Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : डलरसामू नेपाली रुपैयाँ आज हालसम्मकै कमजोर भएको छ  । आज एकै दिन प्रति डलर एक रुपैयाँ १५ पैसाले कमजोर हुँदा रुपैयाँ इतिहाँसकै कमजोर हुन पुगेको हो  ।   बिगत केहि हप्त्तादेखि नेपाली रुपैयाँ  डलरसामू दिनप्रतिदिन कमजोर हुँदै गएको छ । केन्द्रीय बैंकले आज मंगलबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११६.२३ रुपैयाँ र खरीद दर ११५.६३ रुपैयाँ तोकेको छ ।  सोमबार प्रति डलर ११५. ८ रुपैयाँ थियो  । बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असर पर्न गर्न लागि सकेको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू…

Read More

काठमाडौँ: नेपाली युवा स्टार सन्दिप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा खेल्न भएका छन्। सोमबार युएईको दुबईमा भएको ड्राफ्टमा सन्दिपलाई ५ मध्ये एक फ्रेन्चाईज टोली नान्गहरले एसोसिएट खेलाडीका रुपमा लिएको थिए। सन्दीपको नाम सिल्भर खेलाडीमा रहे पनि त्यसमा उनीमाथि भाउ लागेको थिएन। त्यसपछि आएको एसोसिएटको सूचीमा उनलाई रायन टेन डेस्काथेपपछि दोश्रो नम्बरमा ५ सेकेन्डभित्र लिइएको थियो । एसोसिएट खेलाडीका रुपमा खेल्न लागेका सन्दिपले १५ हजार दल पारिश्रमिक पाउने छन्। सन्दिपले आफ्नो एजेन्टमार्फत एपीएलमा दर्ता गरेका थिए। एपीएलको ड्राफ्टमा पर्नका लागी एजेन्ट वा सम्बन्धित देशको बोर्डको सफरिस लिनुपर्ने हुन्छ। नेपाली क्रिकेटका कप्तान पारस खड्का र अर्का अलराउण्डर सोम्पाल कामी पनि सोमबारको…

Read More

चितवन :नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन् ।

Read More

काठमाडौँ: नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाउनुभएको छ । पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नकालागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन् । प्रचण्डको सहमति लिएर नै ओलीले वादल र यादवलार्ई हटाएर नयाँ मन्त्री थप्ने योजना अगाडि बढाएको स्रोतको दावी छ । त्यसैगरी पूर्व एमालेबाट मन्त्री भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिलाई पनि हटाउने गृहकार्य भइरहेको स्रोतको दावी छ । कुन–कुन मन्त्रीहरुलाई हटाउने भन्ने विषयमा…

Read More

काठमाडौँ: शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी दिएको छ । शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले कम्मरमा पेटीसँगै बाँधेर सुन ल्याएको अवस्थामा चुमनुब्री गाउँपालिका–७ छेकम्पारका नुटुप लामा र लोप्चन तेन्जेनलाई पक्राउ गरेको थियो । पक्राउपछि उनीहरुले प्रहरीलाई दिएको बयानका आधारमा सुन सबै चिनियाँ नागरिकको भएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी विमल बस्नेतले जानकारी दिनुभयो । दुई जनाले पाँच÷पाँच किलो सुन कम्मरमा बाँधेर ल्याएको अवस्थामा पक्राउ गरिएको थियो । उनीहरुलाई गोरखा प्रहरीले सोमबार गोरखामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । ‘उनीहरु दुवैले सुन चिनियाँ नागरिकको हो भनेका…

Read More

काठमाडौं: र्यापर लाउरे र गायक बिपुल क्षेत्रीको विश्वव्यापी कलाकारहरु ‘डिप्लो’ र ‘मो’ सँग सहकार्य गराई टुबोर्गले टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक गरेको छ । अमेरिकी निर्माता तथा डिजे ‘डिप्लो’ जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए । उनी डेनमार्कका लोकप्रिय कलाकार ‘मो’ सँग फेरि आएका छन् । उनीहरुको सहकार्यमा ‘स्टे ओपन’ नामक ट्र्याक रचना भएको छ भने स्थानिय नेपाली संस्करणको लागि लाउरे र बिपुलले उनीहरुको लागि ‘ओपन टु मोर’ हुनुको औचित्यलाई वर्णन गर्दै उक्त गीतमा शब्दहरु पुनःलेखन गरेका छन् । केही महिनासम्म स्टुडियोमा एक अर्काको विचार र धारणाहरु साटासाट गरेपछि, टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक भएको छ । यस वर्षको अभियानबारे…

Read More

काठमाडौँ :न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले सञ्चार माध्यममा काम गर्ने पत्रकारको न्यूनतम पारिश्रमिक सञ्चार माध्यमअनुसार पुनरावलोकन गर्दै सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो । निर्णयअनुसार पत्रकारको पारिश्रमिक अब १९ हजार ५०० रुपैयाँ बाट २९ हजार ५०० रुपैयाँ र सञ्चार खर्च गरी ३० हजार ५०० रुपैयाँ पु¥याइएको अध्यक्ष गङ्गाधर पराजुलीले जानकारी दिए । समितिले सञ्चार प्रतिष्ठानको क्षमता, श्रेणी र तहलाई समेत आधार बनाएर पारिश्रमिकमा पुनरावलोकन गरेको हो । उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष डा सुरेश आचार्यको संयोजकत्वमा गठित पारिश्रमिक पुनरावलोकन कार्यदलले…

Read More

काठमाडौँ : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा तीन गुणा बढीको आवेदन परेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री प्रबन्धक नागरिक लगानी कोषले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्कमा तीन गुणा बढी आवेदन परेको हो । थप विवरण भने बिक्री प्रबन्धकले केही दिनमा उपलब्ध गराउने छ । करीब दुई लाख दोलखावासीले आयोजनाको साधारण शेयरमा आवेदन गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए । स्थानीयले एक अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउने छन् । त्यो स्थानीयवासीलाई छुट्याइएको दश प्रतिशत बराबरको साधारण शेयर हो । यस्तै आयोजनाले आम नेपालीलाई कुल पूँजीको १५…

Read More

काठमाडौँ : नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा आएर उनले पदबहाली गरेका हुन् । पदबहालीका क्रममा नवनियुक्त प्रधानन्यायाधीश मिश्रले आफूले कम समयमा न्यायालयमाथि जनविश्वास बढाउने, सूचनामैत्री न्यायालय बनाउने, सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कारवाहीको दायरामा ल्याउनेलगायतका प्रतिबद्धता व्यक्त गरे । सर्वोच्च अदालत परिसरमा सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार जोशीले उनलाई फूलमाला लगाएर प्रधानन्यायाधीशका रुपमा स्वागत गरेका थिए । संसदीय सुनुवाइ समितिले जोशीको नाम अनुमोदन गर्न अस्वीकृत भएपछि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मिश्रको नाम सिफारिश गरेको थियो । समितिले उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन…

Read More

काठमाडौँ: हाल संघीय संसदमा छलफलको क्रममा रहेको उपभोक्ता संरक्षण सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले १४ बुँदे सुझाव तथा धारणा अघि सारेको छ । महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले संघीय संसदको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित समितिका जेष्ठ सदस्य तथा सभापति माननीय मुकुन्द प्रसाद न्यौपाने समक्ष सिंहदरबारमा भेटगरी संसदमा छलफलको क्रममा रहेको उपभोक्ता संरक्षण सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा निजी क्षेत्रका तर्फबाट सुझाव पेश गरेको छ । उक्त विधेयक हाल संघीय संसदमा छलफलको क्रममा रहेको छ । आज पेश गरिएको…

Read More