काठमाडौँ: एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धि ५.५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ ।
तथापि यो वृद्धि विगत १० वर्ष (आव सन् २००९–२०१८) को वार्षिक औसत ४.३ प्रतिशतभन्दा उल्लेख्य रुपमा बढी हो ।
यस वृद्धिलाई २०७४ मा भएका निर्वाचनपछिको अपेक्षित राजनीतिक स्थिरता, राम्रोमनसुन र ठुला आयोजनाहरुको तीब्र कार्यान्वयनका लागि प्रयासहरूले भरथेग गर्ने एडिबीले जनाएको छ ।
विद्युत् आपूर्तिको उपलब्धतामा वृद्धि र उत्पादनमूलक र निर्माणका गतिविधिमा सम्भाव्य विस्तारका कारण आव २०७५/७६ मा औद्योगिक क्षेत्रमा ७.२ प्रतिशतको वृद्धि हुनेछ, जुन अघिल्लो वर्षको ८.८ प्रतिशत भन्दा कम हो ।
२०७५ जेठ १५ देखि लोडसेडिङको अन्त्यभएसँगै उत्पादनमूलक क्षेत्रले राम्रो गर्ने अपेक्षा गरिएको छ । सेवा क्षेत्र आव २०७४/७५ को ६.६ प्रतिशत वृद्धिको तुलनामाआव २०७५/७६ मा ६.१ प्रतिशत मात्र हुने प्रक्षेपण एडिबीले गरेको छ ।
आव २०७४/७५ मा सरदर वार्षिक मुद्रास्फीति अघिल्लो वर्षको ४.५ प्रतिशतबाट ४.२ मा झ¥यो ।
तथापि आव २०७५/७६ मा औसत वार्षिक मुद्रास्फीति अघिल्लो वर्षको ४.२ प्रतिशतबाट बढेर ६ प्रतिशत पुग्ने अनुमान एडीबीले गरेको छ ।