Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दिउँसो र राति यी स्थानमा वर्षाको सम्भावना
- प्रतितोला ५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य
- भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडको भूकम्प, आपतकाल घोषणा
- आर्थिक गतिविधि विस्तारमा केन्द्रित मौद्रिक नीति ल्याउन चेम्बरको आग्रह
- एकैदिन ३ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य
- सरकारीबाहेक १० हजार बढी शिक्षण संस्था सञ्चालनमा
- रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सय बढीको उम्मेदवारी
- रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकका लागि पाँचबुँदे नियम
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
महेन्द्रनगर: धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाइन् । मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले चुरासँगै हातमा मेहन्दी लगाएर सजिनुभयो । यतिबेला प्रायजसो सबै युवती र महिलाको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले फेसनका रूपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत…
लहान: किसान धान रोपाइँमा ब्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा मलको अभाव भएको कम्पनी लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईले जानकारी दिए । उनका अनुसार सिरहामा ३० हजार बोरा डिएपी चाहिएकोमा हाल दुई हजार ५०० बोरा मात्र डिएपी कृषि सामग्रीको गोदाममा छ । डिएपी मलको अभाव भए पनि युरिया मल पर्याप्त रहेको प्रमुख चौलागाईको भनाइ छ । डिएपी मलको अभावकै बीच कृषि सामग्री कम्पनी…
चितवन: भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको छ । घाइतेमध्ये ११ जना भरतपुर अस्पतालमा र अन्य १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
काठमाडौँ: नविल बैंकले एसियन नेट कम्पनी जापानसंग विप्रेषणको कारोबारका लागि सहकार्य गर्ने सम्झौता गरेको छ । सहकार्यका माध्यमबाट जापानमा रहेका नेपालीले नविलमा रहेको आफ्नो खातामा वा नेपालभरी जुनसुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तीय संस्थाहरुको खातामा नविल बैंकमार्फत रकम पठाउन सक्ने जारी बिज्ञप्तिमा उल्लेख छ । यो व्यवस्थाबाट नविलले जापानबाट आफ्नो ग्राहकहरुका लागि सुरक्षित, सस्तो र छिटो रकम पठाउने काम गर्ने जनाएको छ । जापानमा आयोजित समारोहमा नबिल बैंकका चिफ विजनेस अफिसर अनिल कुमार खाँल र एसियन नेटका अध्यक्ष हिगासिदा सुजेनले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
काठमाडौँ: मेगा बैंकले प्युठानको ऐरावती गाउँपालिकास्थित बरौलामा शाखा संचालनमा ल्याएको छ । योसहित बैंकको शाखा संख्या एक सय नाघेको जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । बैङ्किङ सुविधा नपुगेको ग्रामिण भेगमा सेवा पुर्याउने उदेश्यले शाखा विस्तारलाई तिब्रता दिएको मेगाले जनाएको छ ।
काठमाडौँ: सुन तस्करीसम्बन्धी सरकारी अनुसन्धान समितिको म्याद सकिएपछि अनुसन्धान रोकिएको छ । सरकारले गृह मन्त्रालयका सहसमचिव ईश्वरराज पौडेललको संयोजकत्वमा गठन गरेको अनुसन्धान समितिको म्याद असार मसन्त सकिएको छ । चार महिनासम्म चर्चाको शिखरमा रहेको सुन तस्करी प्रकरणमा अनुसन्धान टोली टुंगोमा नपुगी विश्राम लिन पुगेको छ । अनुसन्धान रोकिए पनि तस्करहरुले आफ्नो धन्धा भने रोकेका छैनन् । प्रहरीले हरेक साताजस्तो विमानस्थलबाट सुन बरामद गर्दै आएकाले तस्करी नरोकिएको पुष्टि हुन्छ । विगत दुई साता अवधिमा त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले तीन किलोभन्दा बढी सुन बरामद गरेको छ ।, यो खबर आजको नागरिकदैनिकमा छ ।
काठमाडौँ: विदेशी मुद्रा र सुनमा गरिएको लगानीबाट गत आर्थिक वर्षको बैशाखसम्म केन्द्रीय बैंकले २२ अर्व ७१ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा यो करिव साँढे १९ प्रतिशतले बढी हो । यो समाचार आजको कान्तिपुर दैनिकमा यज्ञ बन्जाडेले लेखेका हुन् रेमिट्यान्स, वस्तु तथा सेवा निर्यात, पर्यटन लगायत माध्यमबाट मुलुकमा विदेशीइ मुद्रा प्राप्त हुन्छ । यसरी प्राप्त विदेशी मुद्रा राष्ट्र बैंकमा रहन्छ। त्यो मुद्रामध्ये केही राष्ट्र बैंकले विभिन्न राष्ट्रका ट्रेजरी बिल्सलगायतका उपकरणमा लगानी गरी ब्याज प्राप्त गर्छ । यही लगानीबाट गत वर्ष करिव पौने२३ अर्व रुपैयाँ राष्ट्र बैंकलाई प्राप्त भएको हो । प्राप्त कुल आम्दानी केन्द्रीय बैंकले खर्च र…
काठमाडौँ: सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली कामदारलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कामदारमाथि सिन्डिकेट लगाउने संस्थामाथि कारबाहीको निर्णय गर्नुअघि नै भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकृति प्रदान गर्ने जानकारी दिएको हो । सरकारले कामदारसँग अतिरिक्त रकम उठाउने गरी अवैध रुपमा खडा गरिएका संस्थालाई जेठ २ मा कारबाहीको निर्णय गरेको थियो । सोहीअनुरुप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई अन्तिम स्वीकृति तयारी गरेको हो । सरकारले जेठ २ मा मलेसिया जाने कामदारमाथि अवैध रुपमा हुने असूली रोक्न दबाब दिने र कारबाही प्रक्रिया अघि…
रत्ननगर, चितवन: चितवनका दुग्ध किसानले दूधको मूल्य घटाएको भन्दै आन्दोलन जारी राखेका छन् । दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोप लगाउँदै किसानले आज खैरहनी नगरपालिका–१ ज्यामिरे चोकमा २०० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका छन् । किसानलाई दिँदै आएको दूधको मूल्यमा तीन रुपैयाँ घटाइएको दुग्ध उत्पादन सहकारी संस्था नगर समन्वय समिति खैरहनीका अध्यक्ष मुकुन्द दवाडीले बताए । खैरहनीमा रहेका २४ सहकारी संस्थाका प्रतिनिधिले आज सांकेतिक रुपमा भन्दै दूध सडकमा पोखेर विरोध गरेका हुन् । यसअघि शुक्रबार उनीहरुले राप्ती नगरपालिकामा पनि यसैगरी सडकमा दूध पोखेर विरोध गरेका थिए । सोमबार रत्ननगरमा दूध पोखेर प्रदर्शन गर्ने चितवन…
काठमाडौँ: नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टचार गरेर फरार रहेका अभियुक्तलाई जेल चलान गरेको छ । ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७३ कात्तिकको फैसलाअनुसार रु एक करोड चार लाख ७५ हजार जरिवना सुनाएका धादिङका ५५ वर्षीय गेहेन्द्रबहादुर मल्ललाई आज सुन्धाराबाट पक्राउ गरी डिल्लीबजार जेल चलान गरेको हो । मल्लले बैंकको कर्मचारीसँगको मिलेमतोमा पिजी स्टोर्स र सानिमा फर्निचर नामका कम्पनीको कमसल धितोलाई अस्वभाविक मूल्याङ्कन गराई विभिन्न मितिमा रु दुई करोड नौ लाख ५० हजार कर्जा निकाशा गरी उपयोग गरेको ब्यूरोले जनाएको छ ।