काठमाडौँ: नविल बैंकले एसियन नेट कम्पनी जापानसंग विप्रेषणको कारोबारका लागि सहकार्य गर्ने सम्झौता गरेको छ ।
सहकार्यका माध्यमबाट जापानमा रहेका नेपालीले नविलमा रहेको आफ्नो खातामा वा नेपालभरी जुनसुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तीय संस्थाहरुको खातामा नविल बैंकमार्फत रकम पठाउन सक्ने जारी बिज्ञप्तिमा उल्लेख छ ।
यो व्यवस्थाबाट नविलले जापानबाट आफ्नो ग्राहकहरुका लागि सुरक्षित, सस्तो र छिटो रकम पठाउने काम गर्ने जनाएको छ । जापानमा आयोजित समारोहमा नबिल बैंकका चिफ विजनेस अफिसर अनिल कुमार खाँल र एसियन नेटका अध्यक्ष हिगासिदा सुजेनले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
Facebook Comments Box