Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चितवन : सुनका गरगहना खरीद बिक्रीमा निश्चित मापदण्ड नहुँदा उपभोक्ता ठगिएका छन् । गरगहनामा लिइने ज्याला र जर्तीको मापदण्ड निश्चित नहुँदा सर्वसाधारण मारमा परेका हुन् । सुनचाँदी व्यवसायीले साना गहनामा ६० प्रतिशतसम्म जर्ती लिने गरेको स्वीकारेका छन् । ठूला गहनामा समेत २० प्रतिशतसम्म जर्ती लिने गरेको पाइन्छ । नारायणगढस्थित एक बैंकका प्रबन्धकले नाम उल्लेख नगर्ने सर्तमा आफूले श्रीमतीलाई सुनको हार किन्न खोज्दा २० प्रतिशत जर्ती मागेको बताए । नेपाल सुनचाँदी व्यवसायी सङ्घ चितवनका अध्यक्ष जीवनज्योति सदाशंकरले सुन खरीद बिक्रीसम्बन्धी सरकारी मापदण्ड आफूले पनि नपाएको बताए । सङ्घले बनाएको मापदण्डका आधारमा आवश्यकताअनुसार व्यवसायीले ज्याला र जर्ती लिने गरेको उहाँले बताउनुभयो ।…

Read More

काठमाडौँ: काठमाडौँमा तरकारीको आपूर्ति घट्दा मूल्य आकासिएको छ । देशभर वर्षा भएसंगै तरकारीको उत्पादन कम हुँदा तरकारीको आपूर्ति घटेको कारणले मूल्य बढेको ब्यापारीहरु बताउछन् । पछिल्लो १५ दिनमा कालिमाटी फलफुल तथा तरकारी बजारमा हरियो तरकारीको आपूर्तिमा ५० प्रतिशत भन्दा बढीले कमि आएको कालिमाटी फलफुल तथा तरकारी बजारका थोक बिक्रेता भगवान चन्द्र उप्रेतीले बताए । उनले भने- ‘ देशभर निरन्तर वर्षा हुँदा तरकारीको उत्पादनमा कमि आउनुको साथै उत्पादित तरकारी समेत बिग्रन जाँदा काठमाडौँमा तरकारीको आपूर्तिमा कमि आएको हो’। आपूर्तिमा कमि आएपनि तरकारीको मूल्य बढ्न थालेको बताउदै उनले भने- ‘माग अनुसार आपूर्ति नहुँदा तरकारीको मूल्य बढ्नु स्वभाविक हो ।’ आजभोलि भारत लगायत…

Read More

काठमाडौँ : गएराति परेको अविरल वर्षाको कारण आएको बाढीले बाह्रवीसे खोर्सानीबारी नजिकै रहेको साधीखोला पुलको आधा भाग बगाएको छ । पुलको आधा भाग बगाएसँगै बाह्रविसे नगरपालिकाका केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको छ । खोर्सानीबारी नजिकै साधीखोलामाथिको पुलको आधा भाग बगाएको इलाका प्रहरी कार्यालयले जनाएको छ । पुल क्षतिग्रस्त भएपछि मोटरसाइकलबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार गर्ने भनेको प्रदेश नम्बर २ को भ्रमण र प्रदेशसभालाई सम्बोधन गर्ने कुरा प्रदेशका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले विरोध जनाएका छन् । मण्डलले सामाजिक सञ्जालमार्फत ओलीको सम्बोधन असान्दर्भिक र अनुपयुक्त रहेको बताएका छन् । ‘प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूको आज हुने भनिएको प्रदेशसभा –२ को सम्बोधन असान्दर्भिक र अनुपयुक्त छ । यो नेकपा सरकारको संघीयता माथि लगाम लगाउने पहिलो प्रयास हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संघीय सरचनाको बिशेषता अर्थात प्रादेशिक स्वायत्तता बिरुद्धको यो कम्युनिष्ट सर्बसत्तावादको पहिलो एपिसोड हो, जसको म साक्षी बन्न सक्दिन । ’ मधेस आन्दोलन, मधेसी शहिद र मधेसी जनताको भावनालाई…

Read More

काठमाडौँ: यस साता सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । गत सात पाँचैदिन नेप्से घटेर ठुलो घाटा ब्यहोरेका लगानीकर्ताहरुलाई यो साता शुखद रहेको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६ दशमलब ३८ अंकले बढेर अन्तिम दिन १ हजार २१० दशमलब ३२ अंकमा पुगेको छ । यससाता होटल समूह बाहेक सबै समूहको परिसूचकमा भारी वृद्धि आएको छ । सबै भन्दा बढी जीवन बीमा र निर्जीवन बीमासमूहको परिसूचकमा क्रमश: ३१० दशमलब ४३ अंक र २२३ दशमलब ८१ अंकले बढेको छ । त्यसैगरी, उत्पादन समूहमा १२७ दशमलब ७३ अंक, विकास बैंक ६५ दशमलब ३८ अंक, लघुवित्त ५२ दशमलब १२ अंक,…

Read More

काठमाडौँ: पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ । टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भने , “इमरान खानले १७६ मत आफ्नो पक्षमा सुरक्षित गर्नुभएको छ ।” खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार बनाउन बाटो खुलेको छ । खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लीम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका शाहबाज शरीफले भने ९६ मत मात्रै प्राप्त गरेको सभामुख क्विसेरले संसदमा घोषणा गरेका थिए। विश्वकप क्रिकेटमा पाकिस्तानलाई विजय बनाएर चर्चित बनेका इमरानले शनिबार पाकिस्तानी प्रधानमन्त्रीको रुपमा सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । खानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय…

Read More

पर्वत: आफैले अध्यापन गराउने बालिकामाथि अप्राकृतिक मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो । थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । फलेवास नगरपालिका–६ मा रहेको माझीगाउँ प्राविमा अध्ययनरत सातदेखि बाह्र वर्ष उमेरका तीन बालिका र अर्को एक विद्यालयमा अध्ययनरत सोही उमेर समूहकी अर्की बालिकालाई पटक–पटक फकाएर अप्राकृतिक मैथुन गराएको अभियोगमा साउन ६ गते उनलाई पक्राउ गरिएको थियो प्रअ पौडेलले करीब एक वर्षअघिदेखि आफ्नो यौनाङ्ग…

Read More

मोरङ: विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर-१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । आजको कान्तिपुरले पृष्ठ १३ मा यो समाचार छापेको छ । प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मनोज केसीले बताए । ‘घिमिरेको अनुहार, घाँटी, टाउकोलगायत शरीरका विभिन्न भागमा काटेर नहरको डिलमा फालिएको थियो,’ उनले भने, ‘शव चिन्नै नसकिने गरी अनुहारमा धारिलो हतियारले काटिएको छ ।’ प्रहरी उपरीक्षक केसीका…

Read More

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका अनुसार, भारतबाट अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ५८ करोड युनिट विद्युत् आयात भएको समाचार आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठम छापिएको छ । समाचरम लेखिएको छ, गत वर्ष प्राधिकरणको प्रसारण प्रणालीमा आबद्ध भएको कुल ऊर्जामध्ये यो ३६ प्रतिशत हो । २०७४/७५ मा आफ्नो प्रसारण प्रणालीमा प्राप्त कुल ऊर्जामध्ये प्राधिकरण आफैँले ३३ प्रतिशत उत्पादन गरेको थियो । यस्तै निजी क्षेत्रबाट उत्पादित विद्युतको प्रतिशत करिब ३१ प्रतिशत छ । भारतबाट आयातित विद्युतको औसत मूल्य सात रुपैयाँ ४७ पैसा छ । भारतबाट आउने ७० प्रतिशत विद्युत हिउँदमा मात्र आयात हुन्छ ।

Read More

काठमाडौँ: मुलुकै पहिलो र निकै बेग्रताका साथ प्रतीक्षा गरिएको कलंकी चोकमा निर्मित सुरुङ्गमार्ग (अन्डरपास) शुक्रबारबात औपचारिक रुपमा संचालनमा आएको छ। सो अण्डरपास संचालनमा आएसंगै कलंकी भएर गुड्ने सबै खाले सवारीको उच्च चाप घाटको छ – आयोजना प्रमुख प्रकाश भण्डारीले पहिलोक्लिकलाई बताए । अब बल्ल भने यात्रु र सवारी दुबैले सास्तीको पर्खाइबाट मुक्त भएका छन्, अव कलंकीमा कुनै ट्रफिक जाम रहने छैन, उनले भने । निर्माण गरिएको उक्त अन्डरपास चार लेन रहेको छ । हाललाई दुई लेन मात्रै संचालनमा ल्याइएको, भण्डारीले बताए । बाँकी दुई अन्डरपास पनि एक महिनापछि पूर्ण रुपमा संचालनमा आउने, भण्डारीले बताए । चीन सरकारको प्राविधिक र आर्थिक…

Read More