Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ऊर्जा र जलस्रोतमा ३२ बुँदे सुधार योजना: मन्त्री श्रेष्ठद्वारा समयसीमासहित निर्देशन
- सर्वोच्चले अदालतले भन्यो- पूर्वमन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्नू
- सरकारले सार्वजनिक गर्यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा
- डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
- अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, महासचिवमा घिमिरे
- चालु आर्थिक वर्षको ८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स
- फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँमा कारोबार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले काठमाडौँ, भक्तपुर र ललितपुरमा सामाजिक, राजनैतिक र बिरोधका कार्यक्रम गर्न सिमित क्षेत्र बाहेक अन्य ठाउमा पूर्णरुपमा निषेध गरेको छ । गृह मन्त्रालयले काठमाडौँ र ललितपुरमा छ/छ ठाउँ र भक्तपुरमा एक ठाउँमा सामाजिक, राजनैतिक र बिरोध कार्यक्रम गर्न पाउने व्यवस्था गरेको जानकारी दिएको छ । सरकारले मईतिघर मण्डलालाई कुनै पनि राजनैतिक, सामाजिक र बिरोधका कार्यक्रम गर्न पूर्णरुपमा निषेध गरेको छ । सरकारले तोकेको काठमाडौँका खुला क्षेत्रहरु १. खुला मंच २. सानो गौचरन ३. पेप्सीकोला खेल मैदान ४. लैनचौर खेल मैदान ५. शिफल चौर, गौशाला ६. भगबस पाउ स्वयम्भू ७. तिनकुने क्षेत्र
चितवन: नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न आज चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो । राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार एक जोडी गैंडा असार २८ गते चिन पठाउने तयारी गरिएको छ । गैँडा पठाउनका लागि खोर निर्माण भइसकेको छ । खोरको बाहिरी भागमा फलाम र भित्री भागमा काठको फल्याक राखिएको छ । चिनियाँ टोलीले काठलाई सिजनिङ गर्नुपर्ने जनाएपछि त्यसको तयारी गरिएको छ । गैँडा लैजानका लागि तीन मिटर लम्बाइ, एक दशमलब…
मलेखु: उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साइस्वाराँ र चिउरीखर्कमा गएराति पहिरो जाँदा दुई घरका पाँचजनाको ज्यान गएको छ । अबिरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा सत्यदेवीको साइस्वाराँका राजु गोलेको घर पूर्णरुपमा क्षति पुगेको छ । घटनामा राजुकी श्रीमती ३६ वर्षीया बसोधा गुरुङ, छोरी १० वर्षीया लक्ष्मी गुरुङ र ५ वर्षीया सरस्वती गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं रामबहादुर केसीले जानकारी दिए । पहिरोमा गोले सकुशल छन् भने छोरा १२ वर्षीय विकास घाइते भएकाले स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि सदरमुकामतर्फ ल्याइँदैछ । यसैगरी, सोही गाउँपालिका–४ चिउरीखर्कमा घरमाथिबाट आएको पहिरोले शमशेर घलेको घर पहिरोले पुरेको छ…
काठमाडौँ : आज बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ सदरमुकाम धादिङबेँशी केन्द्रबिन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, चितवन र राजधानीमा समेत महसुस गरिएको थियो । विसं २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको प्रमुख अधिकारीले बताए ।
काठमाडौं: राष्ट्रिय धोजा बाहक नेपाल वायुसेवा निगम (एनएसी) ले पहिलाेपटक वाइडबडी एअरबस विमान नेपाल भित्र्याएको छ । ‘अन्नपूर्ण’ नाम दिइएको‘ए ३३०–२००’ सिरिजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । अन्नपूर्णले आगामी अगस्ट १ बाट व्यवसायिक उडान सुरु गर्ने योजना रहेको निगमले जनाएको छ । पूजाआजा गरेर विमानको स्वागत गरिएको छ। विमानस्थलमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा नेपाल एयरलाइन्सका अधिकारी उपस्थित भएर विमानको स्वागत गरेका थिए। निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । एनएसीले नेपाल सरकारको ग्यारेन्टीमा जहाज खरिदका लागि आवश्यक रकम सञ्चय कोष र नागरिक लगानी कोषसँग १२/१२ अर्ब रुपैयाँ ऋणमा लिएको…
संखुवासभा: संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा आज बिहान भिरको दुलामा छिरेका पाँचजनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ । सोही कार्यमा संलग्न भई बेहोस अवस्थामा भेटिएका बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई उद्धार गरी तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ । हराएका एकजनाको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक हेमन्तविक्रम राणाले जानकारी दिए ।
नुवाकोट: अविरल वर्षासँगै आएको पहिरोले रसुवामा आज साँझ मालवाहक कन्टेनर र जिप बगाएको छ । पासाङ ल्ह्यामु राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्डअन्तर्गत कालिका गाउँपालिका–१ स्थित राम्चेमा वर्षासँगै आएको पहिरोले मालवाहक कन्टेनर र जिप बगाएको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरतकुमार थापाले जानकारी दिए । चीनको केरुङबाट स्याउ लिएर काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७५९० नंको कन्टेनर र नुवाकोटबाट धुन्चे जाँदै गरेको बा १५ च २७३५ नंको जिपलाई पहिरोले बगाएकाले उद्धारको प्रयास भइरहेको उनले बताए । उनका अनुसार पहिरोले सडक अवरुद्ध भएपछि रोकिएका उक्त दुई गाडी बगाएपनि त्यसमा सवार यात्रु ओर्लिएको समयमा परेकाले सबैजना सुरक्षित रहेका छन् । पहिरोले सडक अबरुद्ध…
काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले स्रोत नखुलेको रु २० लाख नगद र एक थान मोबाइलसहित काठमाडौँ तारकेश्वरका ७२ वर्षीय बालकृष्ण भण्डारीलाई आज दिउँसो सोह्रखुट्टेबाट पक्राउ गरेको हो । प्रहरीले हुण्डी कारोबारको रकम लिई आउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ भण्डारीलाई आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
काठमाडौँ: सन् २०१४ को बिश्वकप फुटबलको डिफ़ेण्डिङ च्याम्पियन जर्मनी २०१८ को बिश्वकपबाट बाहिरएको छ । समूह एफ अन्तर्गतको पहिलो चरणको अन्तिम खेलमा आज जर्मनी दक्षिण एसियाली पावरहाउस दक्षिण कोरियासंग २-० गोल अन्तरले हर्न पुग्दा उ समूह चरणबाटै बाहिरिएको हो । उता आजै भएको सोहि समयको खेलमा स्विडेनले समूह तालिकाको अग्र स्थानमा रहेको मेक्सिकोलाई ३-० गोल अन्तरले हराउन पुग्दा पनि जर्मनीको जित्ने पर्ने खेलमा झन् हार्न पुग्दा जर्मनीको घर फिर्ती यात्रा झन् बलियो भयो र अन्तत: कोरियासंगै घर जानु पर्यो ।
बैंकक: अविरल वर्षा र बाढीका कारण उत्तरी थाइल्याण्डको एक खोला किनारमा फसिरहेका बालबालिकालाई बुधबार पनि निकाल्न सकिएको छैन । उनीहरु गएको शनिबारदेखि खोला किनारभन्दा केही माथि रहेको गुफामा फसेका छन् । फुटबल खेल्न गएका १२ जना बालबालिका भारी वर्षाका कारण खोला बढेपछि घर फर्किन सकेका छैनन् । निकै अप्ठेरो ठाउँमा उनीहरु फसिरहेका छन् । उनीहरुको उद्दार कार्य जारी नै रहेको छ तर अविरल वाढीका कारण यो सम्भव हुन सकिरहेको छैन । उद्दार कार्य बुधबार पनि जारी रहेको अधिकारीहरु बताउँछन् । तर परिणाम आज पनि निराशाजनक भएको उद्दारमा खटिएका अधिकारीहरुले बताएका छन् । अर्काे गाउँमा फुटबल हेर्न पुगेका ती बालबालिका साँझ…