Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: यती एयरलाइन्सको विमान दुर्घटनाका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीसमय अघिदेखि सञ्चालनमा आएको छ । झण्डै १२ घण्टादेखि अवरुद्ध विमानस्थल खुलेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य अवस्थामा सञ्चालन भएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार धस्सिएको विमानलाई लामो समयको प्रयासपछि अहिले यतीकै पार्किङस्थलमा लगिएको छ । करीब २० मिनेट अघिदेखि सेवा शुरु गरिएको हो । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लु भएको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८ः३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएन । घाँसे…
ललितपुर: पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडाँै उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् । विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका हुन् । भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पूजारीले पूजा गर्नेबाहेक सर्वसाधारणले भित्र गएर दर्शन गर्न नपाएको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कृष्णाष्ठमीमा खुल्ला गर्नका लागि केही दिन पहिले मात्रै निर्माण सम्पन्न गरेका थियौँ ।’ कृष्णाष्ठमीका दिनमा वर्षेनी राष्ट्रप्रमुख दर्शनका लागि यहाँ आउने…
काठमाडौँ: विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जगा खरिदमा ठुलो परिणामको बजेट खर्च हुने गरेको पाइएको छ । नेपाल नागरिक उड्डयान प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्दजामा वितरणमा मात्रै १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार रुपैयाँ खर्चेको हो । चालु आवमा आठ अर्ब ५५ करोड २५ लाख जगा प्राप्तिका लागि बिनियोजन गएिको छ । यी तथ्य तथा तथ्यांकले बिमास्थल निर्माणका लागि आवश्यक जग्गा प्राप्तिमा मोटो रकम खर्च गर्नुपर्दा निर्माण थप महँगो र जटिल बन्दै गएको छ ।, यो खबर आजको कान्तिपपुर दैनिकमा छ ।
काठमाडौं: नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा सेवा बन्द परेको छ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । सरकारले भदौ १ गतेदेखि लागू गरेको मुलुकी ऐन, मुलुकी अपराध (संहिता), ऐन २०७५ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित भएको भन्दै चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् । भदौ १ गते नै आन्दोलनको पूर्व तयारी गरेकालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले विज्ञप्ती जारी गर्दै विवादित दफा तथा…
काठमाडौँ: सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेका छन् । यसका लागि उनीहरूले राहदानीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक आफूअनुकूल फेर्न संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संघीय संसदका सांसदले सरकारी काममा विदेश जाँदा मात्रै रातो पासपोर्ट प्रयोग गर्न पाउने प्रावधान छ सांसदले निजी प्रयोजनले विदेश जाँदासमेत रातो पासपोर्ट प्रयोग गर्न पाउने गरी संशोधन प्रस्ताव हालेका छन् । सांसदहरूले राहदानीसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा परिचयपत्र पेस गरेको आधारमा रातो पासपोर्ट पाउनुपर्ने र व्यक्तिगत काममा विदेश जाँदा पनि त्यसलाई प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् । केही…
काठमाडौँ: रक्षा मन्त्रालयले एक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी नेशनल डिफेन्स कलेज (वार कलेज) खोल्ने तयारी थालेको छ। राष्ट्रिय क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा/प्रतिरक्षा सम्बन्धी अध्ययन/अध्यापान तथा रणनीति सम्बन्धी प्राज्ञिक केन्द्रका रुपमा नेशनल डिफेन्स कलेज र विश्वविद्यालय सरकारै लगानीमा सञ्चालन गर्ने रक्षाको कार्ययोजनामा उल्लेख छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो अल्पकालिन मध्यकालिन र दीर्घकालिन, कार्ययोजनामै वार कलेज र नेशनल डिफेन्स युनिभर्सिटी स्थापनाकाा खाका अघि सारेको छ। ‘एक वर्षभित्र डिफेन्स कलेज र नेशनस डिफेन्स विश्वविद्यालय स्थापनाको प्रारस्भ सम्बधी योजना निर्माण गरिने छ।’ रक्षा मन्त्रालयले तय गरिएको खाकामा भनिएको छ, ‘नेशनल रिजनल र इन्टरनेशनल सेक्युरिटी सम्बन्धि उच्च अध्ययन नेपालमै सुरु भई राष्ट्रिय सुरक्षामा…
जाजरकोट: जाजरकोटमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षिका बनेकी छिन् । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित भएकी जुनिचाँदे गाउँपालिका–६ की गरिमा शाही राजीनामा दिएर शिक्षिका बनेकी हुन् । शाही तत्कालीन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्यसमेत निर्वाचित भएकी थिईन् । उनी छेडागाड नगरपालिका–७ को भानुभक्त आधारभूत विद्यालयको शिक्षिका बन्नुभएको हो । बिहीबार जिल्ला समन्वय समितिबाट राजीनामा दिइ जिल्ला शिक्षा समन्वय इकाइले लिएको परीक्षामा समेल भएकी थिइन् । कक्षा ६ देखि ८ सम्मको गणित विषयको शिक्षण सिकाइ अनुदान दरबन्दीमा उनी शिक्षिका भएको जिल्ला शिक्षा समन्वय इकाइ जाजरकोटका प्रमुख सुधिनराज बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार…
काठमाडौँ: जनतासँगको संवादलाई प्रभावकारी बनाइ जनगुनासाको शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जालमा सहभागिता जनाउनुपर्ने निर्णय भएसँगै सरकारी निकायले धमाधम सामाजिक सञ्जालको प्रयोगलाई तीव्रता दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै २१ वटै मन्त्रालयले सञ्चार तथा सूचनाका क्षेत्रमा उपलब्ध नयाँ प्रविधिको भरपूर प्रयोग गरेका छन् । सबै मन्त्रालयले आफ्नो आधिकारिक ‘फेसबुक’ तथा ‘ट्वीटर’जस्ता सामाजिक सञ्जाल सञ्चालनमा ल्याइ जनगुनासा तत्काल सम्बोधन तथा सुझाव ग्रहण गर्दा सरकार जनताको हातहातमा उपलब्ध भएको प्रष्टिन्छ । त्यस्तै मन्त्रालयको नेतृत्व गर्ने मन्त्री, राज्यमन्त्री, उनीहरूको सचिवालयले पनि आधिकारिक सूचना सम्प्रेषण गर्न सामाजिक सञ्जालको प्रयोगलाई व्यापक बनाइरहेका छन् । उनीहरूले सामाजिक सञ्जालबाटै जनतासँग प्रत्यक्ष तथा परोक्ष अन्तरक्र्रिया गरिरहेका हुन्छन् ।…
बुटवल :श्रीलङ्काले लुम्बिनी गुरुयोजना पूरा गर्न नेपाल सरकारबाट प्रस्ताव आए श्रीलङ्का सरकार सहयोग गर्न तयार रहेको बताएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको आज गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको क्रममा सो सहयोग गर्ने धोषणा गरिएको हो । लुम्बिनी भ्रमण र मायादेवी मन्दिरको दर्शन पश्चात् मन्दिरको दक्षिणतर्फ रहेको पिपलको बोटमुनि आयोजित विशेष कार्यक्रममा राष्ट्रपति सिरिसेनाका तर्फबाट विदेश मामिला मन्त्रालयका सचिव रविनाथा पि आर्य सिंहाले बुद्धको जन्मस्थल लुम्बिनीको विकास र गुरुयोजना पूरा गर्न श्रीलङ्का सरकार सहयोग गर्न तयार रहेको घोषणा गरेका हुन् । यसअघि श्रीलङ्काका राष्ट्रपति…
काठमाडौँ: त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । नेपालगंजबाट आएको यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा धावनमार्ग छोडेर घाँसे मैदानमा पुगेको छ। नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, 9NAHW’ विमान आज साँझ अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार आज साँझ ८ ः ३० बजे भएको सो दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । त्यस्तै यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईका अनुसार जहाजमा सवार २१ जना यात्रु सकुलशल छन् । विमान नेपालगंजबाट चार्टर्ड भएर आएको थियो। घटनापछि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण बन्द भएको र जहाज…