काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपाली कांग्रेसले अनशनरत डा गोविन्द केसीलाई अघि सार्दै आफ्नो राजनीतिक रोटी सकेको आरोप लगाएका छन् ।
ओलीले भने, ‘कांग्रेसले आफ्नो राजनीतिको रोटी सेक्न नसकेर केसीलाई प्रयोग गरेर असान्धर्भिक राजनीति गरिरहेको छ ।’
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा आज आयोजित एक पत्रकार सम्मेलनमा ओलीले उक्त धारणा ब्यक्त गरेका हुन् ।
स्वास्थ्य सेवा जस्तो अत्यावश्यक बिषयमा हड्ताल गर्नु र विरामीको उपचार गर्दिन भन्नु डाक्टरहरु पनि सेतो कोट लगाएर कांग्रेसको कार्यकर्ता भई हिंड्नु अत्यन्तै दुखको कुरा हो, ओलीले भने ।
“सेतो कोटमा पार्टीको कार्यकर्ता झैं भएर अस्पताल बन्द गर्नु, डा केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याउन नदिएर ढुंगा मुढा गर्नु किञ्चित सही होइन,” प्रम ओलीले भने ।
अर्को प्रशङ्गमा ओलीले भने- अव नेपालमा तुईन भन्ने कुरै नहुने यद्यपी प्राविधिक रुपमा हटाउने नमिल्ने तुईनलाई केवल कारको जस्तो डोरी लगाएर संचालन गरिने उनले बताए ।