरकारको ध्यान नपुग्दा अलिअलि जोगिएको सम्पदाहरु पनि नाश हुन थालेको छ । भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको साततले दरवारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरु भत्काएको थियो । भूकम्पले भत्काएको बेलामा खासै क्षति नभएको संरचना पनि भूकम्पपछिको चार बर्खामा स्याहार्न नसक्दा भत्किँदै गएको विदुर नपा २ का…

Read More

काठमाडौँ : राष्ट्रियसभाले “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पेश गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णायार्थ प्रस्तुत गर्नुभएको सो विधेयक सर्वसम्मतिले पारित भएको हो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामनारायण बिँडारी, जीतेन्द्रनारायण देव र विमला राईले समितिको प्रतिवेदन बैठकअघि नै सांसदलाई वितरण गर्ने व्यवस्था मिलाउन माग गरे । त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोरखरेलले प्रस्तुत गरेको…

Read More

काठमाडौँ: नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनीआइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षितगर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुनेछ भने योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरु मध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई‘आइएमई पे’ मार्फत १००० रुपैयाँको बिलभुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १०,००० रुपैयाँ नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख…

Read More

काठमाडौँ: फ्राइडे रिलिज भएको नेपाली चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले आइतबारसम्म दुई करोड रुपैयाँको कारोबार गरेको जनाएको छ। वितरक मनोज राठीले ‘इन्टु मिन्टु लण्डनमा’ वर्षकै सबैभन्दा ठूलो ओपनर सिनेमा रहेको जिकिर गरे। नेपालमा हाली लागु भएको आधिकारिक बक्सअफिस रिपोर्ट प्राप्त नभएपनि निर्माण कम्पनीले उक्त कमाइ गरेको जनाएको हो। प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराको संयुक्त निर्माण रहेको यस फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य भूमिका रहेको छ भने फिल्म हेर्न शुक्रबार र शनिबार राजधानीका हलहरु प्राय घुइँचो देखिएको थियो।

Read More