Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सुर्खेत: पछिल्लो समयमा जन्म दिवस मनाउनु नेपालमा संस्कारजस्तै भएको छ । जन्मदिनको अवसरमा व्यक्त खुशीले भावी दिनहरु प्रेरणादायी बनेर असल व्यक्तित्वको निर्माण होस् भन्ने उद्देश्य राख्नु र कामना गर्नु आफैँमा राम्रो कुरा हो, तर हिजोआज नेपाली समाजमा यसलाई निकै खर्चिलो र भट्किलो बनाएको पाइन्छ । यसको प्रभाव शहरी क्षेत्रमा नै बढी देखिन्छ । जन्मदिनको महत्वलाई अनुत्पादक बनाउँदै लैजाने संस्कारलाई रुपान्तरण गर्न र यो अवसरलाई मानव जीवन पद्धतिको दिगो तथा न्यायोचित सहयोगी बनाउन जुम्लाकी एक बालिकाले उदाहरणीय काम गर्नुभएको छ । एशिया इन्टरनेश्नल मोडेल इङ्लिस विद्यालय (एम्स) जुम्लाको कक्षा ७ मा अध्ययनरत छात्रा रीता पछाइले बुधबार आफ्नो १३ औँ जन्मदिनको अवसरमा…
काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले चार लाख १४ हजार ५५० रुपैयाँसहित १७ जुवाडे पक्राउ गरेको छ । परिसरको टोलीले आज दिउँसो काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित होटल कोजी ईन थकाली भान्छा घरमा कौडा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाका रञ्जन खड्का, रामेछापका मोहन कँडेल, प्रकाश थापा, रमेश कार्की, भुवन खड्का, नारद खड्का, मकवानपुरका श्यामकाजी महर्जन, काठमाडौँका कुमार बोहरा, सरोज घले, जीवन पाठक रहेका छन् । यस्तै, ललितपुरका मुकुन्द चौलागाईँ, काभ्रेका राम लामा, केदार बुढाथोकी, गोरखाका गंगा थापा, महोत्तरीका वीरेन्द्र सिंह, नुवाकोटका कुमार खड्का र नवराज सिंह रहेका छन् । महानगरिय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले पक्राउ परेकासँग…
बर्दिया: सगरमाथा ब्राण्डको ओपिसी सिमेन्ट गुणस्तरहीन रहेको जिल्ला प्रशासन कार्यालय गुलरियाले बताएको छ । कार्यालयले जेठ ३१ गते गरेको बजार अनुगमनबाट सो सिमेन्टमा हुनु पर्ने गुणस्तरता नपाइएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय गुलरियाले घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादन हुने सगरमाथा ब्राण्डको ओपिसी सिमेन्ट गुणस्तर तथा नापतौल विभागले गुणस्तर नभएको जानकारी गराएको भन्दै अर्को सुचना जारी नभएसम्म सो सिमेन्ट प्रयोग नगर्न भनेको छ । सो अनुगमनबाट गुणस्तर नपाएपछि विभागले जिल्ला प्रशासन गुलरियालाई असार १ गते पत्रमार्फत जानकारी गराएको थियो । उद्योगलाई कालो बजार तथा सामाजिक अपराध सजाय ऐन अन्तर्गत काराबाहीको प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी महेन्द्रजंग शाहीले…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष समयमा बोलेको विषयमा थप जिज्ञासा र प्रश्नका लागि सभामुखले समय नदिएको भन्दै काँग्रेसले बैठक बहिष्कार गरेको हो । बैठकबाट बाहिरिएपछि काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सञ्चारकर्मीसँग कुरा गर्दै कुनै पनि विषयमा मन्त्रीले सदनमा बोलिसकेपछि सांसदले प्रश्न सोध्न पाउने संसद् नियमावलीमा व्यवस्था छ तर आफूहरुले समय माग्दा पनि सभामुखले समय नदिएको बताए । उनले भने, “मन्त्रीले बोलेका विषयमा प्रश्न सोध्न र थप जिज्ञासाका लागि हामी समयको माग गर्दै…
काठमाडौँ: सरकारले आगामी पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ उक्त योजना प्रस्तुत गरिएको हो । योजनाअनुसार आगामी पाँच वर्षभित्रमा पर्यटकको संख्या वृद्धि गरी कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको १० प्रतिशत योगदान पु¥याउने लक्ष्य राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सार्वजनिक गरेको ‘पर्यटन क्षेत्रको विकासको पाँच वर्षीय कार्यदिशा’मा पर्यटन क्षेत्रको नीतिगत, पूर्वाधार विस्तारलगायत क्षेत्रमा व्यापक सुधारको समग्र पक्षलाई समावेश गरिएको छ । मन्त्रालयले सातवटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको उपस्थितिमा पर्यटन क्षेत्रको विकासको आगामी पाँचवर्षे कार्ययोजना सार्वजनिक…
काठमाडौँ: दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले शुक्रबार नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ । नेपाली समयानुसार शुक्रबार दिउँसो २ः४५ बजे नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४७ दशमलव ४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जितका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सकेको थियो । नेदरल्याण्ड्सको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीमा पारस खड्का (कप्तान),…
काठमाडौँ: प्राइमलाइफ इन्स्योरेन्सले एक नयाँ बीमा योजना “प्राइम जीवन उपहार” सार्वजनीक गरेको छ । उक्त नयाँ वीमा योजना वीमा समिति का अध्यक्ष चिरन्जीवी चापागाँईले सार्वजनीक गरेका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले नयाँ वीमा योजनाको मुख्य विशेषताकोहरुका साथै समग्र कम्पनीको अवस्थाको वारेमा जानकारी गराए । यस नयाँ बीमा योजना अन्तगर्त बीमा समाप्ती हुने मिति अगावै पहिलो बार्षिकोत्सव भित्र बीमितको मृत्यु भएमा मूल बीमालेखको बीमाङ्क र आर्जित बोनस तथा पहिलो बार्षिकोत्सव पश्चात बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही मूल र अनिवार्य सहायक दुवै बीमालेखको बीमाङ्क रकम तथा दुवै बीमालेखमा नियमानुसार आर्जन गरेको बोनस…
भद्रपुर : जिल्ला कारागार झापामा थुनामा रहेकै बेला बच्चा जन्माएकी एक युवती कारागारमुक्त भएकी छिन् । भद्रपुर–४ की २० वर्षीया सुस्मिता गुरुङलाई सरकारले कैद मिनाहा गरी कारागारमुक्त गरेको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिए । चार महिनाको गर्भवती अवस्थामा सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा पु¥याइएकी उनले मेची अञ्चल अस्पतालमा यही साउन १० गते छोरी जन्माएकी थिइन् । जिल्ला प्रशासन कार्यालय झापाले तोकेको रु पाँच हजार धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि कारागार चलान भएकी थिइन् । जिप्रका झापाले नै बाँकी कैद मिनाहा गरेर उनलाई रिहा गरेको कारागार प्रमुख निरौलाले बताए ।
काठमाडौँ :प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा कानून व्यवसायीहरुबीच नै फरक मत देखिएको छ । शैक्षिक प्रमाणपत्र र सार्वजनिक जग्गा निजीकरण गर्नेलगायत विषयमा विवादित बन्नुभएका प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम समितिबाट अनुमोदन गर्ने वा नगर्ने विषयमा कानून व्यवयायीहरुको मत फरक देखिएको हो । वरिष्ठ अविधक्ता डा चन्द्रकान्त ज्ञवालीले संसदीय सुनुवाई विशेष समितिका सदस्यले प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक प्रमाणपत्र, नैतिक चरित्र, योग्यता र क्षमताको बारेमा प्रश्न उठाउन सक्ने बताए । उनले भने, “संसदीय सुुनुवाइ समितिमा सार्वभौमसक्ता सम्पन्न नेपाली जनताका प्रतिनिधि हुनुहुन्छ, त्यसैले प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक प्रमाणपत्र, योग्यता, क्षमता, अनुभव र आचरणमाथि समितिले प्रश्न…
काठमाडौँ: बुधबार सामान्य सुधार भएको सेयर बजार साताको अन्तिम दिन बिहिबार फेरी घटेको छ । सेयर बजार परिसूचक नेप्से आज दुई दशमलब ५६ अंकले घटेर १ हजार १९१ दशमलब ३१ अंकमा कायम भएको छ । नेप्से बुधबार २ दशमलब ४० अंकले बढेको थियो भने सोमबार र मंगलबार क्रमश: शुन्य दशमलब ०७ अंक र २ दशमलब ९१ अंकले घटेको थियो । बाणिज्य बैंक र उत्पादन मूलक समूह बाहेक सबै समूहको नेप्से परिसूचकमा गिरावट आएको छ । आजको कारोबारमा सबैभन्दा बढी निर्जीवन बीमा ५७ दशमलब ३७ अंक, जीवन बीमा समुहको परिसूचक २० दशमलब ०६ अंक र लघुवित्त १० दशमलब ७२ अंकले घटेको…