Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईएको बताएका छन् । उनले भने,‘वर्तमान सरकारले कर बढायो र जनतालाई ठूलो मारमा पार्यो भनेर अफवाह फैलाईयो । तर, बाहिर अफवाह फैलाईएकोजस्तो कर बढाईएको छैन । स्थानीय, प्रदेश र केन्द्र सरकारले छुट्टाछुट्टै कर लगाउन आँट्यो भनिएको छ, यो अफवाहमात्रै हो । यो त सरकारको आलोचना गर्ने बहानामात्रै हो।’ शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले जग्गाको हदबन्दी लगाउन खोज्यो भनेर तराईका मालपोत कार्यालयहरुमा जग्गा बेच्नेको भीड बढेको सुनाउँदै भने,‘सरकारले जग्गाको हदबन्दी लगाउन थाल्यो भनेर पनि जथाभावी हल्ला फैलाईएछ । ४ विघाभन्दा बढि जग्गा…

Read More

काठमाडौँ :काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने विषय साँचो नभएको स्पष्ट पारेको छ । कामपा भौतिक पूर्वाधार पुनःनिर्माण विभागका प्रमुख राम थापाका अनुसार केही दिनअघि पुरातत्व विभागसँग भएको बैठकमा निर्माणका क्रममा सेनाको पनि सहयोग लिने कि भन्ने विषयमा मात्र छलफल भएको हो । बाहिर आएको हल्लाजस्तो पुनःनिर्माण स्थानीय तहले गर्न नसकेर पूर्ण रुपमा सेनालाई दिने विषयमा कुरा पनि नभएको थापाले स्पष्ट पारे । बैठकमा कामपा प्रमुख विद्यासुन्दर शाक्य पनि उपस्थित थिए । “ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि न त कामपाले सेनालाई जिम्मा दिन खोजेको छ, न सेनाले नै निर्माण गर्न इच्छा देखाएको छ, त्यसैले यो कुरा साँचो होइन…

Read More

काठमाडौं: काठमाडौं महानगरपालिका–२८ कालिकास्थानस्थित पाथ सेट कन्सलटेन्सी अफिस पछाडि सुनसरी ईटहरी उपमहानगरपालिका–६ घर भई हाल काठमाडौं अनामनगर बस्ने स्वेता उप्रेतीले पार्किङ गरी राखेको बा.५० प ७६६३ नम्बरको स्कुटर र सो स्कुटरको डिक्की भित्र रहेको नगद ९ लाख रुपैयाँ बिहीबार चोरी भएको हो । फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौँ: लामो समयको प्रयासपछि नेपाल र बंगलादेशबीच जलविद्युत् क्षेत्रमा सहकार्य गर्न द्विपक्षीय ‘इनर्जी को-अपरेसन’ सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्र नेपालको तर्फबाट उर्जा,जलस्रोत एंवम् सिंचाईमन्त्री वर्षमान पुनले र बंगलादेशको तर्फबाट बङगलादेशी उर्जा राज्यमन्त्री नसरुल हमिदले आज उर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् । समझादारीपत्रमा हस्ताक्षर गर्न बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिद काठमाडौं आएका हुन् । चीन र भारतले लगानीमा होडबाजी गरिहरेका बेला बंगलादेश पनि नेपालको जलविद्युतमा लगानी गर्न आउन तयार भएको हो । नेपाल र बंलादेशबीच जलविद्युत्मा लगानी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर नै गरेर प्रक्रिया सुरु गर्ने तयारी धेरै पहिलेदेखि भए पनि काम भने…

Read More

काठमाडौँ: नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र स्थानीय तहलाई प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गर्न माग गर्ने निर्णय गरेको छ । यही साउन २३ र २४ गते महासंघ अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले आमसञ्चार माध्यमसम्बन्धी कानूनलाई नीतिगतरुपमा एकरुपता दिनुका साथै प्रेस स्वतन्त्रतामैत्री कानून निर्माणको सुनिश्चितता गर्न तीन तहको सरकारसँग माग गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी गराए । उहाँले बैठकले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने गरी पत्रकार र आमसञ्चार माध्यमका लागि विशेष संरक्षणका कानून निर्माण गर्नसमेत माग गरेको बताउनुभयो । बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनसहितका महासंघको धुलिखेल र जनकपुर…

Read More

एजेन्सी: दक्षिण कोरियाली कम्पनी सामसुङले ‘ग्यालेक्सी नोट नाइन फ्याब्लेट’ सार्वजनिक गरेको छ । अमेरिकाको न्युयोर्कमा हिजो आयोजित एक विशेष समारोहकाबीच सामसुङले उक्त सिरिजको फोन सार्वजनिक गरेको हो । नोट नाइन सातौँ पुस्ताको नोट डिभाइस हो, जसमा नित्तान्त भिन्न एस पेन फिचर रहेको छ । कम्पनीका अनुसार नोट नाइन विभिन्न ४ रङमा उपलब्ध हुनेछ: ब्लाक, पर्पल, कपर तथा ओसन ब्लू कलर । ग्यालेक्सी नोट नाइन दुई प्रकारका मेमोरी मोडेलमा उपलब्ध हुनेछ । जसमा ६ जिबी र्यामयुक्त १२८ जिबीको स्टोरेजवाला एउटा हुनेछ । यसको मूल्य ९९९.९९ डलर तोकिएको छ । त्यस्तै महंगो मोडेलमा ८ जिबीको र्याम र ५१२ जिबीको स्टोरेज हुनेछ ।…

Read More

चितवन: गृहमन्त्री रामबहादुर थापाले खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेको बताए । “कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उनले भने । एक प्रश्नमा मन्त्री थापाले भने, “म गृहमन्त्री हो, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।” विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको पनि उनले बताए । सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिकरुपमा र प्रशासनिकरुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले बताए । भक्तपुरमा बालक अपहरण…

Read More

काठमाडौं : प्रभु ग्रुपले ‘प्रभु पे’ नामक डिजिटल वालेट सञ्चालनमा ल्याएको छ । राजधानीमा आयोजित कार्यक्रममा प्रभु ग्रुपले ‘प्रभु पे’ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । यो एप्लिकेसनको सहयोगमा मोबाइलबाटै विभिन्न आर्थिक कारोबार गर्न सकिने छ । ‘प्रभु पे’ एप्लिकेसनको सहयोगमा कुनैपनि बैंक खातामा रकम ट्रान्सफर गर्न, बिजुली तथा पानीको बिल तिर्न, किनमेल गर्दा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न तथा मोबाइल रिचार्ज गर्न पनि सकिने जनाएको छ । यसबाट अनलाइन मात्र नभएर युनियन पे, क्यूआर कोड स्क्यान गरेर पनि पैसा तिर्न सकिने ग्रुपले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । ग्रुपका अनुसार नियमित ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा…

Read More

काठमाडौं: सिटिजन्स बैंकको थप सार्वजनिक निष्कासन (एफपीओ) शुक्रबार बाँडफाँट गरिएको छ । गोलाप्रथाबाट ४६ हजार ३८२ जना लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी ६ कित्ता सेयर पुनः ६ जनालाई बाँडफाँट गरिएको छ । यसआधारमा ६ जना आवेदकले ११ कित्ता सेयर हात पार्न सफल भएका छन् । एफपीओमा कूल ६२ हजार ७०९ जना आवेदकले ६१ लाख ५ हजार ६३० कित्ताका लागि आवेदन दिएका थिए । जसमा ७३ जना आवेदकको रद्ध भएको छ । सिटिजन्सले साउन १५ गतेदेखि १८ गतेसम्म ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री गरेको हो । बैंकले अंकित मूल्य १०० रुपैयाँमा १०० रुपैयाँ…

Read More

महेन्द्रनगर, धनुषा: मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उनलाई गोली हानेको थियो । श्रेष्ठको तीघ्रामा गोली लागेको छ । उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको छ । लुटेराले श्रेष्ठको घरबाट सात तोला सुन, १५ तोला चाँदी र रु एक लाभन्दा बढी नगद लुटपाट गरेको छ । लुटपाटका क्रममा लुटेराको समूहले श्रेष्ठ परिवारका अन्य सदस्यलाई…

Read More