Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
वीरगञ्ज (पर्सा),: नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख बिनितमणि उपाध्यायले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणअन्तर्गतका मुख्य ट्याङ्क निर्माण सकिएकाले अन्य प्राविधिक कामलाई तीन महिनाभित्रै सम्पन्न गरेर पेट्रोल–मट्टितेल पाइप लाइनबाट ल्याइने बताउनुभयो । “दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबैजसो काम सकिएका छन्”, उहाँले भन्नुभयो, “परियोजनाको दोस्रो…
काठमाडौँ: ६ वटै महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । आर्थिक कार्यविधि तथा विनियोजन विधेयक अनुसार असार १० गतेभित्र सबै स्थानीय तहले आर्थिक वर्षको बजेट अनिवार्य ल्याउनुपर्ने प्रावधान छ । सोही अनुसार सोमबार स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका हुन् । ६ महानगरमध्ये काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका र विराटनगर महानगरपालिकाले सोमबार आगामी आर्थिक वर्षको बजेट ल्याए भने वीरगन्ज महानगरपालिकाले गत शनिबार नै बजेट सार्वजनिक गरिसकेको छ । ६ वटा महानगरपालिले आगामी आर्थिक वर्षका लागि कुल ५३ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको विनियोजित बजेटको तुलनामा २.३० प्रतिशतले बढी…
काठमाडौँ: नागर्जुन नगरपालिका मेयर मोहन बहादुर बस्नेतले आफु पुराना समयकै मोहन बहादुर बस्नेत भएर निस्कनु पर्ने हो कि आफुलाई जनताको वास्तविक जनप्रतिनिधि भएर काम गर्न दिने भनेर प्रतिप्रश्न गरेका छन्। सोमबार नगरपालिकाको ९ औं नगरसभा तथा आर्थिक वर्ष २०८१/८२ को बजेट तथा नीति तथा कार्यक्रममा बोल्दै मेयर बस्नेतले आफुलाई मेयर भएदेखि केहि तप्का र समुहले विभिन्न बहानामा काम गर्न नदिन र असफल देखाउन ५२ वटाभन्दा बढी मुद्दा दिने तर ठोस प्रमाण र आधार नभई जनतासामु आफुलाई असफल देखाउन अनेक दुष्प्रचार गर्दै केहि समूह हिडिरहेको बताएका हुन्। टी-२० विश्वकप खेल हेरेर यसै साता नेपाल फर्किए लगतै नगरको पहिलो कार्यक्रममा बोल्दै, आफु…
मुद्दाको किनारा नलागुन्जेल पद रिक्त भएको बुझ्नु भएन: मन्त्री शर्मा काठमाडौँ: नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कसैलाई मुद्दा लाग्दैमा दोषी प्रमाणित नहुने बताएकी छन्। सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसैको मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिने क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन्। ‘कसैलाई मुद्दा लाग्दैमा दोषी प्रमाणित हुँदैन,’ उनले भनिन्, ‘मुद्दा अवधिभर उहाँ (मुख्यसचिव बैकुण्ठ अर्याल) को पद स्वतः निलम्बनमा हुन्छ। त्यो पद रिक्त भएको अवस्था होइन। एकातिर उहाँ निलम्बनको अवस्थामा हुनुहुन्छ। अर्कोतिर पद रिक्त भएको छैन। त्यसैले कायम मुकायम गर्न वा रिकन्फर्म गर्न र अरू कुनै गर्नलाई पनि बाटो नखुल्ने भएको कारणले विशेष…
काठमाडौँ: मन्त्रिपरिषद बैठकले स्थानीय तहहरूलाई सम्मानिकरण अनुदान हस्तान्तरण गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सम्मानिकरण अनुदानमा सात प्रतिशत कटौती गरी स्थानीय तहहरूलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। सरकारकी प्रवक्ता रेखा शर्माले दिएको जानकारीअनुसार १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ स्थानीय तहहरूलाई हस्तान्तरण गर्ने निर्णय भएको छ। स्थानीय तहहरूलाई सम्मानिकरण अनुदानका लागि ८७ अर्ब ३५ करोड ३५ लाख विनियोजन भएकोमा त्यसको ९३ प्रतिशत हुने गरी १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो। स्थानीय तहका प्रमुखहरूले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सम्मानिकरण अनुदान १०० प्रतिशत नै दिइनुपर्ने माग गरेका थिए।…
काठमाडौँ: मन्त्रिपरिषद बैठकले भ्रष्टाचार मुद्दा लागेपछि स्वत: निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरूवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई राष्ट्रिय योजना आयोगको सचिवमा सरूवा गर्ने निर्णय गरेको श्रम मन्त्री डिपी अर्यालले जानकारी दिए। योजना आयोगमा सचिव पद सिर्जना गरेर अर्याललाई उक्त पदमा सरूवा गर्ने निर्णय भएको हो। मन्त्री अर्यालका अनुसार निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका वरिष्ठ सचिवहरूमध्येबाट गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो। सरकारकी प्रवक्ता रेखा शर्माले दिएको जानकारीअनुसार अर्याललाई मुख्यसचिव सरहकै विशेष पद सिर्जना गरेर सरूवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो।अर्याल भने…
काठमाडौँ: राष्ट्रिय परिचय पत्र बनाउन गृह मन्त्रालयले थप कर्मचारी परिचालन गरेको छ। सामाजिक सुरक्षा भत्ता लिन केही जिल्लाहरूमा अनिवार्य राष्ट्रिय परिचय पत्र चाहिने भएपछि भिड बढेको थियो। वृद्धवृद्धाहरूलाई राष्ट्रिय परिचय पत्र बनाउन सास्ती भएपछि गृहले थप कर्मचारी परिचालन गरेको छ। सरकारले आउँदो साउन १ गतेदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र नम्बर अनिवार्य गरेको छ। उक्त निर्णयपछि जिल्ला प्रशासन कार्यालयहरूमा राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीको भिड छ। गृहले २८ जिल्लामा ४ सय ३८ जना विवरण दर्ता अपरेटर खटाएको प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले बताए। ‘सेवाग्राहीहरूको चापका आधारमा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा पायक पर्ने उपयुक्त स्थानमा विवरण दर्ता स्टेशनहरू…
मेलम्ची: गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा रहेको अस्थायी पुल बगाएको छ। मेलम्ची नगरपालिका–११ स्थित फट्टेस्थित अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले जानकारी दिए। विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो। मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो। पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित…
काठमाडौँ: २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताए । ‘यहि हप्ता टुङ्ग्याउने भन्ने छ । अब रुजु गर्ने र प्रोसेसिङको काम बाँकी छ । २ दिन जति प्रोसेसिङका लागि लाग्छ । यो काम टुङ्गिएपछि मात्रै सिस्टममा इन्टी गर्ने हो । त्यो बेलासम्म सबै कोडिङ हुन्छ । करिब करिब ३ दिनको हाराहारीमा सबै टुङ्गो लगाउँछौँ,’ पौडेलले भने । बोर्डले यो…
काठमाडौं: रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विदेशीको विरोधले नेपाली सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकिएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा रक्षामन्त्री उप्रेतीले यस्तो टिप्पणी गरेका हुन् । सांसदहरुले सेनाले विकास निर्माणका काम गर्ने, उद्योग चलाउन खोज्ने विषयका सम्बन्धमा प्रश्न गरेका थिए । जवाफमा उनले सैनिक कल्याणकारी कोषमा रहेको रकम उपयोग गरेको विषयलाई व्यापार व्यावसाय गरेको रुपमा नबुझिदिन आग्रह गरे । सैनिक कल्याणकारी कोषमा ८३ अर्ब रुपैया रहेको उल्लेख गर्दै उनले यो रकमलाई राष्ट्रिय योजना र विकासमा लगानी गर्न सकिने बताए । आत्म निभएर हुनका लागि यही कोषबाट हेटौंडाको कपडा उद्योग चलाउने योजना…