Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच संसद्मा धकेलाधकेल भएको छ। प्रतिनिसिधभा बैठकको सुरुदेखिनै नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेका थिए। कांग्रेसको नाराबाजीकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाए। उनले राष्ट्रपति कार्यालयबाट प्राप्त केही पत्रहरू पढेर सुनाए। लगत्तै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूबारे उठेका प्रश्नका बारेमा जवाफ दिन समय दिए। गृहमन्त्री लामिछानेलाई समय दिनासाथ कांग्रेस सांसदहरू थप आक्रोशित बने। ओली कांग्रेस सांसदहरूलाई सम्झाउँदै आफ्नो आसनबाट उठेर त्यसतर्फ गएका थिए। तर, कांग्रेस सांसदसँग उनको भनाभन नै चल्यो।
काठमाडौं : सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले प्रतिपक्ष दल जिम्मेवार नहुँदा संसद्मा अराजनीतिक गतिविधि देखिएको बताएकी छन् । सरकारको प्रवक्तासमेत रहेकी शर्माले प्रतिपक्ष दल कांग्रेस आफ्नो ‘रो’ छोडेर सरकारको ‘रो’मा प्रवेश गरेको बताएकी छन् । संसद् भवनबाट बाहिरिंदा पत्रकारहरूलाई प्रतिक्रिया दिंदै उनले भनिन्, ‘गृहमन्त्रीलाई बोल्नै नदिने, प्रश्नको जवाफ दिनै नदिने र संसद्मै धकेलाधकेल गरेर प्रतिपक्ष दलले गैरजिम्मेवार काम गर्यो ।’ आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस र सत्तापक्ष दलका सांसदबीच धकेलाधकेल भएको थियो ।
काठमाडौं, जेठ ३ गते: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय समिति नबन्ने बताएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने र सबै सहकारीको समस्यालाई हेर्ने गरी आफूहरु संसदीय समिति गठन गर्न तयार हुँदा पनि सहमति हुन नसकेको भन्दै रास्वपा सहप्रवक्ता मनिष झाले अब समिति नबन्ने बताए । संसद बैठकपछि उनले भने, अब समिति त्यो बेलामा मात्र बन्छ, जब कांग्रेस आफ्ना पदाधिकारीहरुको फाइल खोल्न तयार हुन्छ ।’ कांग्रेस सभापति देउवाका साथै उनका श्रीमती र छोराको पनि छानबिन गर्नुपर्ने उनले बताए ।
काठमाडौँ, ३ जेठः नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७ ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला, र लिलियन सुशान वानयेन्ज तथा उक्त बरामद भएको कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी पाल रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेबाट आगुऔषध कोकिन बरामद गरिएको छ, जसको तौल दुई केजी छ सय ५४ ग्राम रहेको छ ।” पक्राउ…
काठमाडौँ, ३ जेठ: सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार सङ्गीता खड्कालाई नियुक्त गरेको छ । सिंहदरबार आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । काठमाडौँ निवासी खड्का यसअघि पनि समितिको अध्यक्ष हुनुहुन्थ्यो । सरकारले श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली २०५३ को व्यवस्थाबमोजिम श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पारिश्रमिक निर्धारण, परिश्रमिकमा पुनरावलोकन, पदको तहगत वर्गीकरणलगायत कार्यका साथै सञ्चार प्रतिष्ठानको अनुगमनको निम्ति २०६४ सालमा समितिको गठन गरेको थियो । बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्राडा लेखनाथ शर्मालाई नियुक्त गरेको छ । बैठकले नेपाल प्रशासनिक सेवा, समूहीकरणअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको…
काठमाडौँ, जेठ ३: उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गरेका छन्। गृहमन्त्री लामिछानेले बुधबार राति विमानस्थलको प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउण्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापन लगायत क्षेत्रको अनुगमन गरेका हुन्। त्यस क्रममा मन्त्री लामिछानेले आगमन र प्रस्थान कक्षको सौन्दर्यकरणमा पनि ध्यान दिन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ। विमानस्थललाई उच्चतम् प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिँदै त्यसतर्फ ध्यान दिइने पनि मन्त्री लामिछानेले बताएका छन्। अनुगनमा क्रममा गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ–आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य…
काठमाडौँ, जेठ ३: नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका स्थानमा रहेका पोलहरू हटाउने भएको छ । पेप्सीकोला, जडीबुटी, लैनचौर, नारायणगोपाल चोक, चुच्चेपाटी, कलंकी, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, कीर्तिपुर, सामाखुसी टाउन प्लानिङलगायतका स्थानमा भूमिगत वितरण प्रणाली परीक्षण गरी केही दिन भित्रमा नै सञ्चालनमा ल्याइने भएको र उल्लिखित क्षेत्रको ओभरहेड वितरण लाइन तथा विद्युत्का पोलहरू क्रमैसँग हटाइने प्राधिकरणले जानकारी दिएको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले उक्त स्थानमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक व्यवस्था गर्नु…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवर्द्धधन विशेष योजना ल्याउनुपर्ने बताएका छन्। बुधवार महासंघले आयोजना गरेको प्रिबजेटका विषयमा अर्थमन्त्रीसँगको छलफलमा बोल्दै अध्यक्ष ढकालले यस्तो माग गरेका हुन्। अध्यक्ष ढकालले निजी क्षेत्र बजेटको केन्द्रबिन्दुमा हुनुपर्नेमा जोड दिए। उनले सरकारले आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवर्द्धन विशेष योजना ल्याउनु नयाँ चरणको आर्थिक सुधार अभियानको रुपमा हेर्ने बताए। उनले आगामी आर्थिक वर्षको बजेट आकार बढाउन नहुने सुझाव दिए। उनले सरकारलाई बजेटको आकार बढाउँदा राजश्व र आन्तरिक ऋण बढाउनुपर्ने चाप पर्ने उल्लेख गरे। अध्यक्ष ढकालले राजश्व र आन्तरिक ऋणमा चाप हुँदा निजी क्षेत्र हतोत्साही हुने र…
काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ । बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरेसँगै उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने बाटो खुला गरेको हो । यसअघि बुधबार नै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको थियो । ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ,’ क्यानले निर्णयमा भनेको छ । क्यानको निर्णयसँगै सन्दीपले टी-२० विश्वकप खेल्ने बाटो…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय छानबिन समिति बनाउने प्रतिवद्धता जनाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छ। मंगलवार प्रतिनिधि सभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले संसदीय छानबिन समिति बनाउने बताएको जानकारी दिएका हुन्। उनले नेपाली कांग्रेससँग प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रश्तुत गर्न दिन आग्रह गरेका र आफूले संसदीय छानबिन समिति बनाउन कोशिस गर्ने र समिति बनाउने काममा लाग्ने प्रतिवद्धता जनाएको बताए। उनले संसदीय समिति नबनेसम्म सरकारी काममा कांग्रेसले संसदमा प्रवेश गर्न नदिने स्पष्ट पारे। उनले भने, ‘प्रधानमन्त्रीजीले नीति तथा कार्यक्रम राष्ट्रपतिजीलाई सम्बोधन गर्न दिनुस्, मैले यहाँ समिति बनाउने…