काठमाडौँ: पन्चकन्यामाई हाइड्रोपावर लिमिटेड सर्वसाधारणका लागि ११ लाख कित्ता प्राथमिक सेयर निष्कासन (आइपिओ) गर्ने भएको छ।
पन्चकन्याले यहि श्रावण १ गतेदेखि उक्त प्राथमिक सेयर निष्कासनको तयारी गरेको हो ।
आवेदन खुला श्रावण ४ गतेसम्म मात्रै रहेको छ।
कुल ११ लाख कित्ता मध्ये, ४४ हजार कित्ता सेयर भने उसले आफ्नो कर्मचारीहरुका लागि छुट्याएको जनाएको छ भने पांच प्रतिशत सेयर अर्थात ५५ हजार कित्ता सेयर म्युचियल फन्डका लागि राखेको छ ।
बाँकी १० लाख एक हजार कित्ता सेयर भने सर्वसाधारणका लागि जारी हुनेछन् । इच्च्युक आवेदकले न्युनतम ५० कित्तादेखि अधिकतम ५५ सय कित्तासम्म आवेदन गर्न सक्नेछन् । आवेदनका लागि सी-आस्वा प्रणाली अनिवार्य गरिएको छ ।
सनराइज क्यापिटल यसको बिक्री प्रवन्धकको काम गर्नेछ । इक्रा नेपालले यस कम्पनीलाई ग्रेड ४ को रेटिङमा राखेको छ । कम्पनीले यस अघि पनि ११ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिक सेयर निष्कासन गरेको थियो । यस आयोजना सन्दकपुर गापा र इलाम नगरपालिकामा पर्दछ । यो आयोजना ९ दशमलव ९८ मेगावाटको परियोजन हो ।
कम्पनीकै अर्को ६ दशमलव एक मेगावाटको अप्परमाई जलाबिध्युत आयोजन लगभग अन्तिम अवस्थामा रहेको छ ।