Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टतिेलमा २/२ रुपैयाँले मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १११ रुपैयाँ र डिजेल र मट्टतिेल प्रति लिटर ९५ रुपैयाँ पुगेको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ बढाएको निगमले अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ५० डलरले बढाएको निगमले जनाएको छ । खाना पकाउने ग्यासमा भने निगमले मूल्य बढाएको छैन्। नयाँ मूल्यसूचि सोमबार राति १२ बजेबाट लागू हुनेछ। आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्यसूचि अनुसार मूल्य समायोजन गरेको हो । नयाँ मूल्य अनुसार…
भक्तपुर :भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीले पैसा थुपार्ने कार्यमा मात्रै नलागी उत्पादनमूलक कार्यमा पनि लाग्नुपर्ने बताएका छन् । मध्यपुरथिमिस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लिको ११ औँ वार्षिक साधारणसभामा उनले लगानी र उत्पादनमूलक कार्यमा सहकारी सक्रिय हुनुपर्ने बताए । उनले लगानी र उत्पादनबाटै देशको समृद्धि हुने चर्चा गर्दै सहकारी अब देशको समृद्धिको सहयात्री हुनुपर्ने धारणा राखे । मन्त्री अर्यालले भने, “देश सङ्क्रमणकालीन अवस्थामा रहेको छ, सहकारी ऐन पनि सङ्क्रमण मै छ, सङ्क्रमणमा नै रहे पनि देशलाई समृद्ध बनाउने सन्दर्भमा भने सबै एक भएर जानुपर्छ ।” सहकारीले अब उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ, अब सहकारीले पनि लगानी…
काठमाडौँ :नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आव २०७५/७६ का लागि कूल ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५५३ रुपैयाँ बजेट विनियोजन गरेको छ । क्यानले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रमअनुसार चालू आवमा पाँच अर्ब ९६ करोड ८३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । विमानस्थल शुल्कबाट दुई अर्ब ३४ करोड सात लाख आम्दानी गर्ने योजना छ । क्यानको स्वीकृत बजेटमध्ये पूँजीगतर्फ ३४ अर्ब २५ करोड रुपैयाँ र कार्यालय सञ्चालनतर्फ तीन अर्ब ८६ करोड रहेको छ । चालू आवको बजेट स्रोतअन्तर्गत प्राधिकरणको २४ अर्ब ३२ करोड ५७ लाख रुपैयाँ र सरकारबाट ऋण…
काठमाडौँ : उपत्यकावासीको प्यास मेटाउन मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो । चैतमा सुरुङ निर्माण सम्पन्न भएपछि तीन महिना काम रोकिएका कारण सुरुङको अन्तिम सजावट (फिनिसिङ) को काममा ढिलाइ भएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए । “तीन महिनासम्म कम्पनीले आन्तरिक समस्याका कारण काम गर्न सकेन, समस्या समाधान भएपछि डेढ महिनादेखि काम शुरु भएको छ, तीव्र गतिमा काम गर्दा पनि अझै दुई महिनाभन्दा बढी समय…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित ढङ्गले केही गम्भीर प्रकृतिका सूचना चुहावट हुँदा अनुशासनहीनता बढ्ने बताउनुभएको छ । राष्ट्रिय सूचना दिवस–२०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आज यहाँ आयोजित समारोहमा उनले गम्भीर सूचना चुहावट हुँदा राष्ट्रिय गोपनीयता पनि भङ्ग हुने गरेकाले त्यसलाई सरकारले रोक्ने स्पष्ट गरे । अर्काे प्रसङ्गमा प्रधानमन्त्री ओलीले मुलुकको अग्रगामी विकास गर्न, जनतालाई थप अधिकारसम्पन्न बनाउन र लोकतन्त्र सुदृढीकरण गर्नका लागि संविधानमा भएका कमजोरी सच्याउन सकिने बताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचनाको हकको मात्रै नभई सही सूचनाको सही सम्पे्रषणको हक सम्बन्धमा पनि सोच्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, “हामीले अधिकारको मात्रै कुरा…
काठमाडौँ: सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
काठमाडौँ: पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद प्रक्रियामै विवाद भई रोक्का भएको नेपाल आयल निगमको जग्गा फुकुवाका लागि पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले संसदीय समितिसमक्ष आग्रह गरेका छन् । प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “निगमले किनेका जग्गा फुकुवा गर्नुप¥यो, पेट्रोलियम पदार्थ भण्डारणका लागि समस्या छ ।” पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्प र ओसार–पोसार गर्ने ट्याङकरका एकाधिकार अन्त्य गरिने दृढता व्यक्त गर्दै मन्त्री यादवले ट्याङकर र पम्प सञ्चालनका लागि अनुमति लिने कार्यलाई पारदर्शी बनाउन आवश्यक परेमा गोलाप्रथाका आधारमा छिनोफानो गरिने जानकारी दिए । उद्योग क्षेत्रमा धेरै लामो समयदेखिको बेथिति हटाएर…
काठमाडौँ: संचार तथा सूचना प्रविधि मन्त्रालयले पटबाट हटाएपछि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी पुनर्बाहालीको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । आफू प्रतिस्पर्धाबाट नियुक्त भएको भन्दै सरकारले आफ्ना मान्छे भर्ती गर्नका लागि आफूलाई हटाएको भन्दै नयाँ प्रबन्ध निर्देशकको नियुक्ति रोक लगाउन रिट निवेदनमा माग समेत गरेकी छन्। नेपाल टेलिकमको इतिहासमै पहिलोपटक २०७३ असोजमा खुल्ला प्रतिस्पर्धाबाट उनी प्रबन्ध निर्देशक बनेकी थिइन्। गत मंगलबारको मन्त्रिपरिषदको बैठकले कामिनीलाई टेलिकमको प्रबन्ध निर्देशकबाट हटाउने निर्णय गरेको थियो। कामिनीको टेलिकमले देशभर फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरेकोलगायतका विषयमा स्पष्टिकरण सोधेको थियो।…
काठमाडौँ: प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा गोविन्द केसीसँग छलफल गर्ने भएको छ । समितिको आजको बैठकले विधेयकका बारेमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिए। यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षामा विपन्न तथा गरीबका लागि विशेष व्यवस्था गरेर पहुँचको सुनिश्चित गरिने प्रतिबद्धता जनाए । उनले भने, “शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक कायम गर्ने विषयमा विधेयकमा पर्याप्त ध्यान दिइने छ, सामाजिकरूपमा पछि परेकालाई न्याय दिने विषयलाई…
एजेन्सी: बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले आफ्ना अमेरिकी प्रेमी निक जोनससँग शनिबार एक बिशेष समारोह पारेर इन्गेजमेन्ट गरेकी छिन्। इगेजमेन्टका लागि निकका बाबुआमा भारत नै आएका थिए । इन्गेजमेन्ट भारतीय परम्पराअनुसार गरिएको विभिन्ना समाचार स्रोतले जनाएको छ । पार्टीमा थुप्रै बलिउड सेलिबि्रटीहरुलाई निम्तो थियो । तर, केही सेलिबि्रटी मात्र उपस्थित भएन । प्रियंकाका पूर्व प्रेमी मानिएका शाहरुख खान पार्टीमा आएनन् । यसैगरी अमिताभ बच्चन, आमिर खान र सलमान खान पनि आएनन् । सलमानकी बहिनी अर्पिता आफ्ना श्रीमानलाई लिएर पुगेकी थिइन् । नायिका आलिया भट्ट पनि पुगेकी थिइन् । प्रियंकाकी सहोदर बहिनी परिणिती चोपडा पनि पार्टीमा सहभागी थिइन्। ३६ वषिर्या प्रियंकाले…