काठमाडौँ: प्राइमलाइफ इन्स्योरेन्सले एक नयाँ बीमा योजना “प्राइम जीवन उपहार” सार्वजनीक गरेको छ ।
उक्त नयाँ वीमा योजना वीमा समिति का अध्यक्ष चिरन्जीवी चापागाँईले सार्वजनीक गरेका हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले नयाँ वीमा योजनाको मुख्य विशेषताकोहरुका साथै समग्र कम्पनीको अवस्थाको वारेमा जानकारी गराए ।
यस नयाँ बीमा योजना अन्तगर्त बीमा समाप्ती हुने मिति अगावै पहिलो बार्षिकोत्सव भित्र बीमितको मृत्यु भएमा मूल बीमालेखको बीमाङ्क र आर्जित बोनस तथा पहिलो बार्षिकोत्सव पश्चात बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही मूल र अनिवार्य सहायक दुवै बीमालेखको बीमाङ्क रकम तथा दुवै बीमालेखमा नियमानुसार आर्जन गरेको बोनस एक मुष्ट भुक्तानी दिइनेछ ।
यसका अतिरीक्त बीमितले बीमाङ्क रकमको आधारमा ५० लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु लाभ तथा बीमाशुल्क छुट तथा अपाङ्ग अशक्त सुविधा सुविधा प्राप्त गर्न सक्नेछन् र यसको लागी बीमितले उक्त सुविधा वापत अतिरीक्त बीमाशुल्क भुक्तानी गर्नुपर्ने छ ।
हाल यस कम्पनी को चुक्ता पूँजी १ अर्व ७८ करोड रुपैयाँ , जिवन बीमाकोष ६ अर्व ५४ करोड तथा २०७४।०७५ को खुद नाफा २१ करोड ६३ लाख रुपैयाँ रहेको छ । साथै देशभरका १३५ भन्दा बढी स्थानवाट जीवन वीमा सम्वन्धी सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।