Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौंँ: प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई समेटेर सरकारले सल्लाहकार समूह गठन गर्न लागेको जानकारी दिएका छन् । नेपाल उद्योग परिसंघको १५ औँ साधारणसभाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्योगलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय उत्पादन गर्न प्रोत्साहन गरिने स्पष्ट गरे । स्वच्छता, पारदर्शिता, कानुनको राज र अवसरको समतापूर्ण ढंगले वितरण भयो भने मात्र समृद्धि हासिल हुन सक्ने बताउँदै उनले ६० प्रतिशत जनसंख्या काम गरेर खान सक्ने हुनु देशको आर्थिक विकासका लागि ठूलो अवसर भएको बताए । प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर देशलाई उद्योगमैत्री बनाउन इच्छुक रहेको स्पष्ट पार्दै भने, “हामी निजी क्षेत्रसँग सहकार्य गर्छौं तर उद्योग बेचेर खानका लागि…
बनेपा: खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई एक लाख ३० हजार नगद घुससहित आज दिउँसो धुलिखेलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । खनाललाई सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार पनौती नगरपालिका–११ स्थित बल्थली बृहत् खानेपानी उपभोक्ता समितिको बोरिङ मेशिन खरीद गरिएको विषयलाई लिएर इन्जिनियर खनाललाई चिनेको सप्लायर्सलाई भेटाइदिन गरिएको आग्रह अनुसार भएको कारोबार रकमको विषयलाई लिएर सो घटना भएको हुन सक्ने जनाएको छ ।
काठमाडौँ: जारी बिश्वकप फुटबलको क्वाटरफाइनलको पहिलो खेलमा फ्रान्सले उरुग्वेलाई २-० हराउंदै सेमिफाइनलको यात्रा तय गरेको छ । फ्रान्सका लागि पहिलो गोल भरानले ४० औं मिनेटमा गरेका थिए भने दोश्रो गोल एन्टोनियो ग्रिजमेनले ६० औं मिनेट गर्दै टोलीलाई जितको बाटो सुनिश्चित गराएका थिए । यो जितसंगै उसको भेट आजै राति हुने ब्राजिल र बेल्जियमबीच हुने खेलको बिजेतासंग हुनेछ । फ्रान्स छैठौं पटक बिश्वकपको सेमिफाइनलमा पुगेको हो ।
काठमाडौँ: मुस्ताङको स्याङबोचेमा भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । मुस्ताङ प्रहरी निरीक्षक राजेन्द्र प्रसाद रेम्गीका अनुसार मृतकको संख्या १९ पुगेको छ र उनीहरुको सनाखत गर्ने कार्य जारी रहेकोले मृतकको विवरण दिन केहि समय लाग्छ । पोखरा: मुस्ताङको स्याङबोचे नजिकैसडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ जना पुरुष र छ जना महिला रहेका छन् , हालसम्म सनाखत भएका मृतकहरु मध्ये — बालकुमारी घर्ती, सुकमान रोका, सुजन घलान, बिन्ति घर्ती, महेश रोका र कमलसिंह रोका रहेका छन् । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको…
बनियानी: गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् । किसानको खेतबाट प्रतिकिलो ६ रुपियाँमा खरीद गरेको गोलभेँडा व्यापारीले ४० रुपैयाँमा बिक्री गरिरहेका छन् । बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा भेटिनुभएका पाँचथर अमरपुरका नवराज उप्रेतीले खेतबाट प्रतिकिलो ६ देखि ८ रुपैयाँ सम्ममा गोलभेँडा बिक्री गरेको बताए । उनले भने, “यसपाली गोलभेँडा पर्याप्त उत्पादन भएको छ, उचित मूल्य पाइएको छैन ।” व्यापारीले विभिन्न बहाना बनाएर किसानलाई उचित मूल्य दिन मान्दैनन् । तरकारी व्यापारी रामभुषण शाह प्रतिकिलो गोलभेँडा ४० रुपैयाँमा बिक्री गरिरहेको बताउछन् । उनले खुद्रा व्यापारीलाई १५ देखि १८ रुपैयाँ…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आमरण अनशनरत डा गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न सार्वजनिक महत्वको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । काँग्रेसले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न उक्त प्रस्ताव आज दर्ता गराएको काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले बताए । चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान विसंगतिलाई समाप्त गरी स्वास्थ्य, शिक्षा र सेवालाई देशका सबै भागमा सर्वसुलभ एवं गुणस्तरीय बनाउन माग राख्दै डा गोविन्द केसीले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आउनुभएको छ । यस सम्बन्धमा विगतमा भएका अध्ययन प्रतिवेदन र विभिन्न समयमा भएका सहमति र सम्झौताका आधारमा…
काठमाडौँ: नागरिक उड्डयन प्राधिकरणले बुध्द एयरको नेपालगञ्ज दिल्लीको उडान तालिका जनवरी १, २०१९ देखि लागु हुनेगरि स्वीकृत गरेको छ । यसअघि बुध्द एयरले नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि दैनिक ३ उडान बिहान ६ः३०, दिउ“सो १ र साँझा ५ः१० बजेका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचारसहित अनुरोध गरेको थियो । यसैक्रममा नेपाल पर्यटन तथा संस्कृति मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुध्द एयरलाई नेपालगञ्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ । बुध्द एयरले उडानका लागि आफ्नोतर्फबाट व्यापक गृहकार्यहरु गरिरहेको प्रेस विज्ञप्तीमा जनाएको छ । दिल्लीमा संसारभरिका एयरलाइन्स र यात्रु पर्यटकहरुको व्यापक आवाजाही हुने गरेको छ । यसैलाई ध्यानमा राखी…
काठमाडौँ: स्थागनपछि पुनः सुचारु गरिएको बैठकमा पनि काँग्रेसका संसदहरुले विरोध जारी राखेपछि अर्को बैठक असार २५ गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको छ । यसअघी, संघीय संसदमा अहिले जारी बैठकमा नेपाली काँग्रेसका संसदहरुले देउवा सरकारले निर्णय गरेको यस अघिको नियुक्ति खारेजीको निर्णयको विरोधमा संसद अवरुद्ध गरेका छन् । काँग्रेसका अधिकांश संसदहरु संसदको आ-आफ्नो सिटबाट उठेर संसदको अन्य काम कारवाही संचालन गर्न नदिएपछि सभामुख कृष्ण बहादुर महराले संसद अहिले आदि घण्टाका लागि स्थगन भएको जनाएका छन् । सभामुखले सदस्यहरुलाई विरोधको स्वरुप नियम संगत नभएको बताए ।
काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै समय माग गरेर नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले वर्तमान सरकारको गतिविधि र कामकारवाही प्रमुख प्रतिपक्ष दलसँग राजनीतिक मुठभेडतर्फ अग्रसर भएको देखिएको बताए । उनले सरकारका यस्ताखाले गतिविधि लोकतन्त्रका लागि शुभसंकेत नभएको बताउँदै तत्कालीन देउवा सरकारले विधिको शासन र कानूनी राज्यको अवधारणाभित्रै रहेर नियुक्तिसम्बन्धी निर्णय गरेकाले राजनीतिक प्रतिशोधका हिसाबले उल्ट्याउने काम नगर्न आग्रह गरे । सांसद देवले भन्नुभयो, “पुष्पलाल र मदन भण्डारीको सहकार्यको संस्कृतिलाई स्मरण गर्नुस्, लोकतन्त्रका लागि ठूलो योगदान दिने…
काठमाडौँ: पन्चकन्यामाई हाइड्रोपावर लिमिटेड सर्वसाधारणका लागि ११ लाख कित्ता प्राथमिक सेयर निष्कासन (आइपिओ) गर्ने भएको छ। पन्चकन्याले यहि श्रावण १ गतेदेखि उक्त प्राथमिक सेयर निष्कासनको तयारी गरेको हो । आवेदन खुला श्रावण ४ गतेसम्म मात्रै रहेको छ। कुल ११ लाख कित्ता मध्ये, ४४ हजार कित्ता सेयर भने उसले आफ्नो कर्मचारीहरुका लागि छुट्याएको जनाएको छ भने पांच प्रतिशत सेयर अर्थात ५५ हजार कित्ता सेयर म्युचियल फन्डका लागि राखेको छ । बाँकी १० लाख एक हजार कित्ता सेयर भने सर्वसाधारणका लागि जारी हुनेछन् । इच्च्युक आवेदकले न्युनतम ५० कित्तादेखि अधिकतम ५५ सय कित्तासम्म आवेदन गर्न सक्नेछन् । आवेदनका लागि सी-आस्वा प्रणाली अनिवार्य…