Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रतिनिधिसभाको आजको दोस्रो बैठकले सांसद शान्ता चौधरीले प्रस्तुत गरेकी प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २६० को उपनियम १ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएका मौलिक हक कार्यान्वयनसम्बन्धी विधेयकमाथि संशोधनको सूचना दिने ७२ घण्टाको समयसीमा घटाउन नियम निलम्बन गर्नु परेको विषय प्रस्तावमा उल्लेख छ । सांसद पार्वती डिसी चौधरीले समर्थन जनाएको उक्त प्रस्तावमा मौलिक हक कार्यान्वयनका लागि संविधान प्रारम्भ भएको मितिले तीन वर्षभित्र अर्थात् आगामी असोज ३ गतेभित्र राज्यले आवश्यकताअनुसार कानूनी व्यवस्था गरिसक्नुपर्ने विषयवस्तु उल्लेख गरिएको छ । बैठकले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । शिक्षालाई गुणस्तरीय, आधुनिक र…
काठमाडौँ: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वर्षीया निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आज प्रदर्शन गरिएको छ । ‘निर्मलाका लागि न्याय’ नाम दिइएको उक्त प्रदर्शन माइतीघर मण्डलाबाट शुरु भई बानेश्वरमा पुगेर समापन भएको थियो । घटना भएको ५० दिन बितिसक्दा समेत सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै नागरिक समाज र सामाजिक अभियन्ताको अगुवाइमा उक्त प्रदर्शन भएको हो । माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन सयौँ सहभागी थिए । बानेश्वरमा पुगेर सहभागीले नाराबाजी गरिरहेका बेला निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी पनि पुगेका थिए। कञ्चनपुर भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको शव साउन ११ गते उखुबारीमा फेला परेको थियो ।
रोल्पा: उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले संघीयतालाई सफल पार्न सवै एकजुट हुनुपर्ने बताएका छन् । उनले संघियतालाई असफल पार्नका लागि विभिन्न समूहले संघीयताप्रति भ्रम फैलाएकोको भन्दै त्यसलाई चिर्नका लागि नेपालका सबै राजनीतिक पार्टीहरु एक ठाउंमा उभिनुपर्ने बताए । नेपालको संघीयता आम नेपाली जनताको त्याग र बलिदानबाट आएको भन्दै उनले संघीयतालाई सफल रुपमा कार्यन्वयन गर्नका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखे । जिल्ला समन्वय समिति रोल्पाद्वारा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले राज्यले गास, बास र कपासको व्यवस्था गर्न कुनै कसर नराख्ने दावी गरे । उनले जनताबाट करमात्रै लिने तर, विकास नगर्ने…
काठमाडौँ : नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले चालक र हेल्परको तलब वृद्धि नगरेको भन्दै आइतबार सबै ट्याङ्करको साँचो नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई बुझाउने भएको छ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घका अध्यक्ष ईश्वर लामाले आज एक विज्ञप्ति जारी गरी भदौ ३ गते श्रमिकका सेवा सुविधाका बारेमा १८ बुँदे मागपत्र राखेर नेपाल आयल निगम र ढुवानी व्यवसायी महासङ्घलाई ज्ञापनपत्र बुझाउँदा पनि माग पूरा गर्न आलटाल गरेकाले साँचो बुझाउन लागिएकोबताए । “नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले हाम्रा मागप्रति पटकपटक बैठक बस्दासमेत सुनुवाइ गरेन, त्यसैले भोलिदेखि साँचो बुझाएर काम नगर्ने निर्णय गरेका छौँ”, अध्यक्ष लामाले भने ।
ललितपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन, तुइन विस्थापन, मेलम्चीको पानी काठमाडौँ ल्याउनेजस्ता महत्वपूर्ण कार्य द्रुत गतिमा अघि बढिरहेको बताउनुभएको छ । ज्यापु समाज यलले आज यहाँ आयोजना गरेको ‘रजत जयन्ती’ कार्यक्रममा उहाँले काठमाडौँबाट छिमेकी मुलुक र काठमाडौँ उपत्यकामा नै रेल सञ्चालनका लागि तयारी भइरहेको बताउनुभयो । “मेलम्चीको पानी छिट्टै नै काठमाडौँ उपत्यका आइपुग्नेछ, पूराना पाइपका कारण दुई चार महीना बाटो हिलो भएर हैरानी सहनुपर्ने हुनसक्छ,” उहाँले भन्नुभयो, “त्यो गाली नै सहनका लागि पनि म तयार छु तर चाँडो मेलम्चीको पानी ल्याउनुपर्छ ।” काठमाडौँ उपत्यकाका फोहोरमैला व्यवस्थापनको नयाँ ढङ्गले काम हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । तीनै जिल्लाका स्थानीय निकायले…
काठमाडौँ : तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । ‘ग्रासरुट’ फुटबल कार्यक्रमअन्तर्गत खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन । बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फुटबल खेल्न सिकाइन्छ । “सानै उमेरमा एकआपसमा चिनजान तथा घुलिमिल हुने वातावरणका साथै खेलको विकास गर्न हामीले अभियान शुरु गरेका हौँ”, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, “सानैउमेरका उत्कृष्ट खेलाडी गर्नु अभियानको अर्को लक्ष्य हो ।” अभियान शुरु गरेर मात्र नहुने भन्दै उनले निरन्तरता…
कञ्चनपुर: कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसी नजिकको नहरमा शनिबार अन्दाजी ५५ वर्षीय महिलाको शव फेला परेको छ । नहरमा अर्ध डुबेको अवस्थामा भीमदत्तनगर बजारको सब्जीमण्डीमा तरकारी बेच्ने कार्यमा सम्लग्न आइती सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । “सार्कीको डुबेर वा अन्य कारणले मृत्यु भएको भन्ने बारे अनुसन्धानको कार्य शुरु गरेका छौ” उहाँले भन्नुभयो । सार्कीको शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । दैलेखको भूर्ति नगरपालिका घर भएका सार्की तरकारी बेच्दै आइएकी थिइन् । यसैबीच कञ्चनपुरको भीमदत्तनगरपालिका–१ भाँसीमा अन्दाजी ५५ वर्षीय भीमलाल शर्मा आज मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घर…
काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालमा अब बन्ने स्मार्ट सिटी विज्ञान तथा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका छन् । सिरु बैद्धिक समाजले आज यहाँ आयोजना गरेको ‘स्मार्ट सिटी नयाँ नगर योजना’ विषयक गोष्ठीमा उनले भने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका नयाँ शहरको अध्ययन, अनुसन्धान तथा मूल्याङ्कन गरी अब बन्ने स्मार्ट सिटीलाई विज्ञान तथा प्रविधिमैत्री बनाउन सक्नुपर्छ ।” अध्यक्ष तिमिल्सिनाले सङ्घ, प्रदेश र स्थानीय तहले स्वच्छ, सफा र हराभरा नयाँ सहर निर्माण गर्न लाग्नुपर्नेमा जोड दिदैं विगतमा पहुँचका आधारमा विकास निर्माणको कार्य गर्दा गति लिन नसकेकाले अब प्राथमिकताका आधारमा योजनाको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिनुपर्छ भने । कार्यक्रममा ‘स्मार्ट सिटी नयाँ नगर…
काठमाडौँ :सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका केही आयोजनाको अवस्था असाध्यै नाजुक रहेको पाइएको छ । पश्चिम सेती जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, कर्णाली करिडोर, कालीगण्डकी करिडोरको काम असाध्यै न्यून रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा विभिन्न मन्त्रालयले पेश गरेको आफ्ना निकाय मातहतका आयोजनाको यथास्थितिमा ती आयोजनाको प्रगति न्यून मात्रै नभई समस्याग्रस्त रहेको पाइएको छ । पश्चिम सेती जलविद्युत् आयोजनाको प्रवद्र्धन गर्ने भनिएको चिनियाँ कम्पनी थ्री गर्जेजसँग पटकपटकको वार्ता सफल हुन नसकेपछि विकल्प खोज्नुपर्ने अवस्था देखिएको छ । पछिल्लो पटक ऊर्जा, अर्थमन्त्रालय र लगानी बोर्ड र चिनियाँ लगानीकर्ताबीच भएको छलफल निष्कर्षमा…
काठमाडौँ : राष्ट्रिय गौरवका आयोजनाकै कार्यप्रगति आशालाग्दो नदेखिएपछि राष्ट्रिय योजना आयोगको औचित्यमाथि नै प्रश्न उठेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा विकास आयोजनाको प्रगति सुनेपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आयोगको भूमिका र औचित्यमाथि प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने, “केही भन्न, केही गर्न, योजना दिन, नियन्त्रण गर्न, यो राख भन्न, यो हटाउ भन्न, यहाँनेर कमजोरी छ भन्न र कुनै नतिजा दिन नसक्ने योजना आयोग हुनुको के अर्थ रह्यो ?’’ छ दशकभन्दा बढी समयदेखि आयोगले सरकारको प्रमुख आर्थिक सल्लाहकारको रुपमा नीति निर्माणदेखि बजेट निर्माणसम्म योगदान पु¥याउँदै आएको छ । विकास समस्या सुल्झाउन आयोगले प्रस्तुत गरेको सुझावलाई…