Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बाढीको नवौँ दिन प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
- कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले आज तीनकुनेबाट एक थान चिनियाँ पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई तीनकुनेस्थित ए–वान रेस्टुरेण्टबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको साथबाट चार राउण्ड गोलीसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिए । पक्राउ पर्नेमा खोटाङ हलेसीका २१ वर्षीय भूपेन्द्र राई, भोजपुर खावाका २३ वर्षीय सनित राई, सोलुखुम्बु तम्बुका २६ वर्षीय मिङ्मा शेर्पा, काभ्रे कोशीपारिका ३५ वर्षीय राजु भण्डारी, भक्तपुर ठिमीका १८ वर्षीय सुरेश श्रेष्ठ, चितवन भरपुरका २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछाप ढोडखानीका २६ वर्षीय सुजन थापा मगर रहेका छन् । बानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रका होटल,…
काठमाडौँ: रहस्यमयी तरिकाले फ्रान्सका लागि नेपालका पूर्वरादूत केशवराज झाको हत्या प्रकरणमा शंकास्पद देखिएका तीन जनालाई प्रहरीले सोमबार नै नियन्त्रणमा लिएको छ। घटनाको महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखा झाको हत्या अनुशन्धान गरिरहेको छ । झाको घरमा पछिल्लो १० वर्षभन्दा बढी समयदेखि कार्यरत कामदार सेतु तामाङ र अन्य दुई जना फुलबारीको काम गर्ने मालीलाई नियन्त्रणमा लिएर अनुसन्धन अगाडि बढाएको परिसर प्रमुख बसन्त लामाले जनाएको छ। लामाका अनुसार थप अनुसन्धानका लागि तीनजना कामदारलाई नियन्त्रणमा लिएको छ ‘शंका लागेर नियन्त्रणमा लिएका छौं, सोधपुछ भइरहेको छ।’ पूर्वराजदूत झाको बबरमहलस्थित कुरियागाउ घरमा सोमबार बिहान रक्ताम्य अवस्थामा शब भेटिएको थियो। श्रीमती र कामदार सेतुसँग बस्दै…
चितवन: सामूहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना जारी गरी गत साउन ३० गते उनीहरुलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–४ बस्ने २१ वर्षीय युवराज सारु मगर, वडा नं २ बस्ने १९ वर्षीय सैन्थील धिमाल, भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश थापा, भरतपुर महानगरपालिका–२९ बस्ने ३५ वर्षीय अर्जुन बिक र १७ वर्षीय युवक रहेका छन् । उनीहरुले प्यूठान जिल्ला घर भई भरतपुर आफन्तकामा बसेर काम गर्दै आएकी किशोरीमाथि साउन ३० गते…
काठमाडौँ: उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने नेपाली विद्यार्थीको सहजताका लागि ग्रेस इन्टरनेशनलले पहिलो पटक पूर्णतः डिजिटल प्रविधिमा आधारित अस्ट्रेलियन शैक्षिक मेलाको तयारी गरेको छ । कुनै कागज प्रयोग नगरी सहभागी विद्यार्थीको दर्ता गराई कागजरहित मेलाका लागि यही भदौ १३ गतेदेखि बुटवल, चितवन, पोखरा र काठमाडौँमा बृहद् अस्ट्रेलियन शैक्षिक मेलाको आयोजना हुने भएको हो । मेलाका लागि नेपाल सरकारले अनुमति दिइसकेको छ । उचित परामर्शका अभावमा विदेशमा पढ्न जाने विद्यार्थीले हैरानी पाइरहेको सन्दर्भमा मेलाले करियर डेभलपमेन्टका लागि सहज बनाउने ग्रेसका राष्ट्रिय निर्देशक एन्ड्रयु पौडेलले बताए । सरकारबाट ‘नो अब्जेक्सन लेटर’ लिई विदेश जानेमध्ये अस्ट्रेलिया अहिले पहिलो सूचीमा पर्दै आएको छ ।…
काठमाडौँ: काठमाडौँ उपत्यकामा ट्याङ्करमार्फत खानेपानी आपूर्ति गर्दै आएका विभिन्न सङ्घसंस्थाले स्थानीय सरकारले सङ्कलन गर्न लागेको ढुवानी कर हटाउन माग गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा व्यवसायीको संयुक्त सङ्घर्ष समितिका संयोजक उज्ज्वल शाक्यले उद्यमीले व्यासायिक कर र आय कर सरकारलाई बुझाइरहेको अवस्थामा थप कर लगाउन नपर्ने बताए । विभिन्न नामका कर पुनःबुझाउनुपर्दा त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने तथा व्यवसायमा पनि नकारात्मक असर पर्ने उनको भनाइ छ । उपत्यकामा खानेपानीको अभावलाई न्यूनीकरण गर्न निजी क्षेत्रबाट सञ्चालित पानी उत्पादन तथा वितरणसम्बन्धी उद्योगमा व्यवसायीको अर्बांै रुपैयाँको लगानी सुरक्षित गर्न समितिले सरकारसँग आग्रह गरेको छ । उपत्यकामा करीब ७०० ट्याङ्कर व्यवसायीले दैनिक…
काठमाडौं: नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीबीच ‘स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्झौता भएको छ । आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवर्द्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौंता गरिएको हो । सेजनका पूर्व उपाध्यक्ष समेत रहेका स्वर्गीय सञ्जय न्यौपानेको सम्झनामा स्थापना भएको फेलोसिप सम्झौतामा सोमबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रवन्धक मनिष झा ले हस्ताक्षर गरेका छन् । फेलोसिपका लागि सुरुवातामा कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउने छ भने प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गरिने उल्लेख गरिएको छ । कम्पनीका महाप्रवन्धक मनिष झा…
काठमाडौँ : कालीमाटीका तरकारी व्यापारीले अनुगमन गर्न खटिएको टोलीको काममा अवरोध गरेको छ । व्यापारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीको कामकाजमा आज कालीमाटी बजार अनुगमनका क्रममा अवरोध पु¥याएको हो । व्यापारीले बिनाजानकारी अनुगमनमा आएको भन्दै काममा अवरोध गरेका थिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव कालीमाटी पुगी त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । मन्त्री यादवले उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न गएको अनुगमन टोलीलाई अवरोध गर्ने जोकोहीलाई पनि कारवाही गरिने बताए । “व्यापारीले नियमपूर्वक व्यापार गरेको भए अनुगमन टोलीमाथि दुव्र्यवहार हुँदैनथ्यो,” उनले भने, “गतल तरिकाले व्यवसाय गरेकै कारण टोलीलाई गतल व्यवहार गरेका हुन । त्यसको छानबिन हुन्छ ।” मन्त्री…
जकार्ता: १८ औं एसियाली खेलकुदअन्तर्गत आज भएको पौडीमा टिसा शाक्यले महिला १०० मिटर फ्रिस्टाइलको व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी छिन् । जीबीके स्टेडियमको एक्वाटिक सेन्टरमा सोमबार बिहान प्रतिस्पर्धामा शाक्यले १ मिनेट ०३.९६ सेकेन्डमा दूरी पार गरेकी छिन्। हिट ४ मा प्रतिस्पर्धा गरेकी शाक्यले अन्तिम स्थानबाटै बाहिरिइन् । उनको यसअघिको व्यक्तिगत प्रदर्शन भने १ मिनेट ०७.२५ सेकेन्डको थियो । यस इभेन्टको राष्ट्रिय कीर्तिमान भने रियो ओलम्पिककि कान्छी खेलाडी गौरिका सिंहको नाममा छ । गौरिकाको नाममा १ मिनेट ००.७९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । एसियाडमा उनले १ मिनेट ००.८२ सेकेन्डमा दूरी पारेकी छ । गौरिकाले १२ औं दक्षिण एसियाली खेलकुदमा एक रजत र…
काठमाडौँ: साताको सुरुवातिमै सेयरबजारमा निराशा देखिएको छ । आज नेप्से परिचूचक ८ दशमलब २२ अंकले घटेर एक हजार १८८ दशमलब ०७ अंकमा कायम भएको छ । आइतबार नेप्से परिसूचक १४ दशमलब ०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा झरेको थियो । उत्पादन मूलक समुह बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । आजको कारोबारमा सबैभन्दा बढी जीवन बीमा ७५ दशमलब २ अंक, निर्जिबन बीमा ५९ दशमलब ७४ अंक र जलबिधुत समूह २३ दशमलब ६३ अंकले घटेका छन् । त्यसैगरी, बाणिज्य बैंक ५ दशमलब ४२ अंक, विकास बैंक १३ दशमलब १२ अंक र लघुवित्त ११ दशमलब ६९ अंकले झरेको…
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिएकामा आपत्ति जनाएका छन् । स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भए पनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय गरिएको उनीहरुको गुनासो थियो । करका विषयमा देशव्यापी रुपमा विरोध र आलोचना भएकाले तत्काल यस विषयमा स्पष्ट निर्देशन दिन सांसदहरूले सरकारसँग आग्रह गरे । जनताले तिर्न नसक्ने र क्षेत्राधिकार नै नभएका विषयमा समेत कर लगाएर सङ्घीय शासन प्रणालीमा नै आँच आउने काम नगराउन उनीहरुले सदन र सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । यसरी ध्यानाकर्षण गराउनेमा सांसद अमरेशकुमार सिंह,…