Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
- वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
- बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
- अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
- रसुवा बाढी : १६२ को शव फेला, हजारौं सम्पर्कविहीन
- रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै, जालान त शीर्ष दलका नेता ?
- भोटेकोसी बाढीको कहर : नुवाकोटको पछिल्लो अवस्था तस्बिरमा
- रसुवामा भीषण बाढी : प्रधानमन्त्री शाहले दिए ६ निर्देशन, बोलाए उच्च स्तरीय बैठक
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: साँढे ३३ किलो सुन तस्करीको अनुशन्धान समितिको म्याद सकिने लाग्दा पुन यस काण्डमा जोडिएका र हालसम्म फरार सूचीमा रहेका रमेश उप्रेती दुबईमा पक्राउ परेका छन् । रमेश यसअघि पक्राउ परेका र यस सुन काण्डका मुख्य आरोपी मानिएका चुणामणि उप्रेतीका सहोदर भाई हुन् । सरकारी अनुशन्धान समितिका संयोजक ईश्वर कुमार पौडेलका अनुसार उनी दुई दिन अघि दुबईमा पक्राउ परेको हो । उनलाई नेपाल ल्याउन सरकारी पहल जारी रहेको पनि उनले बताए । रमेश, एमके अग्रवाल लगायत अन्य केहि फरार सुचीमा रहेका व्यक्तिहरु उपर नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्युरोको अनुरोधमा रेड कर्नर नोटिस जारी गरिएको छ ।
काठमाडौँ : साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । नेप्से परिसूचक आठ दशमलब ११ अंकले बढेर एक हजार २०० अंकमा पुगेको छ । बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको सेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको सेयरमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलब ७६ बिन्दुले उकालो लागेको छ । कूल १७० कम्पनीको छ लाख ६७ हजार ४३४ कित्ता सेयर १९ करोड ३८ लाख २६ हजार ४१० रुपैयाँ मा खरिद बिक्री भएको छ । स्टकका अनुसार नेप्से परिसूचक बढे पनि कारोवार रकम भने आज बढ्न सकेन । बीमा…
सल्यान: सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका–६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो । जाइन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो आकारको शंखेकीराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली आदिमा क्षति पु¥याउन थालेपछि स्थानीय सरकारको पहलमा बरलाको करीब २०देखि २५ हेक्टरमा रहेको शंखेकीरा नियन्त्रण गर्न शुरु गरिएको हो । एक किलो शंखे कीरा संकलन गरेबापत रु ५० दिएर कीरा संकलन गरिएको हो । शारदा नगरपालिकाको आर्थिक सहयोगमा संकलन गरिएको कीरामा आयोडिन नून छर्केर राखिएको छ । आयोडिन नूनले नै उक्त कीरा मर्ने भएकाले यस्तो गरिएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ…
काठमाडौँ : करीब एक महिनादेखि नियमित उठ्न नसकेको काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनका लागि अझै केही दिन लाग्ने भएको छ । नियमित रुपमा फोहर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा फोहर राख्ने स्थानको अभाव हँुदा नियमित फोहर उठ्न नसकेको हो । व्यवस्थापन गर्ने स्थानको मात्र होइन, लैजानका लागि बाटो पनि बिग्रिएको छ । बाटोको मर्मत कार्य र सिसडोलमा पनि थप व्यवस्थापनका लागि प्रयास भइरहेको छ । त्यसका लागि अझै करीब एक हप्ता लाग्ने कामपाले जानकारी दिएको छ । कामपाका सहप्रवक्ता नवराज ढकाल यसपटक अन्य समयमा भन्दा छिटो पानी परेकाले, बाटो खाल्टाखुल्टीसँगै केही स्थानमा पहिरो सडकमा आएर बसेकाले नियमित फोहर व्यवस्थापन हुन नसकेको…
काठमाडौँ: उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने यात्रुलाई आजदेखि दुई घण्टा प्रशिक्षण दिन थालेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आकाशे पुल र जेब्राक्रसिङबाट यात्रुलाई बाटो काट्न सिकाउनका लागि आजदेखि उपत्यकाका १२ स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । “प्रशिक्षणले सडक सभ्यताको विकास हुनाका साथै सडक दुर्घटनामा कमी आउनेछ”, उनले भने । महाशाखाले ठिमी, कोटेश्वर, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, पुरानो बसपार्क, केशरमहल, सिंहदरबार, गौशाला, महाराजगञ्ज, कालीमाटी र जावलाखेलमा प्रहरी निरीक्षकको नेतृत्वमा एक जवान खटाएको छ…
पेरिस: रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ । सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो । दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए । यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो । यसको जवाफमा रुसले पनि मस्कोमा रहेको एक कन्सुलेट अफिस बन्द गराएको थियो । जसका कारण केही…
काठमाडौँ: आर्थिक वर्ष सकिनै लाग्दा देशभर विकासका गतिविधिले गति लिने गरेको छ । यसरी वर्षासुरु भएसंगै विकास बजेट खर्च हुँदा विकास निर्माणका गुणस्तर कस्तो रहला ? यतिबेलाको निर्माण भएका पूर्वाधारमा बालुवामा पानी जस्तै हुने गरेको छ । असारमा बनाइएका पूर्वाधारहरु एक महिना नपुग्दै बिग्रने गरेको यथार्थ हामी सबैले देख्दै भोग्दै आएका छौँ । यो आर्थिक वर्ष पनि विकास निर्माणको कम गत बर्षस्तै भएको छ । चालू आर्थिक बर्षको अन्तिम एक सातामा १० प्रतिशत भन्दा बढी पुँजीगत बजेट खर्च भएको छ । एक सातामा दैनिक लगभग पाँच अर्वबढी विकास बजेट खर्च हुनेगरेको महालेखा नियन्त्रक कार्यालयको दैनिजेटरीक विवरणले देखाउँछ । असार २३…
काठमाडौँ: बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ को धुँवादार कलेक्सन अझै रफ्तारमा छ । अभिनेता रणबीर कपूरको यो फिल्मले वर्ल्ड वाइड पाँच सय करोडभन्दा बढीको कमाई गरिसकेको छ । ट्रेड एनालिस्ट तरण आदर्शको ट्वीटका अनुसार, रिलिजको दोस्रो हप्तामा फिल्मको ग्रस वर्ल्ड वाइड कलेक्सन ५ सय बढी गरेको छ । फिल्मले इन्डियामा नेट बक्सअफिसमा अहिलेसम्म २९५.१८ करोडको कमाई गरिसकेको छ । फिल्मको ओभरसिज ग्रस बक्सअफिस कलेक्सन ३७८.४३ करोड छ । भारत र ओभरसिज कलेक्सन प्लस गर्ने हो भने ‘सञ्जू’ ले प्रदर्शनको दुई हप्तामा कूल ५००.४३ करोड रुपैयाँको कलेक्सन गरेको छ । इन्डियामा ४ हजार र ओभरसिजमा १३ सय स्क्रिनमा फिल्म…
काठमाडौँ: विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अन्ततः इन्गेजमेन्ट गरेका छन् । निकै गोप्य राखिएको सो समारोह शनिवार एक पारिवारिक माहोलकाबीच दुवैले औँठी साटासाट गरी सम्पन्न गरेका छन् । नेपाली सेरियल ‘कथा काठमाण्डू’ को छायांकनको बेलादेखि यी दुई प्रेम सम्बन्धमा परेका थिए । मिडियामा खुल्लम खुल्ला प्रेममा रहेको बताउँदै आएको यो जोडीको इन्गेजमेन्ट समारोहमा कार्की र जोशी परिवारका सदस्यहरुको मात्र उपस्थिति थियो । आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्राममा केहि तश्बिर सेयर गर्दै हुनेवाला बुहारी र छोरालाई बधाई दिएकी छन् । यस्तै, पूर्व मिस नेपाल जेनिशा मोक्तानले पनि औँठी साटेका दुवैलाई बधाई…
रसुवा: विगतमा अध्यागमन कार्यालयबाट जारी भएका नेपाल–चीन केरुङ सीमा परिचयपत्रमध्ये वास्तविक रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार रसुवामा चार आना खरीद गरी बसाइँसराइ गरेर क्षणिक समयका लागि केरुङ जान बनाइएका सबै सीमा परिचयपत्रको आ.व. ०७५/७६ मा नवीकरण रोकी वास्तविक रसुवावासीको मात्र परिचयपत्र नवीकरणको प्रक्रिया अगाडि बढाइदिन अध्यागमन कार्यालयलाई अनुरोध गरिएको हो । केही व्यक्तिको रसुवामा कुनै पनि घर नभएको, सीमा क्षेत्रका बासिन्दाले केरुङ जानका लागि बसाइँसराइ गरेर परिचयपत्र मात्र लिएर अवैध धन्दाको कारोबारमा संलग्न हुँदा जिल्लाको बदनामी भएकाले रसुवागढी नाकाको व्यवस्थापनका लागि वास्तबिक रसुवावासीको पहिचान गरेर मात्र नवीकरण गरिदिन आग्रह…