Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पेट्रोलको मूल्य २०, डिजेलको ३० र ग्यासको १०० रूपैयाँले घट्यो
- ३ महिनापछि बढ्यो ग्लोबलको कारोबार र मूल्य, अन्य बैंकको के छ अवस्था?
- विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
- जेनजी आन्दोलनमा आदेश दिने र गोली चलाउने सुरक्षाकर्मीलाई फौजदारी कसुरमा कारबाही नहुने
- पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्स पराजित, मोरक्को अन्तिम १६ मा प्रवेश
- आज र भोलि भारी वर्षाको सम्भावना, अति जोखिमयूक्त ठाउँमा सतर्कता अपनाउन विभागको चेतावनी
- एकैदिन ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य
- दिउँसो र राति यी स्थानमा वर्षाको सम्भावना
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
काठमाडौँ: पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद प्रक्रियामै विवाद भई रोक्का भएको नेपाल आयल निगमको जग्गा फुकुवाका लागि पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले संसदीय समितिसमक्ष आग्रह गरेका छन् । प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “निगमले किनेका जग्गा फुकुवा गर्नुप¥यो, पेट्रोलियम पदार्थ भण्डारणका लागि समस्या छ ।” पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्प र ओसार–पोसार गर्ने ट्याङकरका एकाधिकार अन्त्य गरिने दृढता व्यक्त गर्दै मन्त्री यादवले ट्याङकर र पम्प सञ्चालनका लागि अनुमति लिने कार्यलाई पारदर्शी बनाउन आवश्यक परेमा गोलाप्रथाका आधारमा छिनोफानो गरिने जानकारी दिए । उद्योग क्षेत्रमा धेरै लामो समयदेखिको बेथिति हटाएर…
काठमाडौँ: संचार तथा सूचना प्रविधि मन्त्रालयले पटबाट हटाएपछि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी पुनर्बाहालीको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । आफू प्रतिस्पर्धाबाट नियुक्त भएको भन्दै सरकारले आफ्ना मान्छे भर्ती गर्नका लागि आफूलाई हटाएको भन्दै नयाँ प्रबन्ध निर्देशकको नियुक्ति रोक लगाउन रिट निवेदनमा माग समेत गरेकी छन्। नेपाल टेलिकमको इतिहासमै पहिलोपटक २०७३ असोजमा खुल्ला प्रतिस्पर्धाबाट उनी प्रबन्ध निर्देशक बनेकी थिइन्। गत मंगलबारको मन्त्रिपरिषदको बैठकले कामिनीलाई टेलिकमको प्रबन्ध निर्देशकबाट हटाउने निर्णय गरेको थियो। कामिनीको टेलिकमले देशभर फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरेकोलगायतका विषयमा स्पष्टिकरण सोधेको थियो।…
काठमाडौँ: प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा गोविन्द केसीसँग छलफल गर्ने भएको छ । समितिको आजको बैठकले विधेयकका बारेमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिए। यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षामा विपन्न तथा गरीबका लागि विशेष व्यवस्था गरेर पहुँचको सुनिश्चित गरिने प्रतिबद्धता जनाए । उनले भने, “शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक कायम गर्ने विषयमा विधेयकमा पर्याप्त ध्यान दिइने छ, सामाजिकरूपमा पछि परेकालाई न्याय दिने विषयलाई…
एजेन्सी: बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले आफ्ना अमेरिकी प्रेमी निक जोनससँग शनिबार एक बिशेष समारोह पारेर इन्गेजमेन्ट गरेकी छिन्। इगेजमेन्टका लागि निकका बाबुआमा भारत नै आएका थिए । इन्गेजमेन्ट भारतीय परम्पराअनुसार गरिएको विभिन्ना समाचार स्रोतले जनाएको छ । पार्टीमा थुप्रै बलिउड सेलिबि्रटीहरुलाई निम्तो थियो । तर, केही सेलिबि्रटी मात्र उपस्थित भएन । प्रियंकाका पूर्व प्रेमी मानिएका शाहरुख खान पार्टीमा आएनन् । यसैगरी अमिताभ बच्चन, आमिर खान र सलमान खान पनि आएनन् । सलमानकी बहिनी अर्पिता आफ्ना श्रीमानलाई लिएर पुगेकी थिइन् । नायिका आलिया भट्ट पनि पुगेकी थिइन् । प्रियंकाकी सहोदर बहिनी परिणिती चोपडा पनि पार्टीमा सहभागी थिइन्। ३६ वषिर्या प्रियंकाले…
सिड्नी: फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ । फिजीका अधिकारीहरुले अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिएका छन् । स्थानीय समय अनुसार राति १२.१९ बजे राजधानी सुभादेखि ३६१ किलोमिटर टाढा पर्ने ठाँउमा भूकम्प गएको हो । भूकम्पपछिका परकम्पहरु पनि आइरहेका अधिकारीहरुले जनाएका छन् । भूकम्पले सबैभन्दा बढी असर भिटी लाउ पहाडी क्षेत्रमा परेको छ । त्यसैगरी इन्डोनेसियाको लोम्बोक वरपर पुनः भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार बिहान ४ बजेतिर ६.३ रिक्टर स्केलको भूकम्प गएको हो । गत…
काठमाडौँ: हिन्दु नारीहरुको सांस्कृतिक पर्व तीज नजिकिँदै जाँदा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढी रहेको छ । तीजका गीतहरु सार्वजनिक गर्ने कलाकारहरुको भीडमा सञ्चारकर्मी सिर्जना थापा (खनाल) पनि उभिएकी छन् । लोक गायिका थापाले तीजको कोशेली स्वरुप माइतीको आगनी बोलको तीज गीत दर्शक तथा स्रोता माझ लिएर आएकी छन् । ‘माइती घरको आँगनी’ बोलको तीज गीतमा ढल्की–ढल्की नाचौँ भन्दै नव गायिका थापाले ल्याएको गीत दर्शक–स्रोतले युट्युबमा समेत हेर्न सक्ने छन् । गायिका थापाको आफ्नै स्वर, शब्द र संगीत गरेको गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो । तीजमा माइत जान पाउँदाको खुशीलाई गायिका थापाले गीतमार्फत प्रस्तुत गरेकी छन् । गीतको भिडियोलाई…
नुवाकोट: बाढीले गए राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन् । पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले भत्काएपछि तीर्थयात्री मारमा परेका हुन् । पुल बगाएपछि रसुवासँगको यातायात सम्पर्क टुटेको छ । बाढीले पुलको रसुवापट्टिको सडक १० मिटर बगाएको छ । रसुुवालाई काठमाडौँसँग जोड्ने सडक अवरुद्ध भएपछि तीर्थयात्री बाटोमै अलपत्र परेका छन् । अहिले गोसाइँकुण्डमा जनैपूर्णिमा मेला लागेको छ । मुलुकका विभिन्न ठाउँबाट तीर्थयात्री मेला भर्न यहाँ आएका छन् । सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । रसुवा जाने वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेँशीसमेत पहिरोले बगाएपछि अवरुद्ध छ…
काठमाडौँ: काठमाडौँको कालिमाटी तरकारी तथा फलफूल बजारमा आज च्याउ ब्यापारीहरुले भारतीय च्याउले नेपाली बजार बिगारेको भन्दै आन्दोलनका कार्यक्रम गरेका छन्। उनीहरुले नेपाली च्याउको माग नेपाली कृषकहरुबाटै परिपूर्ति हुने भन्दै बजारमा आएका भारतीय च्याउको विरोध गरेका हुन् । च्याउ व्यवसायी धन बहादुर घलेले पहिलोक्लिकलाई बताए अनुसार हाल नेपाली बजारमा भारतीय च्याउको बोल्बोलाई भएको छ र उनीहरुले नेपाली च्याउको बजार समेत षड्यन्त्र पूर्वक बिगारेका छन् । “नेपाली बजारमा भारतीय च्याउ ल्याउन र विक्री वितरण गर्न कदापी दिनुहुन्न, यो नेपाली कृषक र व्यवसायीमाथि सरासर अन्न्याय हो,” घलेले भने। व्यवसायीहरुले सरकारसामु च्याउ विकास बोर्डको गठन र प्योरकल्चर ल्याबको स्थापन लगायतका माग समेत गरेका छन्…
काठमाडौं : नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को सोमबारबाट ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला हुँदैछ । बैंकद्वारा जारी सूचना अनुसार उसले २ः१ अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता सेयर बिक्री गर्न लागेको हो । हकप्रद सेयर भर्ने म्याद असोज ७ गतेसम्मका लागि छुट्याइएको छ । हकप्रद भर्नका लागि साउन १४ गतेसम्म कायम सेयरधनी (सेयरधनी दर्ता किताव भरेका) मात्रै योग्य रहनेछन्। लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको प्रधान कार्यालयका साथै यसका सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । बैंकले हकप्रद बिक्रीबाट…