Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिने तर फिर्ता नहुने बताएका छन् । बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीले विधेयक फिर्ताको माग गरेका सन्दर्भमा उनले सो विधेयक संसद्को प्रक्रियाबाट परिमार्जन वा संशोधन हुन सक्ने तर फिर्ता नहुने बताएका हुन् । शिक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले प्रतिनिधिसभाले प्रक्रियागत रुपमा निर्णय गर्ने र बाँकी विषय चिकित्सा शिक्षा आयोगले टुङ्गो लगाउने जानकारी दिए । “विधेयकको मूल मर्म केदारभक्त माथेमा आयोगको प्रतिवेदनसँग बाझिएको छैन । बाहिर जसरी आलोचना गर्न खोजिएको छ, त्यस्तो होइन । सबै…
काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्स बीच बिहिबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेको इन्स्योरेन्सका प्रमुख प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले हस्ताक्षर गरेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा नेको इन्स्योरेन्स लिमिटेडबाट गर्न सक्ने छन् । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व निक्षेप रुपैयाँ संकलन गरी १ खर्व २१ अर्व कर्जा लगानी गरेको…
काठमाडौँ: देशभर ६४ दशमलब ०८ प्रतिशत खेतमा धान रोपाई भएको छ । कृषि, भुमि ब्यबस्थापन तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ९ लाख ९४ हजार ७८९ हेक्टर जमिनमा रोपाई भएको जनाएको छ । नेपालमा १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमा धन खेति हुनेगरेको छ । समयमा देशभर राम्रो वर्षा भएको यो वर्ष गत वर्षको भन्दा राम्रो रोपाई भएको मन्त्रालयका सह प्रबक्ता शंकर सापकोटाले बताए । उनले भने- देशभर रोपाई राम्रैसंगै चलिरहेको छ । सोमबार सम्म ६४ प्रतिशत भन्दा बढी रोपाई भएको छ जुन धरै राम्रो हो । यो वर्ष ९८ प्रतिशत रोपाई हुने अनुमान गरिएको छ । गत वर्ष ९५…
काठमाडौँ : बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले आज बिहान हेलिकोप्टर पठाएको छ । उनको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएकाले आज बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । मन्त्रालयका सचिव खगराज बरालको टोली उनलाई लिन गएको छ । काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिनेछ । गएराति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीसहितको बैठकले केसीको स्वास्थ्य खराब हुँदै गएकाले काठमाडौँ ल्याउने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो । उनले चिकित्सा शिक्षा विधेयकबारे प्रतिनिधिसभाले…
काठमाडौँ: आर्थिक वर्ष २०७४/ ७५ को एघार महिनासम्ममा कुल वस्तु व्यापार घाटा २४ दशमलब ६ प्रतिशतले विस्तार भई १० खर्ब ३३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कुल वस्तु निर्यात १० दशमलब ४ प्रतिशतले वृद्धि भई ७४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैकले प्रकाशित गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति रिपोर्टमा अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलब ३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ८ दशमलब ७ प्रतिशत, चीनतर्फ ९१ दशमलब ६ प्रतिशत र अन्य मुलुकतर्फ ८ दशमलब १ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलँैची, पोलिष्टर…
काठमाडौं: सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले इन्टरनेटमा लगाएको १३ प्रतिशत शुल्क उपभोक्ताबाट असुल गर्न नपाइने बताएका छन् । दूरसंचार र इन्टरनेट सेवा प्रदायकहरुले सरकारले बढाएको शुल्क उपभोक्ताबाट लिने बताइसकेका छन् । ‘दूरसंचार सेवा शुल्क उपभोक्ताबाट उठाउन पाइन्न,’ मन्त्री बाँस्कोटाले भने, यो सेवा प्रदायक आफैले तिर्नुपर्छ । इन्टरनेट र दूरसंचार सेवा प्रदायकहरुलाई यस विषयमा निर्देशन दिइसकेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
काठमाडौं: नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहे पनि सञ्चालनमा रहेका केही मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । वीरगंजमा सञ्चालित नेसनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् । दुवै कलेजले भारतबाट विद्यार्थी ल्याएर पढाउने गरेका छन् । नेसनलले नियमविपरीत भारतीय विद्यार्थी ल्याएको विषय अदालतसम्म पुगेको र जानकीले भारतीय विद्यार्थी समेत नपाएर ३५ सिट खाली राखेको छ। त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि चिकित्साशास्त्र अध्धयन संस्थान (आइओएस) महाराजगञ्ज र काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिका कलेजका लागि स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलले प्रवेश परीक्षा लिन्छन् । प्रवेश परीक्षमा उत्कृष्ट…
काठमाडौं: जिल्लाको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन भएको आयोजना विकास सम्झौता (पीडीए ) लगानी बोर्डले स्वीकृत गरेको छ । प्रारम्भिक हस्ताक्षर भइसकेको पिडिए मंगलबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको ३१औँ बैठकले स्वीकृत गरेको हो । यो आयोजनामा कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन भने समेटिएको छैन । अबको पाँच महिनामा काठमाडौंका कीर्तिपुरबाहेक सबै नगरपालिकाको फोहोर निजी क्षेत्रले उठाउन थाल्नेछ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । २३ फागुन ०७४ मा उक्त पिडिएमा प्रारम्भिक हस्ताक्षर भएको थियो । त्यसवेला बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दुई महिनाभित्र अन्तिम हस्ताक्षर गर्ने गरी काम गरिरहेको बताएका थिए । तर, प्रारम्भिक हस्ताक्षर भएको…
काठमाडौं: चालू आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकाले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने भएको छ । गत जेठ १५ मा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले पश्चिम सेती बनाउन स्वदेशी पुँजी लगानी गर्ने घोषणा गरेका थिए । तर, मंगलबार बेलुकी बसेको लगानी बोर्डको बैठकले सम्भव भएसम्म चिनियाँ कम्पनीलाई बोलाउने निर्णय गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । पश्चिम सेती आयोजना बनाउन चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कम्पनी सीटीजीआई) को सहायक कम्पनी सिडडब्लुई इन्भेस्टमृन्ट कर्पोरेसनले चासो दिँदै आएको छ । बोर्डको बैठकले यही कम्पनीलाई लगानी गर्न आग्रह गर्ने…
काठमाडौँ: संविधानले प्रत्यायोजन गरेको स्वायत्त अधिकारअनुरुप प्रदेश सरकारहरुले आर्थिक बर्ष २०७५/७६ का लागि सवारीसाधन करमा भारी बृद्धि गरेका छन् । प्रदेश सरकारहरुले सवारी साधनलाई राजस्वको मुख्य स्रोतका रुपमा लिएको देखिन्छ । आव २०७४÷७५ सम्म देशभरका सबै नागरिकले एकै दरमा कर तिर्दै आएका थिए । साउन १ देखि सुरु भएको आव २०७५÷७६ बाट हरेक प्रदेशका नागरिकले एकै प्रकृतिको सवारीसाधन प्रयोग गरेबापत भिन्दाभिन्दै दरमा वार्षिक कर तिर्नुपर्ने भएको छ ।, आजको कारोवार दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।