Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पहिलोक्लिक सम्बाददाता काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताएका छन् । विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले दूरसञ्चार क्षेत्रको पूर्वाधार विकास गर्न जरुरी भएकाले मोबाइल इन्टरनेट केही महँगो भएपनि आगामी दिनमा त्यसलाई सस्तो बनाउँदै लैजाने बताएका हुन् । आपत्कालीन अवस्थामा सूचना तथा सञ्चार क्षेत्रको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री बाँस्कोटाले जोखिमका समयमा सूचना व्यवस्थापनमा मन्त्रालय सदैव तयार रहन्छ उनले भने । सूचना तथा सञ्चार प्रविधि अध्ययन गर्ने विद्यार्थीका लागि जागिर उपलब्ध गराउने विषयमा…

Read More

काठमाडौँ: प्रहरीले यसअघि चर्को मूल्यमा पैसा ब्याजमा लगाउँदै ठगि धन्दामा सक्रिय रहँदै आएका ‘मिटरब्याजी’ महेश बहादुर सिंहसँग रहेको छ थान हात-हतियार प्रहरीले जफत गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार सिंहले आफ्नो व्यक्तिगत सुरक्षा लागि भनेर राहेको हतियार ‘समाजमा त्रास उत्पन्न गराउन र अवैध काममा प्रयोग हुन थालेको’ सूचना प्राप्त भएपछी ईजाजत पत्र रद्ध गरेर हतियार बरामद गरिएको हो । महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहका अनुसार सिंहको साथबाट प्रहरीले ‘बाह्र बोर सटगन’, ४ थान ‘बाईस बोर राईफल’ र एकथान ‘१२ बोर सटगन’ तथा १३६ राउण्ड गोली बरामद गरिएको हो । उनी मकवानपुरको हेटौंडा स्थायी घर भएर ललितपुरको भनिमण्डलमा स्थायी…

Read More

भीमदत्तनगर: घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिए । “बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन् ।” घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ऐरले भने, “खेतमै श्रीमतीको टाउकोमा हिर्काएको देखियो ।” केशव कार्की सशस्त्र प्रहरीका जागिरे रहेको उनले बताए । हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पु¥याइएको छ । प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार हत्या…

Read More

डडेल्धुरा: लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गाँजा फँडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्लाका विभिन्न क्षेत्रमा रहेको ३७ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरी नष्ट गरेको जनाएको छ । गाँजा सेवनका कारणले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै आपराधिक क्रियाकलाप पनि हुने गर्दछ । जिल्लाका विभिन्न स्थानमा गरी करीब ३७ रोपनी क्षेत्रफलमा फैलिएको गाँजालाई फँडानी गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी गराए । लागुऔषध नियन्त्रण तथा टोलटोलमा प्रहरी भन्ने अभियान र लागुऔषध दुरुपयोग तथा नियन्त्रण कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिकाका विभिन्न वडामा पुगी सर्वसाधारणलाई जनचेतना मुलुक कार्यक्रमसमेत…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको छदिने औपचारिक चीन भ्रमणका बारेमा जानकारी दिँदै उनले सरकारको प्रमुख कार्यसूचीका रुपमा रहेको आर्थिक समृद्धिलाई अगाडि बढाउन चीन सरकारसँग महत्वपूर्ण कुराकानी भएको जानकारी दिए । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङ, समकक्षी लि खछ्याङ, चिनियाँ जनकंग्रेसका प्रमुख तथा तिब्बत सरकारका प्रमुखसँग भेटवार्ता भएको उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको दिशामा भ्रमणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । हिमालय वारपार…

Read More

काठमाडौँ : कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ । कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ । हाल कामपामा ८० हजार घरपालुवा २२ हजार सामुदायिक कुकुर रहेको तथ्यांक छ । कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फेसल कोलीफर्म ब्याक्टेरिया हुने र उक्त जीवाणु मानव जीवनका लागि अत्यन्तै हानिकारक हुने भएकाले घरपालुवा कुकुरलाई घरको निश्चित स्थानमा नै दिसा गराउन महाशाखाले आग्रह गरेको हो । अहिले धेरै घरपालुवा कुकुरलाई घर बाहिरको…

Read More

काठमाडौं: आफ्नो छ दिने चीन भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदलाई जानकारी गराउँदैछन् । बिहान ११ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा ओलीले चीन भ्रमणबारे जानकारी गराउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । ओलीले सोमबार नै संसदमा सम्बोधन गर्ने तयारी गरिए पनि कार्यव्यस्तताको कारण देखाउँदै मंगलबारलाई सारिएको थियो ।

Read More

अच्युत रेग्मी काठमाडौँ: मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ । दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने कामनपा वडा नं २६ मा पर्ने ठमेल क्षेत्र बर्खा लागेसँगै बाटोमा परेको पानीका कारण कुरुप बन्दै गएको हो । एक दशकदेखि ठमेलको क्वावहालमा मालाको व्यवसाय गर्दै आएका ओखलढुङ्गाका भेषबहादुर गुरुङ ठमेलबाट असन जाने बाटोमा ढल निर्माण गर्न जथाभावी खनेकाले व्यवसाय घटेको बताउँछन् । “केही महिना अगाडि मेलम्चीको पानी आउने भनेर बाटो खनियो, अहिले फेरी ढल निर्माणका लागि बाटो खन्दा समस्या परेको छ,”–उनले भने । बाटोमा परेको खाल्डाखुल्डीका कारण विदेशी पाहुनालाई हिँड्न समेत समस्या परेको उनको भनाई छ…

Read More

बागलुङ : भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो । पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताए । इलाका प्रहरी कार्यालय, बरेङको प्रहरी टोली र स्थानीयवासी बिहानैदेखि उद्धारमा खटिएका थिए । घरसँगै गोठ पनि पहिरोले बगाएको जनाइएको छ । मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा…

Read More

लिबाङ, रोल्पा: रोल्पामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो । २०७४ चैत २९ गते गंगादेव गाउँपालिका–४, सालेकुञ्जका ३१ वर्षीय दीपेन्द्र बस्नेतले आफ्नै ससुरा बुबाको बञ्चरो प्रहार गरी हत्या गरे । यसरी आफ्नै ज्वाइँको बञ्चरो प्रहारबाट सोही गाउँपालिका–४ तिखेचुलाका ५२ वर्षीय नरसिंह थापाले अनाहकमा ज्यान गुमाउनु प¥यो । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार मदिरा सेवन गरी छोरीलाई कुटपिट गरेको खबर पाएपछि छोरीको अवस्थाका बारेमा बुझ्न गएका थापालाई आवेसमा आई उनका ज्वाइँ…

Read More