काठमाडौँ: कृषि विकास बैंकले कैलाली जिल्लाको कैलाली बहुमुखी क्याम्पसमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले एक्सटेन्सन काउन्टरको औपचारिक उदघाटन गरेका हुन् ।
कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको एचयमगअत को बारेमा जानकारी गराउंदै कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई एटिएम,एसएमएस,मोवाईल बैंकिङ्ग सुविधा निशुल्क प्रदान गर्न निर्देशन दिनुका साथै स्थानीय जनता र क्याम्पसको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता बृद्धि गर्दै जाने सीइओ सिटौलाज्यूले बताए ।
कार्यक्रममा बैंकका का.मु.उप–महाप्रबन्धक प्रताप सुवेदीले देशका यूवाशक्तिलाई कृषि विकास बैंक प्रति आकर्षण गर्ने गरी आफना सेवाहरुमा सुधार गर्दे आएको र भविष्यमा पनि अझ बढी आधुनिक गुणस्तरीय सेवा उपलव्ध गराउने प्रतिबद्धता ब्यक्त गरे।
कृषि तथा लघुउद्यम विभागका विभागीय प्रमुख धु्रबचन्द्र गौतमले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई शार्थक बनाउने कार्यमा बैकिङ्ग क्षेत्रको महत्वपूर्ण भूमिका रहने र यस एक्सटेन्सन काउन्टरले देशको आर्थिक विकासमा टेवा पु–याउन तथा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै बैंकले सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा प्रकाश पारेका थिए ।
कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय धनगढीका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा कम्यापसमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा जानकारी गराएका थिए ।
विद्यार्थी यूनियनका प्रतिनिधिहरु, कृष्ण बहादुर रोका, धर्मराज उपाध्याय, कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डिल्लीराज फुलाराले बैंकले उपलव्ध गराउने सेवाहरुले यस क्याम्पसमा अध्ययनरत विद्यार्थी लगायत धनगढी बासीहरुको मन छुन सकोस र गरिव भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै बैंकको उच्च प्रगतिको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।