Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बाढीको नवौँ दिन प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
- कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा गोविन्द केसीसँग छलफल गर्ने भएको छ । समितिको आजको बैठकले विधेयकका बारेमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिए। यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षामा विपन्न तथा गरीबका लागि विशेष व्यवस्था गरेर पहुँचको सुनिश्चित गरिने प्रतिबद्धता जनाए । उनले भने, “शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक कायम गर्ने विषयमा विधेयकमा पर्याप्त ध्यान दिइने छ, सामाजिकरूपमा पछि परेकालाई न्याय दिने विषयलाई…
एजेन्सी: बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले आफ्ना अमेरिकी प्रेमी निक जोनससँग शनिबार एक बिशेष समारोह पारेर इन्गेजमेन्ट गरेकी छिन्। इगेजमेन्टका लागि निकका बाबुआमा भारत नै आएका थिए । इन्गेजमेन्ट भारतीय परम्पराअनुसार गरिएको विभिन्ना समाचार स्रोतले जनाएको छ । पार्टीमा थुप्रै बलिउड सेलिबि्रटीहरुलाई निम्तो थियो । तर, केही सेलिबि्रटी मात्र उपस्थित भएन । प्रियंकाका पूर्व प्रेमी मानिएका शाहरुख खान पार्टीमा आएनन् । यसैगरी अमिताभ बच्चन, आमिर खान र सलमान खान पनि आएनन् । सलमानकी बहिनी अर्पिता आफ्ना श्रीमानलाई लिएर पुगेकी थिइन् । नायिका आलिया भट्ट पनि पुगेकी थिइन् । प्रियंकाकी सहोदर बहिनी परिणिती चोपडा पनि पार्टीमा सहभागी थिइन्। ३६ वषिर्या प्रियंकाले…
सिड्नी: फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ । फिजीका अधिकारीहरुले अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिएका छन् । स्थानीय समय अनुसार राति १२.१९ बजे राजधानी सुभादेखि ३६१ किलोमिटर टाढा पर्ने ठाँउमा भूकम्प गएको हो । भूकम्पपछिका परकम्पहरु पनि आइरहेका अधिकारीहरुले जनाएका छन् । भूकम्पले सबैभन्दा बढी असर भिटी लाउ पहाडी क्षेत्रमा परेको छ । त्यसैगरी इन्डोनेसियाको लोम्बोक वरपर पुनः भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार बिहान ४ बजेतिर ६.३ रिक्टर स्केलको भूकम्प गएको हो । गत…
काठमाडौँ: हिन्दु नारीहरुको सांस्कृतिक पर्व तीज नजिकिँदै जाँदा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढी रहेको छ । तीजका गीतहरु सार्वजनिक गर्ने कलाकारहरुको भीडमा सञ्चारकर्मी सिर्जना थापा (खनाल) पनि उभिएकी छन् । लोक गायिका थापाले तीजको कोशेली स्वरुप माइतीको आगनी बोलको तीज गीत दर्शक तथा स्रोता माझ लिएर आएकी छन् । ‘माइती घरको आँगनी’ बोलको तीज गीतमा ढल्की–ढल्की नाचौँ भन्दै नव गायिका थापाले ल्याएको गीत दर्शक–स्रोतले युट्युबमा समेत हेर्न सक्ने छन् । गायिका थापाको आफ्नै स्वर, शब्द र संगीत गरेको गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो । तीजमा माइत जान पाउँदाको खुशीलाई गायिका थापाले गीतमार्फत प्रस्तुत गरेकी छन् । गीतको भिडियोलाई…
नुवाकोट: बाढीले गए राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन् । पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले भत्काएपछि तीर्थयात्री मारमा परेका हुन् । पुल बगाएपछि रसुवासँगको यातायात सम्पर्क टुटेको छ । बाढीले पुलको रसुवापट्टिको सडक १० मिटर बगाएको छ । रसुुवालाई काठमाडौँसँग जोड्ने सडक अवरुद्ध भएपछि तीर्थयात्री बाटोमै अलपत्र परेका छन् । अहिले गोसाइँकुण्डमा जनैपूर्णिमा मेला लागेको छ । मुलुकका विभिन्न ठाउँबाट तीर्थयात्री मेला भर्न यहाँ आएका छन् । सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । रसुवा जाने वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेँशीसमेत पहिरोले बगाएपछि अवरुद्ध छ…
काठमाडौँ: काठमाडौँको कालिमाटी तरकारी तथा फलफूल बजारमा आज च्याउ ब्यापारीहरुले भारतीय च्याउले नेपाली बजार बिगारेको भन्दै आन्दोलनका कार्यक्रम गरेका छन्। उनीहरुले नेपाली च्याउको माग नेपाली कृषकहरुबाटै परिपूर्ति हुने भन्दै बजारमा आएका भारतीय च्याउको विरोध गरेका हुन् । च्याउ व्यवसायी धन बहादुर घलेले पहिलोक्लिकलाई बताए अनुसार हाल नेपाली बजारमा भारतीय च्याउको बोल्बोलाई भएको छ र उनीहरुले नेपाली च्याउको बजार समेत षड्यन्त्र पूर्वक बिगारेका छन् । “नेपाली बजारमा भारतीय च्याउ ल्याउन र विक्री वितरण गर्न कदापी दिनुहुन्न, यो नेपाली कृषक र व्यवसायीमाथि सरासर अन्न्याय हो,” घलेले भने। व्यवसायीहरुले सरकारसामु च्याउ विकास बोर्डको गठन र प्योरकल्चर ल्याबको स्थापन लगायतका माग समेत गरेका छन्…
काठमाडौं : नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को सोमबारबाट ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला हुँदैछ । बैंकद्वारा जारी सूचना अनुसार उसले २ः१ अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता सेयर बिक्री गर्न लागेको हो । हकप्रद सेयर भर्ने म्याद असोज ७ गतेसम्मका लागि छुट्याइएको छ । हकप्रद भर्नका लागि साउन १४ गतेसम्म कायम सेयरधनी (सेयरधनी दर्ता किताव भरेका) मात्रै योग्य रहनेछन्। लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको प्रधान कार्यालयका साथै यसका सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । बैंकले हकप्रद बिक्रीबाट…
काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई सेयर दलाल (ब्रोकर) कम्पनीलाई निलम्बन गरेको छ । धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले ब्रोकर नम्बर १७ एबीसी सेक्युरिटिज प्रालि र ब्रोकर नम्बर ५ मार्केट सेक्युरिटिजलाई निलम्बन गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई तिर्नुपर्ने ०.६% कमिसन नबुझाएकाले दुई ब्रोकर निलम्बनमा परेका हुन् । गत आर्थिक वर्षको नियामक शुल्क नबुझाएकाले यी २ कम्पनी कारवाहीमा परेका धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले पहिलोक्लिकलाई बताए ।
चौतारा : गए राति मुसलधारे वर्षापछि आएको बाढीेले बाह्रबिसे बजारको पक्की पुल बगाएको छ । बाढीले बाह्रबिसे नगरपालिका–३ र ४ को बीचमा रहेको साँदी खोलाको पुल बगाएको हो । पुल बगाएपछि उक्त क्षेत्रमा आवागमन ठप्प भएको छ । बजार क्षेत्रका २२ घरमा बाढी पसेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापाले जानकारी दिए । अरनिको राजमार्गमा पर्ने ४० फिट लामो सो पुल चीन सरकारले २०२४ सालमा निर्माण गरेको हो । बाढीका कारण सडक सतहभन्दा करीब पाँच फिटसम्म ढुङ्गा र माटो थुप्रिएको छ । खोलाको पानी घरभित्र पस्न थालेको छ । स्थानीयबासी बाढीका कारण त्रसित छन् । पहिरो पन्छाउन तीन…
काठमाडौँ: नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ । बैठकले मुलुकको संरचनाअनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक…