Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ३ महिनापछि बढ्यो ग्लोबलको कारोबार र मूल्य, अन्य बैंकको के छ अवस्था?
- विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
- जेनजी आन्दोलनमा आदेश दिने र गोली चलाउने सुरक्षाकर्मीलाई फौजदारी कसुरमा कारबाही नहुने
- पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्स पराजित, मोरक्को अन्तिम १६ मा प्रवेश
- आज र भोलि भारी वर्षाको सम्भावना, अति जोखिमयूक्त ठाउँमा सतर्कता अपनाउन विभागको चेतावनी
- एकैदिन ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य
- दिउँसो र राति यी स्थानमा वर्षाको सम्भावना
- प्रतितोला ५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माण आर्थिक वर्ष २०७४/७५ मा आशालाग्दो भएको निष्कर्ष निकालेको छ । गत आवमा भएका प्रगतिको समीक्षा गर्न आज प्राधिकरणले आयोजना गरेको कार्यक्रममा सचिव अर्जुनकुमार कार्कीले पुनःनिर्माणको प्रगति राम्रोसँग अघि बढिरहेको बताए । “आव २०७४/७५ पुनःनिर्माणका लागि आशालाग्दो र आव २०७५/७६ मा अझ बढी प्रगति हुने विश्वास छ, चालु आवमा निजी आवास पुनःनिर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य पूरा गर्न सबैले मेहनत गर्नुपर्छ”, उनले भने भ। पुनःनिर्माणलाई प्रभावकारी ढंगले अगाडि बढाउन र जनताको सुविधालाई प्राथमिकतामा राख्न स्थानीय सरकारलाई बढी जिम्मेवार एवं सहभागी गराइने सचिव कार्कीको प्रतिबद्धता थियो । प्राधिकरण कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्माले गत वर्षजस्तै यस…
काठमाडौँ :सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई १० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालको विकासमा बैंकको साझेदारी एवं सहायतामा केन्द्रित रहेर मंगलबारदेखि बैंकको प्रधान कार्यालय वासिङ्टन डिसीमा जारी बैंकको बोर्ड बैठकले वित्तीय क्षेत्रमा मध्यमकालीन सुधार कार्यक्रम कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई प्रदान गर्न स्वीकृति दिएको हो । बैठकमा नेपालका आवश्यकता तथा पाँच वर्षे साझेदारी ढाँचा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले नेपाली जनतालाई सुशासन, न्याय, सुरक्षा, आधाभूत सेवा प्रवाह गर्न तथा संघीयतातर्फको नेपालको यात्रालाई सघाउन साझेदारी रणनीति उपयोगी हुने बताउनुभएको विश्व बैंकले जनाएको छ ।…
काठमाडौँ: प्रहरीको इन्काउन्टरमा मारिएका दुई तामाङ परिवारका सदस्यहरुले आज राष्ट्रिय मनाव अधिकार आयोगमा उजुरी दिंदै आफ्नो छोराहरु निर्दोस रहेको बताएका छन्। काठमाडौं काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । करिव दुई दर्जन समर्थकरुसहित तामाङका परिवार आयोगको केन्द्रिय कार्यालय दिउसो १२ बजे पुगेका थिए। गोपालका बुवा शुकराम तामाङ र आमा छिन्दोम तामाङ तथा अजयका बुवा निमा तामाङले बुधवार ललितपुरको हरिहरभवनस्थित मानवअधिकार आयोगको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन् । उजुरी दर्ता गराउने क्रममा अजयका बुवा निमा तामाङले आफ्नो…
काठमाडौँ: साताको पहिलो दिन आइतबारदेखि निरन्तर घटिरहेको सेयर बजारमा आज पनि गिरावट आएको छ । नेप्से परिसूचक बुधबार शुन्य दशमलब ८९ अंकले घटेर १ हजार १८७ दशमलब ३२ अंक कायम भएको छ । आइतबार नेप्से आज एक दशमलब ४३ अंक, सोमबार शुन्य दशमलब २१ अंक, मंगलबार १ दशमलब ४६ अंकले घटेको थियो । आजको कारोबारमा जीवन बीमा २२ दशमलब ३६ अंक, उत्पादन मूलक समूह ९ दशमलब २३ अंक, निर्जीबन बीमा ४ दशमलब २१ अंक र बाणिज्य बैंक १ दशमलब ५७ अंकले घटेका छन् । यधपी, होटल, जलबिधुत र अन्य समूहको परिसूचक क्रमश: ३७ दशमलब ४६ अंक, २ दशमलब २८ अंक…
अमेरिका, वाशिङ्टन डिसी: अर्थमन्त्री डा युवराज खतिवडाले सन् २०२२ मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको छन् । विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई मङ्गलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा जानकारी गराए । उनले नेपालले आर्थिक विकासको लागि लिएको रणनीतिको बारेमा जानकारी गराउँदै ‘‘दिगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध छ’’ भने । विश्व बैंकसँग आगामी पाँच वर्षे लगानीको ढाँचा पारित गर्न अनुरोध गर्दै अर्थमन्त्री डा खतिवडाले विश्व बैँकसँगको सहकार्यले नेपालको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त…
काठमाडौं: निशान खड्काको अपरहणपछि हत्या गरिएका प्रतिवादी अजित तामाङ र गोपाल तामाङका परिवारले बुधबार राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । उनका परिवारले आफ्ना छोराहरुको प्रहरी इन्काउन्टरमा मृत्यु भएको नभई गैर-न्यायिक हत्या गरिएको भन्दै हत्या संलग्न प्रहरीलाई कारवाहीको माग गर्दै उजुरी दिएका हुन् । उनीहरुले घटनाको सत्य तथ्य छानबिनका लागि आयोगसमक्ष आग्रह गरेका छन् । गएको सोमबार निशान खड़काको अपहरणपछि तामाङ द्वयले भक्तपुरको नगदेशमा बालक खड्काको हत्या गरी फरार रहेका थिए। प्रहरीले बालकको शव फेला पारेको केहि घण्टामा नै अपहरणकारी भक्तपुरको सूर्यविनायक नजिकको जंगलमा प्रहरीको मुठभेडमा परी मृत्यु भएको भन्दै बिज्ञप्ती जारी गरेको थियो ।
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ । मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ । कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार उक्त कार्य अहिले ठमेलबाट शुरु गर्ने र अन्य स्थानमा पनि आवश्यकताअनुरुप विस्तार गरिनेछ । “काठमाडौँ उपत्यकाको सवारी साधनबाट हुने गरेको बढ्दो प्रदूषण नियन्त्रण गर्न पनि यस किसिमको व्यवस्था जरुरी भइसकेको छ,” प्रमुख थापाले भने । चालु आवमा मात्रै कामपाले साइकल लेन निर्माणका लागि एक करोड बजेट छुट्याएको छ ।…
काठमाडौँ: साँढे चार महिनाअघि मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठलाई सांघातिक आक्रम गरी ज्यान लिन प्रयास गर्ने योजनाका मुख्य फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका-३ घर भई हाल भक्तपुर नगरपालिका-१० कालोपाटी बस्ने ५१ वर्षीय टेकबहादुर के.सी.रहेका छन् । उनलाई प्रहरीले मंगलबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनी विरुद्द ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा दायर गर्ने जनाएको छ । मेयर अमात्यमाथि गत बैशाख ८ गते आक्रम भएको थियो । फरार प्रतिवादी के.सी.लाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-१० कालोपाटीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ: विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र विक्री गर्नेलाई अब ५ बर्षसम्म कैद हुने भएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याउनेलाई कारवाही व्यवस्था गरिएको हो । यसअघि उपभोक्तालाई गुणस्तरहीन वस्तु उत्पादन र विक्रि गर्नेले छुट पाउँदै आएका थिए । संविधानका मौलिक हकअन्र्तगत रहेको उपभोक्ताको हक कार्यन्वयनका लागि ल्याउन लागिएको विधेयकमा तोकिएको गुणस्तरभन्दा घटी वा बढी भएको कुनै वस्तु र सेवा उपभोग गरेर उपभोक्तालाई नोक्सानी भएमा कसुर गरेको मानिने उल्लेख छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
काठमाडौँ: राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो । त्यो एसएमएस ! अपहरणकारीबाट बालकलाई बचाउन भन्दै प्रहरी परिसर काठमाडौंले चालेको एउटा कदम पनि शंकाको घेरामा परेको छ । फिरौती माग्न अपहरणकारीले प्रयोग गरेको मोबाइल नम्बर पाउनेबित्तिकै प्रहरी परिसर काठमाडौंको आधिकारिक नम्बरबाट अपहरणकारीको मोबाइलमा एउटा सन्देश पठाइएको थियो । अपहरणकारीको मोबाइल अफ भएका कारण उक्त एसएमएस टेलिकम सिस्टममा ‘पेन्डिङ’ मा बसेको थियो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । सोमबार अपहरणकारी मारिएपछि…