काठमाडौँ: विदेशी मुद्रा र सुनमा गरिएको लगानीबाट गत आर्थिक वर्षको बैशाखसम्म केन्द्रीय बैंकले २२ अर्व ७१ करोड रुपैयाँ आम्दानी गरेको छ ।
अघिल्लो वर्षको तुलनामा यो करिव साँढे १९ प्रतिशतले बढी हो । यो समाचार आजको कान्तिपुर दैनिकमा यज्ञ बन्जाडेले लेखेका हुन्
रेमिट्यान्स, वस्तु तथा सेवा निर्यात, पर्यटन लगायत माध्यमबाट मुलुकमा विदेशीइ मुद्रा प्राप्त हुन्छ ।
यसरी प्राप्त विदेशी मुद्रा राष्ट्र बैंकमा रहन्छ। त्यो मुद्रामध्ये केही राष्ट्र बैंकले विभिन्न राष्ट्रका ट्रेजरी बिल्सलगायतका उपकरणमा लगानी गरी ब्याज प्राप्त गर्छ ।
यही लगानीबाट गत वर्ष करिव पौने२३ अर्व रुपैयाँ राष्ट्र बैंकलाई प्राप्त भएको हो ।
प्राप्त कुल आम्दानी केन्द्रीय बैंकले खर्च र अन्य कोषमा राख्छ। त्यसमध्ये ठूलो हिस्सा लाभाम्सका रुपमा सरकारलाई बुझाउँछ । जुन सरकारको गैरकर आम्दानी हो ।