Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दिउँसो र राति यी स्थानमा वर्षाको सम्भावना
- प्रतितोला ५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य
- भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडको भूकम्प, आपतकाल घोषणा
- आर्थिक गतिविधि विस्तारमा केन्द्रित मौद्रिक नीति ल्याउन चेम्बरको आग्रह
- एकैदिन ३ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य
- सरकारीबाहेक १० हजार बढी शिक्षण संस्था सञ्चालनमा
- रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सय बढीको उम्मेदवारी
- रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकका लागि पाँचबुँदे नियम
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सेयर बजारमा आज सोमबार सामान्य गिरावट आएको छ । नेप्से परिसूचक शुन्य दशमलब ४४ अंकले घटेर १ हजार १९४ दशमलब ३८ अंकमा झरेको छ । आजको कारोबारमा सबैभन्दा बढी जीवन बिमा समुहको परिशुचक २० दशमलब ५१ अंक र निर्जीवन बीमा२ १४ दशमलब ७२ अंक र होटल ९ दशमलब ९९ अंकले घटेको छ । यधपी, उत्पादन मूलक समूहको परिशुचक ४ दशमलब ६६ अंक र बित्त समूहको परिशुचक ४ दशमलब १८ अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३ हजार ६६४ कारोबारबाट २९ करोड ६१ लाख ५६ हजार २५२ रुपैयाँ बराबरका १२…
काठमाडौं: उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी इजरायली राजदूत बेन्नी ओमेरबीच भेटवार्ता भएको छ । उर्जा मन्त्रालयमा भएको भेटमा उर्जामन्त्री पुनले नेपालमा नयां संविधान जारी भइसकेपछि स्थायीत्वको युग सुरु भएको भन्दै इजरायली लगानीकर्तालाई उर्जा क्षेत्रमा लगानीको वातावरण बनाइदिन राजदूत ओमेरसंग आग्रह गरे । मन्त्री पुनले भने ‘हामीलाई १० बर्षमा १० हजार मेगावाट विजुलीको आवश्यकता छ अहिले लगानीको राम्रो वातावरण समेत बनेको छ । तपाईमार्फत नेपालको उर्जा क्षेत्रमा लगानी गर्न म इजरायली लगानीकर्ताहरुलाई आग्रह गर्छु ।’ उनले इजरायलसंग धेरै लामो कुटनितिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ मजबूत बन्ने विश्वास समेत व्यक्त गरेका छन् । लामो समयदेखी…
काठमाडौँ: कृषि विकास बैंकले कैलाली जिल्लाको कैलाली बहुमुखी क्याम्पसमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले एक्सटेन्सन काउन्टरको औपचारिक उदघाटन गरेका हुन् । कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको एचयमगअत को बारेमा जानकारी गराउंदै कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई एटिएम,एसएमएस,मोवाईल बैंकिङ्ग सुविधा निशुल्क प्रदान गर्न निर्देशन दिनुका साथै स्थानीय जनता र क्याम्पसको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता बृद्धि गर्दै जाने सीइओ सिटौलाज्यूले बताए । कार्यक्रममा बैंकका का.मु.उप–महाप्रबन्धक प्रताप सुवेदीले देशका यूवाशक्तिलाई कृषि विकास बैंक प्रति आकर्षण गर्ने गरी आफना सेवाहरुमा सुधार गर्दे आएको र भविष्यमा पनि अझ…
काठमाडौँ: शेयरको मूल्यांकन गर्ने कम्पनी इक्रा नेपालले आँखु खोला जलविद्युत् कम्पनीलाई ‘ग्रेड’ पाँच दिएको छ । सो कम्पनीले यही साउन १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका नागरिकलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । गत बिहीबार मात्रै आँखुखोला जलविद्युत् कम्पनीेले साधारण शेयर बिक्रीका लागि सार्वजनिक आह्वानपत्र प्रकाशित गरेको छ । इक्रा नेपालको रेटिङमा पाँचौं नम्बर पाएको सो कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने देखिन्छ । कम्पनीले धादिङमा सञ्चालित ८.४ मेगावाटको आँखुखोला जलविद्युत् आयोजनाको स्थानीयवासीका लागि छुुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागेको हो । सो कम्पनीको आर्थिक अवस्था असाध्यै कमजोर रहेको त देखिन्छ नै शेयर लगानीकर्ताले आगामी नौ वर्षपछि मात्रै…
गुवाहाटी, भारत: भारतीय पूर्वोत्तर राज्य आसाममा ४० लाखसँग नागरिकता नरहेको सरकारी विवरण सार्वजनिक गरिएको छ । सन् १९५१ पश्चात् पहिलो पटक राष्ट्रिय नागरिक दर्ता (एनआरसी) कार्यालयले आज गुवाहाटीमा सार्वजनिक गरेको मस्यौदा विवरणमा यी व्यक्तिहरु छिमेकी बंगलादेशबाट आएका गैरकानुनी आप्रवासीहरु रहेको हुन सक्ने बताइएको छ । एनआरसीका संयोजक प्रतीक हजेलाका अनुसार रजिष्टरमा नामदर्ता गर्न राज्यका करिब ३ करोड २९ लाखमध्ये २ करोड ८९ लाखले मात्र आवेदन दिएका छन् । हजेला र अन्य सरकारी अधिकारीहरुले मस्यौदा प्रतिवेदन सार्वजनिक समारोहमा रजिष्टरमा नाम नभएकै आधारमा कसैलाई पनि उनीहरुकै देश फिर्ता नगरिने वा पक्राउ नगरिने स्पष्ट गर्नुभयो । रजिष्टरमा नाम नभएकाहरुले तोकिएको समयावधिभित्र आफ्नो दाबी…
हनोई: मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् । विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । मध्य भियतनाको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुला सहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो । उनीहरु स्थानीय समयाअनुसार सोमबार बिहान २ः३० बजे छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए । प्रहरीले घटनाका बारेमा छानबिन सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ । गत वर्ष भियतनाममा सडक दुर्घटनामा परी करिब ८ हजार २०० व्यक्तिको मृत्यु भएको थियो…
काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंकले (आरबीबी) र युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) का का.मु. प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल)बाट गर्न सक्ने बैंकले जनाएको छ । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आवको आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व निक्षेप संकलन गरी १ खर्व २१ अर्व कर्जा…
काठमाडौँ: पछिल्लो केहि वर्षदेखि नेपालमा पेट्रोलियम पदार्थ आयात उच्चदरमा बढेको छ । देशको कुल निर्यातको दोब्बर पेट्रोलियम पदार्थ आयात भएको छ । गत वर्षको ११ महिनामा ७४ अर्ब बराबरको निर्यात भएको थियो । गत आर्थिक वर्षको ११ महिना अर्थात् जेठ महिनासम्म एक खर्ब ५३ अर्ब ८१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोलियम पदार्थ समीक्षा अवधिमा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ३७ दशमलब ३ प्रतिशत बढी भएको निगमले जनाएको छ । अर्थिक वर्ष २०७३/७४ को ११ महिनामा एक खर्ब २२ अर्बको इन्धन आयात भएको थियो । गत वर्षको ११ महिनामा इन्धनको आयात नगदको आधारमा ३७ प्रतिशतले बढेको भएपनि…
काठमाडौँ: झन्डै साँढे चार करोड सहकारी ठगी गरी निक्षेपकर्ताको सावा ब्याजसमेत फिर्ता नगरी फरार रहेका दुई सहकारीका पूर्व पदाधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरोले साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका लेखा समिति सदस्यहरु रोशन कुमार खड्गी र प्रकृति श्रेष्ठलाई काठमाडौँबाट यही साउन १० गते पक्राउ गरेको हो, सीआइवीका प्रहरी उपरीक्षक कृष्णहरी शर्माले जानकारी दिए । खड्गी र श्रेष्ठलाई सो ठगी मुद्दामा काठमाण्डौं जिल्ला अदालतको २०७४/०१/१७ गतेको फैसलाले ४७ लाख ६२ हजार २२५ रुपैयाँ जरिवाना र एक वर्ष ६ महिना कैद हुने ठहर गरेको थियो। उनीहरुलाई प्रहरीले सोहि पक्राउ मितिमा काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको…
नुवाकोट :आगलागीको कारण उत्पादन रोकिएको यहाँको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ । गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्दको विद्युत् गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा असार २६ गते दिउँसो आगलागी भएको थियो । आगलागी भएपछि विदुर नगरपालिकासहित जिल्लाको अधिकांश भागमा लगातार ३० घण्टा विद्युत् अवरुद्ध भएको थियो । तीन ब्रेकरमा आगो लागेर क्षति भएपछि अहिले दुई वटा ब्रेकर ल्याएर उत्पादन थालिएको केन्द्र प्रमुख भट्टले बताए । “अब पूर्णरुपमा…