Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भद्रपुर : जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् । कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित महिलाले मेची अञ्चल अस्पतालमा बुधवार राति छोरीलाई जन्म दिएकी हुन् । आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको र आजै अस्पतालबाट दुवैलाई कारागारमा ल्याइएको कारागार प्रमुख निरौलाले बताए । चार महिनाअघि गर्भवती अवस्थामै उनी कारागारमा थुना परेकी थिइन् । इलाका प्रहरी कार्यालयले गत चैतमा बिर्तामोडको एक होटलबाट पक्राउ गरेर उनीमाथि सार्वजनिक मुद्दा दर्ता गरेको थियो । झापा जिल्ला प्रशासन कार्यालयले उनलाई रु पाँच हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेर…

Read More

काठमाडौँ : सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ । मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेको बताउँदै उपभोक्तालाई थप शुल्क नलाग्ने बताएका छन् । मन्त्रालयमा आज भएको छलफलमा इन्टरनेटको सेवामा लाग्ने भनिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क नलाग्ने निर्णय भएको हो । इन्टरनेटको मूल्य बढेको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिएका थिए । वार्ताको माध्यमबाट सहमति भएको र त्यसले उपभोक्तालाई कुनै पनि प्रकारको थप शुल्क लाग्ने छैन । आर्थिक ऐन, २०७५ बमोजिम यही साउन १ गतेदेखि लाग्ने भनिएको थप शुल्क नलाग्ने निर्णय भएको…

Read More

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत साइद हम्दान मोहम्मद अल नाक्बीसँग आज भएको भेटवार्तामा युएईमा कार्यरत नेपालीको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदूतसँग आग्रह गरेका छन् । सुन तस्करीसम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युएई सरकारका तर्फबाट गरिएको सहयोगका लागि तथा नेपालको विकास तथा नेपाली कामदारलाई रोजगारीको सिर्जना अवसर गरेर युएईले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । भेटमा राजदूत नाक्बीले नेपालमा सुन तस्करीबारे गरिरहेको अनुसन्धानका क्रममा नेपालको आग्रहानुसार एक व्यक्तिलाई युएईमा पक्राउ गरिएको र उनलाई नेपाल पठाउने प्रक्रिया जारी रहेको गृहमन्त्रीलाई जानकारी दिए । उनले मानव तस्करी र अन्य किसिमका…

Read More

काठमाडौँ : आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा सहभागी हुने १८१ खेलाडी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन् । प्रतियोगिता शुरु हुन केही साता मात्र बाँकी रहँदा प्रतियोगिताका २८ खेलमा सहभागिता जनाउन लागेको नेपालका तर्फबाट १२५ पुरुष र ५६ महिला खेलाडी अहिले राजधानी र मोफसलका विभिन्न शहर तथा विदेशमा प्रशिक्षण लिइरहेका छन् । राष्ट्रिय खेलकूद परिषद्(राखेप)का अनुसार काठमाडौँमा धनुकाँड, सुटिङ, एथलेटिक्स, सेपाकताक्रो, क्लाइम्बिङ, कराते, गल्फ, उसु, बास्केटबल, पौडीलगायत खेलको प्रशिक्षण जारी छ । त्यस्तै ललितपुरमा साइक्लिङ, फुटबल, ब्याडमिन्टन, ट्रायथलन, लनटेनिसलगायतको प्रशिक्षण चल्दैछ भने पोखरामा पाराग्लाइडिङ र कबड्डी, भीमदत्तनगरमा भलिबल तथा नेपालगन्जमा भारोत्तोलन र कुस्तीको बन्द…

Read More

काठमाडौँ: सरकारले आजबाट उपरान्त मन्त्रिपरिषदका सम्पूर्ण निर्णय र काम कारवाही स्वचालित प्रणाली अनुसार गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक (Cabinet Automation System) को उद्धघाटन भएसंगै यसको उपचारिक थालनी गरिएको हो । बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा म्याकबुक प्रयोग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक बसेको उनको सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ: सेयर बजार साताको अन्तिम कारोबारको दिन बिहाबार पनि घट्ने क्रम जारी रह्यो । आज नेप्से परिसूचक ३ दशमलब १५ अंकले घटेर १ हजार १९१ दशमलब २० अंकमा झरेको छ । होटल समूह बाहेक सबै समूहको परिशूचकमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बिमा ४८ दशमलब ०८ अंकले र निर्जीवन बीमा समुहको परिसूचक २७ दशमलब १७ अंकले घटेको छ । यधपी, होटल समूहको परिसूचक ४४ दशमलब ५४ अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३ हजार ४९१ कारोबारबाट १९ करोड ३० लाख २८ हजार १२४ रुपैयाँ बराबरका ७ लाख ९२…

Read More

काठमाडौँ:  नेपाल र भारतबीच नदी सिमाना रहेका ५७ स्थानमा सीमा स्तम्भ निर्माण गरिने भएको छ । दुई देशबीच विगत लामो समयदेखि नदी सीमा क्षेत्रमा स्थानीयस्तरमा समस्या रहँदै आएपछि उक्त समस्याको निराकरण दीर्घकालीन रुपमै गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको नापी विभागले गृहकार्य गरिरहेको छ । नेपालका २७ जिल्ला र भारतका चार प्रदेशका २० जिल्ला नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासँग जोडिएका छन् । दुई देशबीच विगत लामो समयदेखि नै नदी सिमानाका विषयमा स्थानीयस्तरमा समस्या रहँदै आएको छ । आउँदो असोज महिनाको पहिलो साता काठमाडौँमा हुने बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी)को उच्चस्तरीय संयुक्त बैठकले त्यसको दीर्घकालीन समाधानका लागि थप पहल गर्ने नापी विभागका…

Read More

काठमाडौँ: तनहुँ हाइड्रोपावरले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनीहरु छनोट गरेको छ । आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (हेड वोर्क्स) निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको छ । कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता हुने छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न सबैभन्दा कम बोलकबोल गर्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ । कम्पनीसँग ११ करोड ४१ लाख ८९…

Read More

भीमदत्तनगर: प्रदेश नं.७ सुदूरपश्चिममा बैंकिङ कसुरअन्र्तगत ‘चेक अनादर’ मुद्दा बढ्न थालेपछि बाणिज्य इजलास महेन्द्रनगरले कारबाहीलाई तीव्रता दिएको छ । प्रदेश नं. ७ को उच्च अदालत दिपायल महेन्द्रनगर इजलास अन्तर्गत गठन भएको बाणिज्य इजलासले चेक अनादर सम्बन्धी परेका ४२ वटा मुद्दा मध्ये ३४ वटा गत आर्थिक बर्षमा फछ्र्यौट गरेको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका शाखा अधिकृत प्रकाशदत्त भट्टले चेक अनादर मुद्दामा अधिकांश अभियोग माग दाबीबमोजिम फैसला भएको बताए । ‘थोरैले मात्रै सफाइ पाएको तथ्याङ्क छ ।’ उहाँले भन्नुभयो–‘ केहीले आशिंक सफाइ समेत पाएका छन ।’ उक्त मुद्दामा बाणिज्य अदालतले ३ महिनासम्म कैद वा बिगो बमोजिम जरिवानासमेत सजाय फैसला हुने…

Read More

काठमाडौँ: गत वर्ष नेपालमा मरिचको आयात अस्वाभाविक दरमा बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार गत आर्थिक वर्ष २०७४/७५ को प्रथम एघार महीनाको अवधिमा ६ अर्ब २५ करोड भन्दा बढीको मरिच आयात भएको छ । बिगतका केहि वर्षदेखि बार्षिक १ अर्ब ५० करोड भन्दा मुनि रहेको मरिचको आयात गत वर्षको एघार महिनामै झन्डै पाँच गुणाले आयात बढेको छ । गत वर्षको ११ महिनामा ६ अर्ब २५ करोड बराबरको १ करोड ५२ लाख किलोग्राम मरिच आयात भएको छ । आर्थिक वर्ष २०१२/१३ मा ९२ करोड बराबरको १४ लाख ७५ हजार किलोग्राम मरिच आयात भएकोमा आर्थिक वर्ष २०१३/१४…

Read More