Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा असोज १३ गते शनिबार दिउँसो ३ बजे हुनेछ । तेह्र चरणसम्म खेलाइने लिगको सबै खेल तालिका सार्वजनिक गरिएको छ । सो अवसरमा ए डिभिजनका १४ वटै क्लबका प्रतिनिधि सहभागी थिए । गोला प्रथाद्वारा सार्वजनिक गरिएको तालिकामा पहिलो राउन्डमा सातवटा खेल हुनेछन् । खेल तालिकाअनुसार पहिलो चरणको खेलमा…

Read More

बाँके: नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना तत्काल देखिएको छैन् । बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्लीका लागि नियमित उडान सञ्चालन गर्ने घोषणा गरे पनि त्यसको सम्भावना अहिले देखिएको छैन । “अन्तर्राष्ट्रिय उडानका लागि डोमेस्टिक एयरको छुट्टै सेक्टर आवश्यक पर्छ, तर नेपालगञ्ज विमानस्थलमा त्यो छैन, यस सम्बन्धी पूर्वाधार निर्माण गर्न अझै एक वर्ष लाग्छ, त्यसैले नेपालगन्ज–दिल्ली उडान अहिले सम्भव छैन”, नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका निर्देशक प्रेमनाथ ठाकुरले भन्नुभयो । बुद्ध एयरले पुस पहिलो सातादेखि नेपालगञ्ज–दिल्ली उडान भर्ने बताइरहेका बेला निर्देशक ठाकुरले कम्तीमा अझै पनि एक वर्ष यो विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्ने जानकारी दिनुभयो । केही…

Read More

काठमाडौँ: राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाँै–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि उक्त द्र्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले डिपीआर तयार गरेकोमा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्काे परामर्शदाताको छनोट गरेको हो । काठमाडाँै–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँणले डिपीआरका लागि छनोट भएको कोरियाको सुसुङ कम्पनीसँग यही महिनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने जानकारी दिए । उक्त डिपीआर करीब रु १० करोड १५ लाखको लागतमा तयार हुने छ जुन भारतीय कम्पनी आइएल एण्ड एफएस्को मागभन्दा रु ५१ करोड सस्तो हो ।…

Read More

काठमाडौँ : नेपाल एस्ट्रोनोमिकल सोसाइटीले राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा भाग लिन चाहने कक्षा ८ सम्मका विद्यार्थीले अन्तरिक्षको भाव झल्कने चित्र बनाई सोसाइटीको वेबसाइटमा राखिएको आवेदन फाराम भरेर पठाउनुपर्ने छ । चित्र यही असोज १ गतेदेखि १५ सम्म सोसाइटीको वेबसाइटमा पठाइसक्नुपर्ने अध्यक्ष सुरेश भट्टराईले बताए । विद्यार्थीले पठाएका चित्रमध्ये निर्णायकबाट २० वटा छनोट गरेर ‘अनलाइन भोटिङ’ का लागि असोज १८ देखि २४ गतेसम्म राखिने छ । एउटा विद्यालयका जति पनि विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउनेछन् । विद्यार्थीको चित्रका साथ विद्यालयका प्रधानाध्यापकको सिफारिश संलग्न हुनुपर्नेछ । विजेताको घोषणा अन्तर्राष्ट्रिय विज्ञान दिवसको अवसरमा कात्तिक २४ (नोभेम्बर १०)…

Read More

काठमाडौँ: विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रको वित्तीय तथा सञ्चालन प्रणाल सुधार गर्न ऋण स्वीकृत गरेको छ । बैंकले नेपालमा दीगो ऊर्जा प्रणाली विकास गर्न ऋण दिएको हो। विश्व बैंकले १० करोड अमेरिकी डलर (करिब ११ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको नेपाल स्थित विश्व बैंक कार्यालयद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । ‘नेपाल इनर्जी सेक्ट डेभपलमेन्ट पोलिसी क्रेडिटअन्तर्गत प्राप्त हुने ऋण ऊर्जा क्षेत्रको नीतिगत, संस्थागत तथा नियामकीय क्षमता सुधारमा प्रयोग हुनेछ। यसअन्तर्गत नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था सुधार, नियामकीय दायरा विस्तार गर्न, स्वायत्त निकायका रुपमा अघि बढाउन सहयोग गर्ने विश्व बैंकले जनाएको छ । विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फरिस हडाड जर्भसले…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन्। संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा आज नेपाली सैनिक मञ्च (टुँडिखेल) मा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद्धि र विकासमा सहयोगी भावनाका साथ संलग्न हुन आह्वान गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित समारोहमा उनले भने, “समृद्धि र विकास, एक्लो प्रधानमन्त्री वा सरकार, कुनै दल वा व्यक्तिको निजी विषय होइन, हाम्रो राष्ट्रिय सङ्कल्प हो । यस्तो सङ्कल्प, जसलाई हामीले प्रत्येक आन्दोलनको मोर्चामा हामीसँगै जीवन उत्सर्ग गर्ने, रगत/पसिना बगाउने…

Read More

काठमाडौँ: विषाक्त मदिरा पिएर ज्यान गुमाएका ६ नेपालीको सनाखत भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ। क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ भने १६ जना नेपाली बिरामी रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जनाएको छ । मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले रहेका छन् । विस्तृत जान्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस https://my.nepalembassy.gov.np/wp-content/uploads/2018/09/%E0%A4%AE%E0%A4%A6%E0%A4%BF%E0%A4%B0%E0%A4%BE-%E0%A4%B8%E0%A5%87%E0%A4%B5%E0%A4%A8-%E0%A4%AA%E0%A4%B6%E0%A5%8D%E0%A4%9A%E0%A4%BE%E0%A4%A4-%E0%A4%B5%E0%A4%BF%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A5%80-%E0%A4%A4%E0%A4%A5%E0%A4%BE-%E0%A4%AE%E0%A5%83%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A5%81-%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A4%9B%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%8B-%E0%A4%85%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8-%E0%A4%B5%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%B5%E0%A5%8D%E0%A4%AF.pdf

Read More

बेइजिङ: अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनल पनि मङ्गलबार ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा आगामी हप्तादेखि कर बढाउने घोषणा गरेको छ । करिब पाँचदेखि १० प्रतिशत अमेरिकी सामान अर्थात् करिब पाँच हजार २०० अमेरिकी सामानमा सोमबारदेखि नै लागु हुनेगरी कर बढाएको थियो । अमेरिकाले चिनियाँ सामानमा कर बढाएकै दिन उक्त घोषणा गरिएको चिनियाँ वित्त मन्त्रालयले बताएको छ । यदि अमेरिकाले यसभन्दा पनि बढी कर बढाउँदै गएमा चीनले यथोचित प्रतिक्रिया दिनेछ, मन्त्रालयद्वारा सोमबार जारी वक्तव्यमा भनिएको छ । अमेरिकाले चीनबाट आउने सामानमा नयाँ दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने भनी…

Read More

काठमाडौँ: सरकारले आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा सैनिक मन्च टुँडिखेलमा बिशेष कार्यक्रमको आयोजन गरेको छ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष लगायत संवैधानिक निकायका प्रमुख हरुको उपस्थिति रहेको थियो। यस पटक सरकारले टुँडिखेलमा सर्वसाधारणलाई समेत कुर्सीसहित संबिधान दिवसका कार्याक्रम हेर्ने व्यवस्था गरेको थियो ।

Read More

काठमाडौँ : डलरसामू नेपाली रुपैयाँ बुधबार हालसम्मकै कमजोर भएको छ । बिगत एक महिनादेखि नेपाली रुपैयाँ डलरसामू कमजोर हुँदै गएको छ । केन्द्रीय बैंकले आज बुधबार लागि प्रति अमेरिकन डलरको बिक्री दर ११७.०७ रुपैयाँ र खरीद दर ११६.४७ रुपैयाँ तोकेको छ । मंगलबार प्रति डलर ११६.३२ रुपैयाँ थियो । बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असर पर्न गर्न लागि सकेको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ सस्तिन पुगेको हो । अमेरिकामा बजेटरि घाटा बढी हुँदै जाँदा लगानी बढाउनु पर्ने…

Read More