Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बाढीको नवौँ दिन प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
- कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : सरकारले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । अन्तरिम संविधान बमोजिम गठित संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिबाट छुटपुट भएका विषयलाई निरन्तरता दिन र विगतमा सहमति–सम्झौता कार्यान्वयनका निम्ति सुझावसहितको प्रतिवेदन पेश गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा मन्त्रिपरिषद्को आजको बैठकले उच्चस्तरीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीका अन्य सदस्यमा सुरेश आले मगर तनहुँ, तारानाथ चौधरी सप्तरी, लीला भण्डारी कैलाली र गृह मन्त्रालयले तोकेको एकजना सहसचिव रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । त्यसैगरी बैठकले सुरक्षित आप्रवासन परियोजना कार्यान्वयन गर्न स्विस सरकारबाट दुई…
काठमाडौं । भदौ १४ र १५ गते राजधानीमा हुने चौथो बिमस्टेक शिखर सम्मेलनका लागि सरकारले सवारी व्यवस्था मिलाउन जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । आउँदो भदौ १३, १४ र १५ गते सो को व्यवस्था मिलाउन सरकारले ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको छ । बिमस्टेक शिखर सम्मेलनका बेला आउने विदेशी विशिष्ट पाहुनाहरुको आवतजावतलाई सुरक्षित र व्यवस्थित बनाउन सवारी साधनमा जोर विजोर प्रणाली लगाउने लागिएको हो ।
दुवई (युएई): गैरआवसीय नेपाली संघको मध्यपुर्व सम्मेलन संयुक्त राष्ट्र्र्र इमिरेट्स (युएई) को दुबईमा शुक्रबारबाट शुरु भएको छ । सम्मेलनको उद्घाटन नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री विना मगरले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको बताइन् । ‘हरेक नेपाली युवाहरु गास र बासको लागि विदेशिन नपरोस्,’ उनले भनिन्,‘यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रुपमा अगाडि बढेको छ । जुन एकदमै चुनौतीपुर्ण छ ।’ वैदेशिक रोजगारमा जाने कामदारले आफुसग नेपाल सरकारको साथमा रहेको अनुभुति हुने गरी काम भइरहेको बताइन् । ‘वैदेशिक रोजगार ऐन र नियमावलीलाई कामदारको हितमा हुने गरी संशोधन प्रक्रिया अघि बढाइएको छ,’ उनले भनिन्,‘नेपाली कामदारको हितको पक्षमा सरकार वलियो ढंगले उभिएको…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले महिला उद्यमीहरूलाई हौसला प्रदान गर्ने एवं उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन गर्न आबश्यक रहेको बताएकी छिन् । साना तथा मझौला व्यवसायी महासंघ नेपालद्धारा आयोजित तीज महोत्सव तथा महिला उद्यमी मेला आज एक विशेष समारोहका बीच ललितपुरमा उद्घाटन गर्दै उनले मुलुकको आर्थिक विकास एवं समृद्धिको एक कडीको रूपमा रहेका साना तथा मझौला व्यवसाय त्यसमा पनि महिलाहरूले उत्पादन गरेको वस्तुहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला यस क्षेत्रको विकासमा सहयोगी हुने धारणा ब्यक्त गरिन । हिन्दु नारीहरूको महान चाड तीजको अवसर पारेर महिला उद्यमीहरूलाई हौसला प्रदान गर्ने एवं उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन गर्ने…
भीमदत्तनगर:कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाएको जानकारी दिए । शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । यहाँको ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको छ भने गोली लागेर घाइते भएका पाँच जनालाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीहरुले मृतकको विषयमा धारणा व्यक्त गर्न…
काठमाडौँ: खाना पकाउने ग्यासमा बढ्दै गएको घाटाको ब्यापार नेपाल आयल निगम (एनओसी) लाई अहिले निकै टाउको दुखाईको बिषय बनेको निगम अधिकारीहरुले बताएका छन्। एलपी ग्यासमा निरन्तर वार्षिक रुपमा आयात बढ्नु र यसको घाटाको ब्यापारले निगमको आर्थिक स्थिति कमजोर हुँदै गएको छ। हाल निगमले अन्य पेट्रोलियम पदार्थमा भएको नाफाले ग्यासको घाटा पूर्ति गरिरहेको छ । अन्तराष्ट्रिय बजारमा एलपीजीको मूल्य बढ्दै जानु तर सोहि अनुपातमा मूल्य समायोजन गर्न नसक्दा निगमले यसको ब्यापारमा ठूलो घाटा ब्यहोर्दै आएको छ । इन्डियन आयल कर्पोरेसनले (आइओसी) पठाएको अन्तिमम मूल्य सूचिअनुसार निगमले हाल प्रतिसिलिन्डर ग्यासमा २८० रुपैयाँ घाटा ब्यहोरिरहेको निगमका प्रवक्ता विरेन्द्र गॊइतले पहिलोक्लिकलाई बताए । उनका…
पोखरा: उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ । तराई र मधेशका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झण्डै तीन दशक पुगिसकेको छ । हिमाली क्षेत्रमा देखिन थालेको चाहीँ करीब एक दशक पुग्न लाग्यो । हिमालपारिको जिल्ला मुस्ताङको घरबजोङ गाउँपालिका वडा नं ५ ठिनीका ६५ वर्षीय पल्डिसी थकाली विगतमा लामखुट्टेको नाम समेत नसुनेका यहाँका स्थानीयवासी यतिखेर भने झुल प्रयोग गर्न बाध्य बनेको…
नुवाकोट: नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । गत साउन ७ गते राति धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुई स्काभेटरमा आगो लगाइएको थियो । आगो लगाएको कारण एउटा जलेर पूर्ण क्षति भएको थियो भने अर्को आंशिक क्षति भएको प्रहरीले जनाएको छ । आज नै आरोपी विश्वकर्मालाई अनुसन्धानको म्याद थपको लागि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
भीमदत्तनगर: आन्दोलनरत पक्षसित समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताएका छन् । बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर आइपुगेका कडायतले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च प्राथमिकताका साथ घटनाको अनुसन्धान थालिने बताए । “घटना नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति आउन सक्छ,” उनले भने, “यहाँ लगाइएको कफ्र्यू आज बिहान ५ बजेदेखि हटेको छ ।” उनले आन्दोलनरत पक्ष र स्थानीयवासीलाई प्रहरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । बिहीबारसम्म अशान्त रहेको भीमदत्तनगरको स्थिति आज बिहानदेखिबाट सामान्य बन्दै गएको छ । बजार खुलेको छ भने सवारीसाधन चल्न थालेका छन् । गृहमन्त्रालयले जिल्लामा नयाँ…
काठमाडौं: काठमाडौं महानगरपालिका-११ भद्रकाली पुलस्थित काभ्रे शिखर आमबोटे गाउँपालिका-८ घर भएका २६ वर्षीय संजिव लामाले चलाएको बा ९१ प ८१९ नम्बरको स्कुटर शुक्रबार अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किदा लामाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा स्कुटरमा सवार हाल वतन नखुलेका २७ वर्षीय संजिब तामाङ नाम गरेका व्यक्ति गम्भीर घाइते भएकोले उपचारको लागि ट्रमा सेन्टर पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।