Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ :दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई २१७ रनको चुनौती दिएको छ । नेदरल्यान्ड्सस्थित एमस्टलभिन मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल बनायो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेका हुन् । त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पनि अर्धसतक प्रहार गरे । ६९ बल खेलेका उनले दुई छक्का र ६ चौका प्रहार गरे । सुवास खकुरेल १९, दीपेन्द्रसिंह ऐरी १९, अरिफ शेख १६, उपकप्तान ज्ञानेन्द्र मल्ल…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । दुवै जना नेकपाबाट प्रतिनिधिसभामा निर्वाचित(मोरङ र स्याङ्जा) हुन् । यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय, २२ मन्त्री (प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित)र तीन राज्यमन्त्री भएका छन् । मन्त्रिमण्डलमा नेकपा र सङ्घीय समाजवादी…
बनेपा : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजबाट मोबाइल एप्लिकेशन शुरु गरेको छ । देशभरिमा नै पहिलो पटक प्रयोगमा ल्याएको मोबाइल एप्लिकेशन धुलिखेल नगरपालिकाबाट शुरु भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा मोबाइल एप्लिकेशन तयार गरी प्रयोगमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए । यो स्थानीय तहका लागि बनाएको साझा मोबाइल एप्स हो । जसलाई प्रधानमन्त्री केपी ओलीले काठमाडौँमा आज आयोजित सूचना प्रविधिसम्बन्धीको बृहत् गोष्ठीको आयोजनासँगै शुभारम्भ गरेका हुन् । एन्ड्रोइट मोबाइलमा सञ्चालन हुने सो एप्लिकेशन प्रविधिको प्रयोग गर्न जान्नेका लागि नगरपालिकाले गरेका विभिन्न जानकारी र सेवामूलक सूचना आदानप्रदान गर्ने माध्यमका रुपमा प्रयोगमा ल्याएको बरालले बताए ।…
काठमाडौँ: “मन्त्रीज्यू विद्युत्भार कटौतीमुक्त भनिएको छ । तर बिजुलीको लाइन गइरहेकै हुन्छ । तलमाथि भइरहँदा विद्युतीय सामग्री बिग्रने गरेको छ । समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा फोन ग¥यो, कहिल्यै फोन उठ्दैन । साह्रै समस्या भएको छ । फोन उठे पनि कुनै कर्मचारीले सुनुवाइ गर्दैैनन्” यो भनाइ हो वीरगञ्जका शिवनारायण महतोको । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हरेक शुक्रबार अपराह्न १२ बजेदेखि १३ बजेसम्म नागरिकका गुनासा सम्बोधन गर्न पैसा लाग्ने र पैसा नलाग्ने दुई वटा हटलाइन टेलिफोन नम्बर सञ्चालन गर्ने खबर सुनेपछि महतोले फोन गरेर मन्त्रीलाई आफ्ना गुनासा सुनाए । महतोले मन्त्री पुनसँग समस्या समाधानका लागि आग्रह गरे…
काठमाडौँ: यातायात व्यवस्था विभागले सवारीबिना नै सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा लिएर सञ्चालन गर्न पाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यस्तो निर्णय गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए । कम्पनीमा पञ्जीकरण गर्न यसअघि कम्तीमा पाँच वटा सवारी हुनैपर्ने व्यवस्थाले समस्या हुने गुनासो आएपछि विभागले यस्तो निर्णय गरेको हो । विभागले निर्णय कार्यान्वयनका लागि आजै १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयलाई परिपत्र गरेको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरेको भए पनि औद्योगिक व्यवसाय ऐनअनुसार उद्योग विभागमा दर्ता गरेका कम्पनीलाई विभाग र यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण गरिने महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका सांसद भानुभक्त ढकाल कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नियुक्त भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् । तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि कानून मन्त्रालय मन्त्रीविहीन थियो । यस्तै राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी संघीय समाजवादी फोरमका डा. सुरेन्द्र यादवले पाउने बताएको छ । मन्त्री राज्यमन्त्रीको सपथ साढे ४ बजे तय भएको छ ।
काठमाडौँ : नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा उक्त खेल भइरहेको छ । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल छन् । ज्ञानेन्द्र मल्ल ब्यकित्गत १३ रन र अनिल शाहले ४ रन बनाएर बाहिरिए । नेदरल्यान्ड्स टोलीमा पिटर सिलार (कप्तान), वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर,…
काठमाडौँ: प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । समितिको आजको बैठकले जोशीको नाम अस्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । यसघि, प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय गर्न बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । सिंहदरबारमा बसेको समितिको बैठक आजै सकी सहमति नभए मतदान वा अन्य प्रक्रियाबाट नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुने समितिका सदस्य सुमनराज प्याकुरेलले बताए ।
काठमाडौँ: प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय गर्न बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । सिंहदरबारमा बसेको समितिको बैठक आजै सकी सहमति नभए मतदान वा अन्य प्रक्रियाबाट नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुने समितिका सदस्य सुमनराज प्याकुरेलले बताए ।
काठमाडौँ: नेपाल टेलिकमले वितरण गरिरहेको एफटीटीएच सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न शुरु गरेको छ । सेवाको आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि ३ महिनाको लागि प्रमोसनल अफरको रुपमा कम्पनीको नेटवर्क भित्र भ्वाइस सेवा निःशुल्क गरिएको छ । आईपी प्रविधि अन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथसाथै सोही फाइबरबाट भ्वाइस सेवा समेत उपलब्ध हुन्छ । यसका लागि ग्राहक वर्गलाई नयाँ नम्बर प्रदान गरिने छ । हाल यो भ्वाइस सेवा एफटीटीएच सेवा वितरण भइरहेका स्थानहरुमा डाटाका साथ उपलब्ध गराएको टेलिकमले जनाएको छ । बाँकी स्थानहरुमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने छ…