Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले आज बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सिलबन्दी गर्ने सरकारको निर्णयविरुद्ध बाजेको सेकुवाका लगानीकर्ता चेतन भण्डारीको पत्नी नीतिमा भण्डारीले यही भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सरकारले शङ्काको भरमा बाजेको सेकुवा शाखामा तालाबन्दी हुँदा सो निर्णय खारेज गर्न आदेशमा माग गरिएको थियो । आदेशमा नेपालको संविधानमै पेशा तथा व्यवसाय गर्न पाउने मौलिक हकको व्यवस्था गरिएको हुँदा सरकारले…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा शुरु गर्ने दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ । आयोगले प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक चूँडामणि केसी र बालज्योति निम्न माध्यमिक विद्यालय साँडेपानी, कैलालीका शिक्षिका कमला कुवँरविरुद्ध आरोपपत्र दायर गरेको हो । नायब निरीक्षक केसीले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय वाराणसी, भारतबाट प्राप्त गरेको ‘इन्टरमिडियट’को नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अनुसन्धनबाट भेटिएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुनुपर्ने माग दाबीसहित आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी…
काठमाडौँ: सात सय ५० मेगावाटको पश्चिम-सेती जलविद्युत् आयोजनाबटा अन्तत: चिनियाँ कम्पनी थ्रीगर्जेजले रद्ध गरेको छ । चिनियाँ कम्पनी थ्रीगर्जेजले ६ वर्ष सो परियोजना गर्ने भन्दै हाल आएर नगर्ने जनाएको हो । यसअघि अष्ट्रेलियाले १६ वर्ष ओगटेर सोहि परियोजना छोडेर भागेको थियो । आयोजना निर्माणका विषयमा सहमति खोज्न लगानी बोर्ड र चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्ल्यू इन्भेस्टमेन्टका अधिकारीबीच राजधानीमा दुई दिन वार्ता भएको थियो । आयोजना निर्माणका विषयमा समझदारी भएको लामो समय भए पनि प्रक्रिया अगाडि बढ्न नसक्दा अन्योलता बढेको थियो । द्विपक्षीय वार्ताका लागि चिनियाँ अधिकारी सोमबार यहाँ आएका थिए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले…
काठमाडौँ : सडकका खाल्डाखुल्डी मर्मतसहित विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा तीव्र गतिमा सडक विस्तारका काम हुन नभएको भन्दै मन्त्रिपरिषद् कार्यालयले सडकमा रहेका बिजुली र टेलिफोनका पोल तथा तार हटाउन समेत निर्देशन दिएको छ । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, सडकमा आउने पानीलाई नालीमार्फत मुख्य ढलमा पठाउने र निर्माण सामग्री तथा फोहोरमैलाको उपयुक्त स्थानमा व्यवस्थापन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । सो कार्यालयले हिजो मंगलबार गरेको अनुगमनका क्रममा चाबहिल–बौद्ध–जोरपाटी सडक दुई वर्षको योजना अवधिमा करीब ३० प्रतिशत मात्र काम…
काठमाडौंः सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, न्यूरोड शाखामा कार्यरत वरिष्ठ र कनिष्ठ सुन जाँचकर्ताहरु तथा सुन ऋणीहरुको मिलेमतोमा धितो वापत राखिएको सुन चलाएको अभियोगमा बैंकका कर्मचारीसहित पाँच जना पक्राउ परेका छन । सुन ऋण चुक्ता नहुदै फिर्ता दिने तथा अपुग सुन समेत राखि विभिन्न समयमा विभिन्न ऋणीहरुलाई ऋण प्रवाह गर्दा सात किलो २८ ग्राम बराबरको सुन अपुग हुन गई बैकलाई २ करोड २८ लाख ३८ हजार ४ सय १ रुपैयाँ ५२ पैसा बैंकिङ प्रकृया विपरित हानीनोक्सानी पुर्याएको आरोपमा उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा सो बैकका वरिष्ठ सुन जाँचकर्ता भक्तपुर खोमावहाल भई हाल काठमाडौ २५, बस्ने वर्ष २६ का सामिन…
काठमाडौँ: पूँजी बजारमा आज पुन गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) ४ दशमलब ७९ अंकले घटेर एक हजार १७२ दशमलब ३० अंकमा झरेको छ । आइतबार नेप्से २ दशमलब ७८ अंकले घटेको थियो मंगलबार एक दशमलब ३७ अंकले बढेको थियो । आजको कारोबारमा सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३८ दशमलब १८ अंक, निर्जिबन बीमा २८ दशमलब ४ अंक र उत्पादन मूलक समूहको परिसूचक १७ दशमलब ०६ अंकले घटेका छन् । त्यसैगरी, लघुवित्त ९ दशमलब ६३ अंक, विकास बैंक ७ दशमलब ९७ अंक, बाणिज्य बैंक २ दशमलब ४८ अंकले घटेको…
काठमाडौं । एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले हारेको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर १२ बल बाँकि छदै भेट्टाएको हो ।
जकार्ता: नेपाली खेलाडीहरुलाई एसियन गेम्समा पदकको खडेरी लागिरहेको अवस्थामा नेपालका टिम इभेन्ट अन्तर्गत प्याराग्लाइडिङमा रजत पदक हात पार्न सफल भएको छ । नेपलाली प्याराग्लाइडिङको टोलिमा युकेश गुरुङ, बिमल अधिकारी, बिजय गौतम, सुशील गुरुङ र बिशाल थापा रहेका छन् । नेपालले जम्मा २७ पोइन्ट प्राप्त गर्दै सो पदक हात पारेको हो । स्वर्ण पदक भने जापानी टोलिले हात परेको छ । यो नेपालको एसियन गेम्समा पछिल्लो दुई संस्कारण पछिको सफलता हो । यो नेपालको इतिहाँसमै एसियन गेम्सका लागि पनि दोश्रो रजत पदक हो । यसअघि नेपाललाई सबिता राज भण्डारीले बैंककमा भएको खेलमा रजत दिलाएकी थिइन् । नेपालले एसियन गेम्समा पदक जितेको…
चितवन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएका छन् । निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको बताए । आफूले सरकार र मन्त्रालयको सचिवलाई भनेर ठूला विकास निर्माण एउटैलाई नदिनुहोस्, साना÷साना टुक्रामा ठेक्का दिनुहोस्, छिटो÷छिटो काम हुन्छ, प्रतिस्पर्धामा काम हुन्छ भनेको स्मरण गर्दै उनले भने, “एउटै ठूलो ठेकेदारलाई ठेक्का दिने, भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने ।” अध्यक्ष दाहालको भनाइ थियो “पाँच÷सातवटा पुल एउटै ठेकेदारलाई…
काठमाडौँ: एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमनसामु २२१ रनको चनौती पेश गरेको छ । नेपालका लागि सगर पुनले सर्वाधिक ८३ रनको साझेदारी गरे । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ ।