Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाए । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो । त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए । सबैभन्दा ठूलो क्षति बंगलादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो। त्रिभुवान विमानस्थलमा मार्च १२ मा भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। यस्तै, अप्रिल १९ मा १३९ यात्रु सवार मालिन्दो एयरको विमान त्रिभुवन विमानस्थलमा नै दुर्घटना भयो। तर, यसमा सबै यात्रु सुरक्षित रहे। मे १६ मा सिमिकिोटमा भएको मकालु एयरको विमान दुर्घटनमा २ जनाको मृत्यु भयो। जुन ९ मा जुम्लामा तारा एयर, जुन १६ मा पोखरामा यति एयरलाइन्स, जुन ३०…

Read More

पर्वत :अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् । सर्पले दुईवटा भैँसी र एक गोरुलाई समेत घाइते बनाएको थियो । झण्डै साढे चार मिटर लम्बाइ रहेको कालो रङ्गको सर्प शनिबार दिउँसो देखिएको थियो । स्थानीय युवा राजेश सुवेदीका अनुसार ठूलो सर्पले अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर खाएको थियो । त्यसलगत्तै झाडीमा पसेको सर्प…

Read More

पशुपतिनगर, इलाम:हावाहुरी वर्षातसँगै परेको चट्याङका कारण विद्युत् ट्रान्सफर्मर पड्कँदा इलामको दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । वर्षात्सँगै गत बिहीबार परेको चट्याङबाट इलामको सूर्योदय नगरपालिका र माई जोगमाई गाउँपालिका क्षेत्रमा रहेका सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुगेको हो । सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुग्दा दुई स्थानीय तहका ९०० बढी परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरण इलाम शाखाका प्रमुख रविनबाबु घिमिरेका अनुसार पूर्वी इलामको सूर्योदय नगरपालिकाको वडा नम्बर १, २, ३ मा एक÷एक वटा ट्रान्सफर्मर चट्याङबाट क्षति पुगेको हो । यस्तै सूर्योदय नगरपालिकाकै वडा नम्बर ११ मा २ वटा, वडा नम्बर १०…

Read More

काठमाडौँ : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको…

Read More

काठमाडौँ: गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कंदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आइतबार बिहान काठमाडौँ ल्याइने भएको छ । घटनास्थलबाट शव सङ्कलन गरी उद्धारमा गएको हेलिकप्टर अवतरण भएको स्थानसम्म ल्याइसकिएको र मौसमले साथ दिए आइतबार बिहान हेलिकप्टरमार्फत शव काठमाडौँ ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिकामा आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सातमध्ये छजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हीरा शेर्पा, गोरखाको…

Read More

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलिले बंगलादेशमा जारी साफ च्याम्पेन्सिपमा आज भएको खेलमा आयोजक बंगलादेशलाई २-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ। नेपालको यो एतिहासिक जीतका लागि खेलको पहिलो हाफमा बिमल घर्तिमगरको ३३ औं मिनेटको गोल र दोश्रो हाफको सब्स्टिच्युटमा आएका नवयुग श्रेष्ठले ९० औं मिनेटमा नेपालका लागि दोश्रो गोल गर्दै टीमलाई जित दिलाएका हुन् । बिमलले फ्रीक किकबाट आएको बल बायाँ खुट्टाले प्रहार गर्दै बललाई गोलपोस्टको दिशा दिएका थिए । यो जितसंगै नेपाल ग्रुप ‘ए’ समूह विजेताबन्दै कुल ६ अंकसहित पहिलो भयो भने पाकिस्तान समूह उपविजेता बनेको छ । नेपाल, पाकिस्तान र बंगलादेशको समान ६ अंक भएता पनि नेपाल कुल…

Read More

काठमाडौँ: बङगलादेशले सुनकोशी–२ र सुनकोशी –३ जलविद्युत आयोजना संयुक्त रुपमा बनाउन प्रस्ताव राखेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र बङगलादेशका उनका समकक्षी नसरुल हमिदसंग द्धिपक्षीय भेटवार्ता हमिदले सुनकोशी–२ र सुनकोशी –३ जलविद्युत आयोजना संयुक्त रुपमा बनाउन प्रस्ताव राखेका थिए । दुवै नेताको बीचमा दुई देशबीच उर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा गम्भिर छलफल हुनुका साथै छिट्टै काम अघि बढाउने सहमती समेत भएको छ । भेटवार्ताकै क्रममा उनले बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केहीदिन अघि मात्र मन्त्रिपरिषद्को बैठकले गरि सकेको जानकारी दिए। यसले उक्त आयोजना समयमै…

Read More

गोरखा : गृहमन्त्री रामबहादुर थापाले तत्कालै मन्त्रिमण्डल हेरफेरकोे कुनै सम्भावना नरहेकोबताएका छन् । २० आँै वासु स्मृति दिवसमा सहभागी हुन आज गोरखा पुगेका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमण्डल हेरफेरको कुरा सत्य नभएको बताएका हुन् । बाहिर चर्चामा आएजस्तो मन्त्रिपरिषद्मा परिवर्तन गर्ने विषयमा कुनै छलफल नै भएको छैन, गृहमन्त्री थापाले भने, “यस विषयमा बाहिर आएका सबै कुरा गलत हुन् ।” सरकारले छ महिनामा थुप्रै उल्लेख्य काम गरेको दाबी गर्दै गृहमन्त्री थापाले सरकारको कामलाई अझ गति र व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याए । उनले यातायातका क्षेत्रमा रहेको एकाधिकारको अन्त्य, भ्रष्टाचार न्यूनीकरणमा विशेष पहल, तस्कर नियन्त्रणलगायतका क्षेत्रमा सरकारले विशेष काम गरेको भन्दै…

Read More

गोरखा : उत्तरी गोरखाको सिर्दिबासमा १० किलो अवैध सुनसहित दुई पक्राउ परेका छन् । चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासमा चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिमल बस्नेतले जानकारी दिए । पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका–७ छेकम्पारका घर भएका मुटुक लामा र लोप्सान तेन्जे लामा रहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । “चेकजाँचका क्रममा प्रहरीको टोलीले खानतलासी गर्दा उनीहरुको साथबाट अवैध सुन बरामद गरेको होे”, प्रहरी उपरीक्षक बस्नेतले भने । यसअघि गोरखाको उत्तरी क्षेत्र हँुदै नेपालमा सुनको तस्करी भइरहेको आङ्शकामा प्रहरीले गहिरो अनुसन्धान गर्दै आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए…

Read More

काठमाडौं: गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय नुवाकोटले यसको पुष्टी गरेको हो। घटनामा एक आनी (बौद्ध भिशिणु) गम्भीर अवस्थामा उद्धार गरी काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । उद्धार गरिएकि आनी गोरखाको चुमनुब्री गाउँपालिका–२ की ल्हो आनी डोल्पा डिकी रहेकी छिन् । घटनास्थलमा शनिबार दिउँसाे स्थानीय प्रहरी टोली पुगेको थियो । शनिबार बिहान नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर टुक्राटुक्रा अवस्थामा फेला पनि बताइएकोछ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु ,…

Read More