Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको हो । विभागले आव २०७३/७४ मा ६ उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको थियो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा गर्न पटकपटक आग्रह गर्दा नमानेपछि ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरिएको बताए । बिक्री वितरण बन्द गरिएका उद्योगमा खाद्यान्न, तेल, पाइप, छडलगायत बढी रहेका छन् । विभागले मापदण्डविपरीत उद्योग सञ्चालन गर्ने ६२ उद्योगलाई स्पष्टीकरणसमेत सोधेको छ । आव…

Read More

भक्तपुर: सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो । दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बन्दको आह्वान गरेको छ । त्यसैगरी, काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुंगलमा…

Read More

काठमाडौँ: ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ । दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन् । ईन्टरनेट सेवाप्रदायकको गत आवको कुल आम्दानी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो । विद्यमान कानुअनुसार मर्मतसम्भारका नाममा उपभोक्ताबाट कुनै शुल्क लिन पाइँदैन ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

Read More

काठमाडौँल: नेपाल वायुसेवा निगमलाई सेतो हात्ती बनेको ६ थान चिनियाँ जहाज निजी क्षेत्रलाई भाडामा दिने तयारी भएको छ । निगम व्यवस्थापनलाई विगत ४ बर्षदेखि घाँडो बनेको चिनियाँ जहाज अन्नतः भाडामा दिएर समस्या समधान गर्न लागिएको हो । निमगसँग हाल अनुदनमा प्राप्त दुई धान र सरल ऋणमा खरिद गरिएको चार थान गरी ६ थान चिनियाँ जहाज छन् । निगमले गत फागुनमा ल्याएका दुई थान चिनियाँ जहाज छन् ।,आजकोकारोवार दैनिकमा यो खबर छ ।

Read More

काठमाडौं: भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्वीर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व्यवस्था गरिएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । मुलुकी ऐनमा गोपनीयताविरुद्धको कसुरमा अनुमतिविना कुनै पनि व्यक्तिको तस्वीर खिच्न नपाइने व्यवस्था गरिएको छ । अनुमतिविना कुनै व्यक्तिको तस्वीर खिच्न र निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन र प्रकाशन गर्न निषेध गरिएको छ । कानुनमा अनुमतिविना तस्वीर खिचेमा एक वर्ष…

Read More

काठमाडौं: सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ । नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २०७० मा निर्मित अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखको ‘अस्थायी आवास’ बनाउन लागिएको हो। आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ । केही दिनअघि गृहसचिव प्रेमकुमार राई, सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले ती अपार्टमेन्टको निरीक्षण गरिसकेका छन्। ‘गरिबीको रेखामुनि रहेका र अव्यवस्थित तथा असुरक्षित बस्तीमा बसोबास गरेका परिवारसमेत समेटी आवास अवधारणा विकसित गर्ने’ उद्देश्यले सरकारले अपार्टमेन्ट बनाएको थियो। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका…

Read More

काठमाडौँ: स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स र सि.पि.अस्पताल धनगढी, कैलाली बिच आफ्ना ग्राहकहरुलाई नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म सि.पि.अस्पतालबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र सि.पि.अस्पतालका तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरेका छन् ।

Read More

काठमाडौँ: नेपालका लागि जापानका नवनियुक्त राजदूत मासामिची साइगोले नेपालको विकास एवं समृद्धिको लागि नेपाली उद्योगी र जापानी उद्योगीहरु बीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक भएको र यसको लागि सहजकर्ताको भूमिका निर्वाह गर्न आफू लागिपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग आज भएको भेटमा राजदूत साइगोले नेपालको विकास कार्यक्रममा जापानले सहयोग गर्न पाएकोमा खुसी व्यक्तगर्दै समृद्धिको मार्गमा अघि बढेको नेपालको वर्तमान अवस्थामा जापानबाट थप सहयोग र सहकार्य उपलब्ध हुने बताए । जापानी लगानी नेपालमा भित्र्याउन दूतावासको तर्फबाट सक्दो पहल गरिने विश्वास समेत व्यक्त गरेका छन् । परिसंघका अध्यक्ष हरि भक्त शर्माले नेपालमा विकासका आधारका साथै लगानीको उचित वातावरण श्रृजना भएको…

Read More

काठमाडौँ: स्थानीय तहमा करको समस्या बढ्दै गएको भन्दै त्यसलाई समाधान गर्नुपर्नेमा सम्बद्ध निकायहरुले जोड दिएका छन् । नेशनल ब्यूरो अफ प्रोफेशनल सर्भिसेजले आज आयोजना गरेको ‘नेपालको संघीय संरचनागत कर प्रशासनमा लेखापरीक्षकको भूमिका’ विषयक अन्तरक्रियामा महालेलेखा परीक्षक, आईक्यान अध्यक्ष, अर्थविद् तथा व्यवसायीले यस्तो बताएका हुन् । महालेखा परीक्षक टंकमणी शर्माले भने, ‘स्थानीय तहमा देखिएका करका समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नु पर्ने बताए । आफुखुसी करका दर निर्धारण गर्दा समस्या बढेर गएको छ । यसले सेवाग्राही समस्यामा परेका छन् । यसता गुनासो दिनहुँ बढ्ने क्रममा छन् ।’ प्रदेश तथा संघमा करको विषयमा समस्या न्युन रहेको बताएका उनले स्थानीय तहको समस्या महत्वपूर्ण रहेको…

Read More

काठमाडौँ : भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलअन्तर्गत आज आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको छ । बंगलादेशसँग पराजित भए पनि नेपालले सेमिफाइनलको यात्रा भने तय गरेको छ । भर्खरै थिम्पुमा सम्पन्न समूहचरणको अन्तिम खेलमा नेपाल पराजित भएको हो । बंगलादेशको जितमा पहिलो हाफको इन्जुरी समय (४६औँ मिनेट)मा तोहुरा खातुनले गोल गरिन् । त्यस्तै ५१औँ मिनेटमा मारिया मान्डा र ६७औँ मिनेटमा सजिदा खातुनले एक÷एक गोल गर्दै ३–० को अग्रता कायम गर्न सफल भए । त्यसपछि खेलमा गोल हुन सकेन र बंगलादेशले खेल ३–०ले जित्यो । हारका बाबजूद समूह बीको उपविजेता बन्दै नेपाल सेमिफाइलन प्रवेश गरेको…

Read More