Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सन् २०१० को विश्वकप च्याम्पियन स्पेन आयोजक राष्ट्र रुससँग पेनाल्टी सुटआउटमा पराजित हुदै विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ । गोलकिपर इगोर अकिनफेभले कोके र इयागो असपासको पेनाल्टी रोकेपछि रुस पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित भएको हो । सन् २००२ मा पनि स्पेन आयोजक दक्षिण कोरियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो । विश्वकपमा स्पेनले चारमध्ये एक मात्र पेनाल्टी सुटआउट जितेको छ । यसअघि निर्धारित तथा अतिरिक्त समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । सर्जी इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलको १२ औँ मिनेटमा नै स्पेनले अग्रता लिएको थियो । तर, त्यसपछि रुसले केही सुधारिएको खेल प्रदर्शन गर्यो ।…

Read More

नयाँदिल्ली: भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा एघार जनाको शव भेटिएको छ । बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अवस्थामा भेटिएको थियो भने एकजना ७५ वर्षीय महिलाको शव भने घरको भूइँतल्लामा थियो । झुण्डिएको अवस्थामा भेटिएका ती सबैको आँखामा पट्टी बाँधिएको छ । यहाँको एक स्थानीय इन्डिया टुडे टिभि च्यानलले सो जानकारी दिएको छ । मृत्यु भएकामा सात जना महिला र चार पुरुष रहेका छन् । यसरी मृत्यु हुने सबैजना नयाँ दिल्लीमै प्लाइउडको व्यापार गर्दै आएका ललित…

Read More

काठमाडौँ: चावहिल–बौद्ध–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल मूल सडकको दुरवस्थाविरुद्ध राजनीतिक दलका नेतासहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध मानिस सडकमा ओर्लिएका छन् । नागरिक दवाव अभियानको नेतृत्वमा शुरु भएको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै स्थानीयवासीले वर्षौंअघिदेखि सडक जीर्ण भई लाखौँ प्रयोगकर्ताले दुःख पाउँदा समेत सरोकार निकाय मूकदर्शक बनेको आरोप लगाए । जोरपाटी चोकमा आज भएको विरोधसभालाई सम्बोधन गर्दै अभियानका संयोजक दीपकसिंह भण्डारीले चाबहिल–बौद्ध–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल सडकखण्ड कालमार्गमा परिणत भएको आरोप लगाउँदै सडक बनाउन कसैले अग्रसरता नदेखाएकाले नागरिकस्तरबाटै दवाव अभियान थालिएको प्रष्ट पारे । अभियानका सहसंयोजक कुमारराज सुवेदीले एक्काइसौँ शताब्दीमा महानगरवासी नारकीय जीवन बिताउन बाध्य हुँदा पनि कसैको ध्यान नजानु लाजमर्दो भएको गुनासो गरे । नेपाली…

Read More

काठमाडौँ: निरन्तर ओरालो लाग्दै आएको शेयर बजारको नेप्से परिसूचक आज पनि दोहोरो अंकले घट्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर एक हजार १८४ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचकसमेत २.९७ बिन्दुले घटेर २४९.१२ बिन्दुमा ओर्लेको छ । आज कुल १५८ कम्पनीको छ लाख १९ हजार ७४१ कित्ता शेयर रु १९ करोड ७२ लाख ६२ हजार ६११ मूल्यमा खरिद बिक्री भएका छन् । आज सबै उपसमूहका शेयर घटेको हो । त्यसमा बैंकिङ १२.१४, होटल १८.६४, विकास बैंक २०.१४, जलविद्युत् १५.७, वित्त ६.१६, बीमा ८९.०३, उत्पादन ६.९९, अन्य ३.४६ र माइक्रोफाइनान्स २५.७४…

Read More

काठमाडौँ: दुई दिनदेखि लगातार काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ। देशको मध्यभागमा सामान्य वर्षा तथा पूर्वी र पश्चिमी भागमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् मिनकुमार अर्यालका अनुसार आइतबार देशभर मौसम खुल्ने संभावना कम छ। ठूलो पानी पर्ने भएकाले भिरालो जमीन र नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। तराई, चुरे र मध्य पहाडी क्षेत्रमा पानी पर्ने भएकाले पानी नपरेको ठाउँमा पनि बाढी जाने संभावना हुने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ।

Read More

काठमाडौँ : साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत भएका छन् । तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका हुन् । संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको गत मङ्गलबार अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी प्रशासनले इरानसँग कारोबार गरेर इरानलाई आर्थिक रूपमा सहज नपार्न आग्रह गरेको थियो । तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) को तेस्रो ठूलो तेल उत्पादकले प्रतिदिन २० करोड ब्यारेल तेल निर्यात गर्ने गरेको सन्दर्भ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । “अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो भखैरै म साउदी राजा सलमानसँग कुरा गरेको छु ।…

Read More

बर्लिन: जर्मनीको थिस्सेनक्रुप र भारतको टाटा स्टिलले युरोपियन स्टिल अपरेसन्सलाई टाटा कम्पनीसंग बिलय गर्नेबारे सम्झौता भएको छ । थिस्सेनक्रुप अव सम्झौतापछि टाटा कम्पनी अन्तर्गत युरोपमा संचालन हुनेछ भने यो बिलयपछि सो स्टिल कम्पनी युरोप दोश्रो ठुलो स्टिल कम्पनी हुने भएको छ । सम्झौतासंगै कम्पनीमा कूल नेदरल्यान्ड्स, बलायत र जर्मनीका ४८ हजार कर्मचारीलाई रोजगारी मिल्ने जनाइएको छ । सम्झौतापछि नेदरल्यान्ड्समा दुई कम्पनीको संयुक्त लगानीमा ५० प्रतिशत साझेदारी हुनेछ । संयुक्त रुपमा संचालन हुने उक्त नयाँ कम्पनी ‘ थिस्सेनक्रुप टाटा स्टिल बीभी’ को नाममा संचालन गरिने जनाइएको हो ।

Read More

काठमाडौँ: डेढ वर्षको अन्योलपश्चात भारतले ५३ वटा ग्यास बुलेत्का लागि विष्फोटक लाइसेन्स दिने इच्छा देखाएको छ । बिष्फोटक लाइसेन्सकै कारण बुलेट भारतमा अलपत्र परेको आलोचना बढेपछि तत्काल लागि ५३ वटालाई दिने इच्छा देखाएको हो । ‘प्रधानमन्त्री कपी शर्मा ओलीको भारत भ्रमण र त्यस्पशात आपूर्तिमन्त्री मात्रिका यादवको पहलमा लाइसेन्सबारे धेरै सकारात्मक छ,’ उद्ध्योग तथा आपूर्ति मन्त्रालयक एक अधिकारी भने, ‘ तर, उद्ध्योगीहरुले बुकिङ्ग भएका सबै बुलेटका लागि माग गरेका छन् ।’ एलपी ग्यास उद्ध्योगका नुसार हाल ५३ वटा ग्यास बुलेट तयारी अवस्थामा छन् । ४ सय ९ वटा बुक्त भएको संघले जनाएको छ । यी सबै बुलेट संचालन गर्न उद्योगीले लाइन्सेन्स…

Read More

सुर्खेत: कर्णाली प्रदेशको विनियोजन विधेयक, २०७५ माथिको दफावार छलफलमा सत्तापक्षका सांसदहरूले प्रतिपक्षको भूमिकामा टिप्पणी गरेका छन् । विनियोजन विधेयक अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शीर्षकहरूमाथि आज भएको दफावार छलफलमा प्रदेशसभा सदस्यहरूले नीति, कार्यक्रम, बजेट र रातो किताबको तालमेल नभएको टिप्पणी गरेका हुन् । छलफलका क्रममा सभाका सदस्य अमरबहादुर थापाले कर्णाली प्रदेश सरकारले सुझावको उपेक्षा गरेको भन्दै कार्यशैली सुधार गर्न आग्रह गरे । “बजेट भाषण र रातो किताबको तालमेल भएन, बजेटले बोलेका कुरा रातो किताबमा आएनन्, सीमित व्यक्तिका खल्तीबाट योजना आए” उनले…

Read More

काठमाडौँ: नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक आज सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको बैठकले साझा प्रतिवेदन तयार गरेको छ । सो साझा प्रतिवेदन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने समूहका सदस्य डा राजन भट्टराईले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै नयाँदिल्लीमा इपिजीको आठाँै बैठक बसेको थियो । बैठकमा मुख्यगरी सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायत विषयमा छलफल भएको थियो । यही असार २० गते इपिजीको समयसीमा…

Read More