Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: देव: विकास बैंकको साधारण सभा बुधबार नेपा ब्यांकेट खुसिबु नयाँ बजारमा सुरु भएको छ । सभामा बैंकले १७.१ प्रतिशत बोनस दिने विशेष प्रस्ताव पेश गर्दैछ । त्यस्तै शुन्य दशमलव ९० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) को प्रस्ताव पनि गर्दैछ । बैंकले बोनस बापत २४ करोड ७० लाख ९२ हजार ३४१ रुपैयाँ र नगद लाभांशमा १ करोड ३० लाख ४ हजार ८६० रुपैयाँ खर्च गर्नेछ । बोनस पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने…

Read More

चितवन: नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताए । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भाँसिएको हो । सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ । कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ । कालोपत्रे गरिएको…

Read More

इनरुवा: सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका कृषक जसलाल यादवलाई धान रोपाइँ गर्ने सिजन शुरु भए पनि नहर र धान रोप्ने खेतमा पानीको अभाव हुँदा कसरी धन रोपाइँ गर्ने भन्ने चिन्ताले सताएको छ । जिल्लाको विभिन्न नदी खोलामा बाढी आएको भए पनि धान रोपाइँ गर्ने खेतमा पानीको अभाव हुँदा उहाँलाई धान रोपाइँ गर्ने समस्याले सताएको हो । जसलाल यादव सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन् । उनि जस्तै जिल्लाको दर्जनौँ किसानको समस्या एउटै छ । असार बित्न लागेको भए पनि जिल्लाका विभिन्न ठाउँमा रहेका नहरमा पानी नदिएको कारणले धान रोपाइँ गर्न समस्या भएको कृषकको भनाइ छ । जिल्लाको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह…

Read More

रामपुर, पाल्पा: सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गरिएको बताए । “गाउँमा पनि धेरै युवा शैक्षिक बेरोजगार छन्, केही विदेशमा श्रम गरिरहेका छन्, अब गाउँमै स्वरोजगारीतामार्फत रोजगारी सञ्चालन गरुन् भनेर कार्यक्रम शुरु गरेका हौँ” बस्यालले भने। युवा लक्षित युवा स्वरोजगार…

Read More

काठमाडौँ: आठ प्रतिशतको आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी बजार भाउ नियन्त्रण र वित्तिय स्थायित्वको चुनौतीलाई प्राथमिकतामा राखेर आगामी वर्षको मौद्रिक नीति बुधबार सार्वजनिक हुँदैछ । मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रमा कर्जा बिस्तार, जोखिममा आधारित सुपरीवेक्षण, विधुतीय भुक्तानी प्रणाली, संस्थागत सुशासन र वित्तीय अनुशासनलाई जोड दिइएको राष्ट्र बैंकले जनाएको छ । वित्तीय स्थायित्त्वको सवालमा चालु आर्थिक वर्षको मौद्रिक नीति लगभग असफल भइसकेको सन्दर्भमा आगामी वार्हको नीतिलाई सरोकारवालाले चासो दिएका छन् । आगामी मौद्रिक नीतिमार्फत केन्द्रिय बैंकले लघुवित्त संस्थाको कर्जाको ब्याजदरमा तोकेको १८ प्रतिशतको माथिल्लो सीमा हटाउने भएको छ । वाणिज्य बैंकहरुको ब्याजदर करिव १८ प्रतिशत पुगिसकेकोले उक्त सीमा हटाउन वा बढाउने भन्ने…

Read More

काठमाडौँ: फ्रान्स अन्तत: जारी विश्वकप फुटबलको २१ औं संस्करणमा २० वर्षपछि कडा प्रतिद्वन्दी बेल्जियमलाई १-० गोल अन्तरले हराउँदै फाइनल पुगेको छ । फ्रान्सका लागि समियुएल अमटिटीले गरेको एक मात्र गोल नै निर्णायक हुँदा फ्रान्स विश्वकपको यो तेश्रो पटक फाइनल यात्रा तय गएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल मध्यान्तरपछि अण्टोनियो ग्रिजमेनको कर्नर पासमा उटिटीले बक्सभित्र गरेको सानदार फ्लिक हेडको गर्दै बललाई जाली दिशा देखाइदिए । फ्रान्सको भेट अव फाइनलमा १५ जुलाईमा हुने क्रोएशिया र इंग्ल्याण्डबीचको विजेताबीच हुनेछ । रेड देभिल्स बेल्जियमले भने राम्रा राम्रा सटहरु प्रहार गरे पनि उसले फ्रान्सको गोल पोस्टमा कुनै होल बनाउन सकेन । हिजोको…

Read More

टोकियो:  जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गर्नुभएको छ । सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले जनाएको थियो । तर मङ्गलबार बिहानसम्ममा थप ५६ ओटा शव प्राप्त भएपछि सो सङ्ख्या बढेर १५६ पुगेको हो । अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन् । मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा…

Read More

काठमाडौँ : नेपाल आउने पर्यटकको प्रमुख गन्तव्यको रुपमा रहेका क्षेत्रहरुमा नेपाल वायु सेवा निगमले आफ्नो सेवा उपलब्ध गराउने भएको छ । ‘जहाँ नेपाल आउने पर्यटक, त्यहाँ नेपाल वायु सेवा निगम’ भन्ने नाराका साथ सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । यही असार १४ गते निगमले पहिलो ‘वाइड बडी’ जहाज भित्र्याएको छ । यस्तै आगामी तीन साताभित्र सोही प्रकृतिको अर्को जहाजसमेत नेपाल आइपुग्नेछ । दुई वटा वाइड बडी र दुई ‘न्यारो बडी’ जहाजले अन्तर्राष्ट्रिय उडान गर्ने र पर्यटन प्रवद्र्धनमा लाग्ने लक्ष्यका साथ निगमले सो अवधारणा अगाडि सारेको हो । निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को…

Read More

थाइल्याण्ड:  थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ । फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक अठार दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए । नौसैनिक स्रोतले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरीएको छ । यद्यपि लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुँनसक्ने भन्दै अस्पताल भर्ना गरिएको हो । नौसेनाल भनेको छ, “सबैजना, १२ बालक र प्रशिक्षकलाई गुफाबाट सकुशल उद्धार गरिएको छ । उनीहरू सबै खतरामुक्त रहेका छन् ।” यद्यपि उद्धारका लागि गुफाभित्र…

Read More

काठमाडौँ: नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीको समस्या स्थायी रुपमा समाधान गर्न यथाशीघ्र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनका लागि पहल गर्न माग गरेको छ । महासंघ प्रतिनिधिमण्डलले आज कानूनमन्त्री शेरबहादुर तामाङलाई भेटी व्यवसायमैत्री ऐन कानून निर्माण हुनुपर्नेमा जोड दिएको हो । महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री तामाङलाई भेटी व्यवसायीले भोग्नु परेका समस्याका बारेमा जानकारी गराएको हो । महासंघको माग पत्र बुझ्दै मन्त्री तामाङले विकास निर्माणमा बाधा पु¥याउने खालका सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधान संशोधनका लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए । प्रतिनिधिमण्डलमा महासचिव रामशरण देउजा, सदस्य शिव चौलागाईं, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरीलगायत सहभागी थिएय ।…

Read More