Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: दराज च्याम्पियनसिप केस स्टडिको दोस्रो संस्करणको टाइटल नेपाल कमर्स क्याम्पसले जितेको छ । केस स्टडि २०१८ को फाइनलमा सात प्रतिस्पर्धिहरुलाई पछि पार्दै नेपाल कमर्स क्याम्पस पहिलो बनेको हो । केस स्टडि विजेता कमर्स क्याम्पसका मल्लिका कार्की, लिप्सा कर्मचार्य र शुनिता तन्डुकारको समुहले एक लाख रुपैंया पुरस्कार हातपारेको छ । त्यसै गरि एस इस्न्टीच्युट अफ मेनेजमेन्ट समुहले दोस्रो स्थान हासिल गर्दै ५० हजार तथा ब्रिटिस कलेज समुहले तेस्रो हुँदै २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । दराज केस स्टडि कार्यक्रमले भविष्यको नेतृत्वको अवसर दिने बाटो खोल्दै दराज फ्यूचर लिडरशिप अन्तर्गत विजयी समूहलाई १८ महिना काम गर्ने अवसर पनि दिएको छ…

Read More

प्रिटोरिया: चिनियाँ राष्ट्रपति सि चिनफिङ सोमबार दक्षिण अफ्रिका पुगेको समाचार छ । उनी सोमबार दक्षिण अफ्रिकाका पुग्दा यहाँका उच्चस्तरीय अधिकारीहरुले प्रिटोरिया विमानस्थलमा विशेष तथा भव्य स्वागत गरेका थिए । दक्षिण अफ्रिकासँगको सम्बन्ध विकास र द्धिपक्षीय हितका विभिन्न एजेण्डाहरुमा छलफल गर्नका लागि उहाँ दक्षिण अफ्रिका पुग्नुभएको अधिकारीहरुले समाचारमा जनाएका छन् । दोस्रो पटकको कार्यकालको रुपमा गएको फेब्रुअरीमा कार्यकाल सम्हाल्नुभएपछि राष्ट्रपति चिनफिङ पहिलो पटक दक्षिण अफ्रिकाको भ्रमणमा आएका हुन् । यी दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको २० औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने विशेष समारोहहरुमा उनी सहभागी हुने कार्यक्रम रहेको दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले जानकारी दिएको छ । दक्षिण अफ्रिका ओर्लिएपछि दिनुभएको संक्षिप्त…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपाली कांग्रेसले अनशनरत डा गोविन्द केसीलाई अघि सार्दै आफ्नो राजनीतिक रोटी सकेको आरोप लगाएका छन् । ओलीले भने, ‘कांग्रेसले आफ्नो राजनीतिको रोटी सेक्न नसकेर केसीलाई प्रयोग गरेर असान्धर्भिक राजनीति गरिरहेको छ ।’ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा आज आयोजित एक पत्रकार सम्मेलनमा ओलीले उक्त धारणा ब्यक्त गरेका हुन् । स्वास्थ्य सेवा जस्तो अत्यावश्यक बिषयमा हड्ताल गर्नु र विरामीको उपचार गर्दिन भन्नु डाक्टरहरु पनि सेतो कोट लगाएर कांग्रेसको कार्यकर्ता भई हिंड्नु अत्यन्तै दुखको कुरा हो, ओलीले भने । “सेतो कोटमा पार्टीको कार्यकर्ता झैं भएर अस्पताल बन्द गर्नु, डा केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याउन…

Read More

काठमाडौँ :धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो भने । त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो । केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा (७.६ रिक्टर स्केल) भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०५ पटक परकम्प गएका…

Read More

काठमाडौँ: बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएको बिषयलाई लिएर कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिनु पर्ने बाताबरण सिर्जना भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको स्रोतले जनाएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने बताईएको छ । बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राबारे उनले दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएको छ। मन्त्री तामाङले शुक्रबार राजधानीको एक विद्यालयमा आयोजित कार्यक्रममा बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले आफूलाई नसुम्पी सर्टिफिकेट नपाउने बताएका थिए। नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली…

Read More

काठमाडौँ: नेपालको संविधानले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ । तर होटल तथा क्यासिनोमा कार्यरत मजदुरहरुले आगामी दिनमा आफ्नो अधिकार माग गरेर आवाजसमेत उठाउन नपाउने भएका छन् । मजदुर संगठनमा आबद्ध केही नेताको स्वार्थका कारण मजदुरको अधिकारमाथि नै बन्देज लगाउने सहमति गरेपछि मजदुर संगठनमा विवाद चुलिएको छ । मजदुरको हकहितका लागि खुलेका संगठनका केही नेताले होटल तथा क्यासिनो सञ्चालको प्रलोभनमा परेर मजदुरविरोधी सम्झौता गरेको आरोप सम्झौता गर्नेहरुमाथि लागेको छ । यो खबर आजकोनेपाल समाचारपत्र दैनिकमा छ ।, गत जेठ १८ गतेदेखि लागू हुने गरी मजदुर नेता र होटल सञ्चालकको बीच मजदुर अधिकारलाई असर हुने गरी सम्झौता भएको पाइएको…

Read More

काठमाडौँ: कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले छोराको बिहेको इन्गेजमेन्टमा मात्रै २० लाख र पूरा बिहेमा ९० लाख रुपैयाँ खर्च गरेको भन्दै उक्त रकमको स्रोतको खोजी भएको छ । प्रधानन्यायाधीश बन्ने प्रक्रियामा रहनुभएका जोशीविरुद्ध परेको उजुरीमा यो लगायत ५ वटा गम्भीर आरोप रहेको संघीय संसद् सचिवालय स्रोतले जनाएको छ । संघीय संसद् सचिबालयले संवैधानिक परिषद्को वैठकबाट प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका जोशीविरुद्ध साउन ६ गतेसम्म उजुरी दिन आव्हान गरेको थियो । उहाँमाथि सबैभन्दा पछिल्लो समयमा सामाजिक सुधार ऐन बिपरीत छोराको बिहेमा कुस्तौँ खर्चेर भोज गरेको, राष्ट्रलाई क्षति पु¥याउने गरी अन्तरिम आदेश जारी गरेको, सरकारका नाममा श्रेष्ता कायम रहेको तनहुँको भिमाद नगरपालीकाको आठ सय रोपनी…

Read More

काठमाडौँ: पछिल्लो समय मन्त्रिपरिषद्मा भएका निर्णय अडकलेर मात्र सार्वजनिक गर्न थालिएको छ । मन्त्रिपरिषदको निर्णय सरकारका प्रवक्ताका रूपमा सञ्चार तथा प्रविधिमन्त्रीले तत्काल पत्रकारसमक्ष प्रस्तुत गर्दै आएका छन् । तर, कहिले आधा त कहिले सार्वजनिक गर्दा फाइदा हुने निर्णयमात्र भन्ने र बाँकी लुकाउन थालिएको छ । खासगरी आलोचना हुन सक्ने निर्णयबारे सरकारका प्रवक्ता मौन रहने गरेका छन् । नियुक्ति तथा सरकारले बाँड्ने खर्चजस्ता विषयको निर्णय बताउने गरिएको छैन । गत सोमबार मन्त्रिपरिषद्ले भारत र मलेसियामा राजदूत सिफारिसको निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गरे । तर, न्युयोर्कका लागि स्थायी प्रतिनिधि र यूएईमा राजदूत पनि सिफारिस गरिएकोबारे उनले केही बताएनन् । न्युयोर्कका…

Read More

काठमाडौँ: छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ । अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले सोमबार उनको नाममा खाता खोली १ करोड रुपैयाँ जम्मा गरिदिएको हो ।२०७१ सालमा भएको सम्झौता बमोजिम सरकारले खाता खोलेर रकम राखिदिएको हो । गंगामायाका अधिवक्ता आषिकराम कार्कीका अनुसार कृषि विकास बैंकमा खोलिएको उनको खातामा सरकारले २०७१ सालमै दिने भनी सम्झौता गरेको १ करोड रुपैयाँ राखिदिएको हो ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ । पत्रपत्रिकाबाट

Read More

काठमाडौँ: नेपाल खाद्य संस्थानले यो वर्ष २३ खाद्य संकट जिल्लामा एक लाख ४० हजार क्विन्टल चामल ढुवानी गर्ने भएको छ । खाद्य संस्थानले सरकारबाट प्राप्त ढुवानी अनुदानको आधारमा २३ खाद्य अपुग जिल्लामा एक लाख  ४० हजार क्विन्टल चामल ढुवानी गर्ने योजना बनाएको संस्थानका प्रबक्ता शंकर सापकोटाले बताए । सरकारले दुर्गम तथा खाद्य संकट जिल्लामा चामल ढुवानीको लागि यो वर्ष ४४ करोड ढुवानी अनुदान उपलब्ध गराएको छ । सापकोटाले संस्थानले सरकारबाट उपलब्ध ढुवानी अनुदान तथा सम्बन्धित जिल्लाको वार्षिक खाद्य बस्तु मागको आधारमा कोटा निर्धारण गरेको बताए । खाद्य संस्थानले ताप्लेजुङ, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा,खोटाङ, मनाङ, गोर्खा, मुस्ताङ, रुकुम, रोल्पा, दैलेख, जाजरकोट,…

Read More