Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सरकारले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेका नियुक्ती खारेज गरेको छ । २०७४ भदौदेखि केपी ओली नेतृत्वको सरकार गठन हुँदासम्मका सवै नियुक्ती खारेको निर्णय भएको छ । मन्त्रिपरिषद्को बुधबारको बुलेकाको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको हो । ओली नेतृत्वको सरकार फागुन ३ गते गठन भएको थियो । यो हिसावले सात महिनाका नियुक्ती खारेज भएका छन् । नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तगर्तका विभिन्न प्राधिकरण, संस्थान परिषद्, बोर्ड समिति, कम्पनी वैक वा अन्य संस्थामा मन्त्रीपरिषद भएका सवै नियुक्ती खारेज भएको मन्त्रीपरिषद्को निर्णयमा छ…

Read More

पहिलोक्लिक समाचारदाता काठमाडौं ः गएको चार दिनदेखि भएको अविरल वर्षाका कारण देशभरमा हालसम्म २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढी पहिरो तथा विभिन्न प्राकृतिक प्रकोपबाट १८ जिल्ला प्रभावित भएको छ । केन्द्रका उपसचिव शंकरहरि आचार्यका अनुसार हिजो र आज ५ बजेसम्ममा छ जनाको ज्यान गएको जानकारी सरकारलाई प्राप्त भएको छ भने हिजोको ५ बजे अघिसम्म बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या २२ मात्र थियो । बाढी प्रभावित जिल्लाहरुमा कैलाली, बाँके, बर्दिया, दाङ, सर्लाही, सिरहा, पर्सा, मकवानपुर, काठमाडौं, नुवाकोट, काभ्रे, तनहुँ, सिन्धुली, उदयपुर, चितवन, महोत्तरी, रोल्पा र बारा रहेका छन । प्राकृतिक प्रकोपबाट…

Read More

सुर्खेत: मानसरोवर कैलाश पर्वतको तीर्थयात्रामा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ । यात्राका क्रममा असार १७ र १८ गते एक पुरुषसहित दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक सुरतबहादुर चन्दले जानकारी दिए । मृत्यु हुनेमा असार १७ गतेका दिन भारत आन्द्र प्रदेश कोरनुल निवासी पासपोर्ट नं. एम.०९०१३०३ का ५६ वर्षीय विनिता सञ्जय खिदाकर रहेको र उनको मृत्यु चीनको डोरपाकमा भएको प्रहरी नायब निरीक्षक चन्दले बताए । उहाँका अनुसार मृतक खिदाकरको शवपरीक्षण ताक्लाकोटमा गरी निजको छोरा केटन सञ्जय खिदाकरको मञ्जुरीनामा अनुसार मंगलबार हुम्लाको हिल्सास्थित कर्णाली नदीको किनारमा दाहसंस्कार गरिएको छ । त्यस्तै, असार १८ गते भारत…

Read More

काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने आठ बिचौलियालाई पक्राउ गरेको छ । परिसरको टोलीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने झापाका कृष्णप्रसाद थपलिया, अपार रिजाल, किरण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरका प्रकाश तण्डुकार, कन्चन राई, पवन तामाङ र काठमाडौँका बालकृष्ण खत्रीलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले सेवाग्राहीलाई सिधै कार्यालय जान नदिई दश गुणा पैसा लिई काम गरिदिने गरेको गुनासो गरेपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रवक्ता थापाका अनुसार सेवाग्राहीलाई जबर्जस्ती तानिरहेको र कार्यालय जान अवरोध गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध…

Read More

हेटौँडा: प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारको तर्फबाट ‘आर्थिक विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गरे । उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले प्रदेशमा गरिबीको रेखामुनि रहेका प्रत्येक कृषक परिवारले कृषि उत्पादनबाट वार्षिक रु १५ लाखसम्मको आय गर्दा कर छुट दिनुपर्ने सुझाव दिए । बृहत् पशुपालन र कृषि उत्पादनको फार्म सञ्चालन गर्ने व्यवसायीलाई कर दायरामा ल्याउन पनि उनीहरुले माग गए । सदस्यहरुले घरजग्गा बहाल कर र उद्योगबाट उत्पादित सिमेन्टलगायत अन्य वस्तुको अन्तःशुल्क शीर्षकमा करको दायरालाई फराकिलो पारी राजश्व वृद्धि गर्न सुझाए । विभिन्न फर्म, उद्योग र विज्ञापन एजेन्सीलाई एकद्वार…

Read More

काठमाडौँ: राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकूद बिहीबारदेखि शुरु हुँदैछ । प्रतियोगितामा पुरुष÷महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी चार खेलमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत शारङ्गीन निरौलाले जानकारी दिए । भलिबलमा दुई, ब्याडमिन्टन र टेबलटेनिसमा चार–चार तथा बुद्धिचालमा एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । अधिकृत निरौलाका अनुसार तीनदिने प्रतियोगितामा आठ विश्वविद्यालयबाट २५६ खेलाडी सहभागी हुनेछन् । भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय तथा टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न रु करीब ३५ लाख खर्च हुनेछ ।

Read More

ललितपुर: गोरखास्थित पालुङटार नगरपालिका–७ का किसान राजेन्द्रराज पन्त यस वर्षको सर्वाेत्कृष्ट किसानका रुपमा पुरस्कृत भएका छन । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्थापना गरेको ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ आज उनलाई प्रदान गरिएको हो । पुरस्कार कदरपत्रसहित दुई लाख राशिको हो । त्यसैगरी चितवनका बाख्रापालक किसान योगेन्द्रबहादुर खड्का, बाँकेका च्याउ खेती गर्दै आउनुभएका लालबहादुर सुनार, धनुषाका माछा उत्पादक किसान बौएलाल मुखिया र कैलालीका केरा खेती गर्दै आउनुभएका रामबहादुर कुँवर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् । उनिहरु चारैजनाले प्रमाणपत्रसहित एक÷एक लाख रुपैयाँ प्राप्त गरे । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा पछिल्लो समयमा केही सुधार देखिएको…

Read More

काठमाडौँ: न्याय परिषद्को आजको बैठकले राजश्व न्यायाधिकरण काठमाडौँमा रिक्त कानून सदस्य एवं अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश किशोर सिलवाललाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ । संविधानको धारा १४३ बमोजिम सिलवाललाई सो पदमा तोक्न सरकारलाई परामर्श दिने निर्णय भएको हो । बैठकबाट उच्च अदालतका विभिन्न १७ न्यायाधीशको काज बिदा समर्थनको पनि निर्णय भएको परिषद्ले जनाएको छ ।

Read More

काठमाडौँ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष राज कंडेलले नेपालको समृद्दी र बिकासको लागि नीजि क्षेत्रसंगको सहकार्य र साझेदारिता समृद्दीको यात्रामा सुरु देखि अन्त्य सम्म हुनुपर्ने बताएका छन् कुरा उल्लेख गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसंग भाबि योजनाबारे छलफल गर्दै उनले सो कुरा बताएका छन् । नेपालको बिकासबारे नीजि क्षेत्रको धारणा लिने क्रममा उनले भने, “नीतिगत, योजनागत र कार्यन्वयन लगाएत सबै तहमा हुने नीजि क्षेत्रसंगको सहकार्यले सार्थक परीणाम निस्कन्छ ।“ सोहि क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको बिकासको लागि लगानी प्रधान कुरा भएको र स्वदेशी पूंजीको उचित परिचालनको…

Read More

काठमाडौँ : पछिल्लो केहि दिनदेखि अमेरिकी डलरसँग नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । नेपाल राष्टबैंकले मंगलबारका लागि जारी गरेको डलरको खरीद तथा बिक्री दर हालसम्मकै उच्च बनी नयाँ किर्तिमान कायम भएको हो । केन्द्रीय बैंकले मंगलबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११०.३७ रुपैयाँ र खरीद दर १०९.४४ रुपैयाँ र बिक्री दर ११०.०४ रुपैयाँ तोकेको थियो । तर आज केन्द्रीय बैंकले बुधबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११०.०३ रुपैयाँ तोकेको छ जुन मंगलबारको तुलनामा ३५ पैसाले कमि हो । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायण पौडेलले बताए । डलरको मूल्य घटबढ…

Read More