Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
- वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
- बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
- अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
- रसुवा बाढी : १६२ को शव फेला, हजारौं सम्पर्कविहीन
- रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै, जालान त शीर्ष दलका नेता ?
- भोटेकोसी बाढीको कहर : नुवाकोटको पछिल्लो अवस्था तस्बिरमा
- रसुवामा भीषण बाढी : प्रधानमन्त्री शाहले दिए ६ निर्देशन, बोलाए उच्च स्तरीय बैठक
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : नेपाल स्टक एक्सचेन्जमा विहिबार ३४ करोड ५९ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । १६५ कम्पनीका ४ हजार १५९ कारोबारबाट सात लाख ८ हजार १४७ कित्ता सेयर कारोबार भएको छ । नेप्से परिसुचात आज १४ दशमलव ६१ अंकले घटी एक हजार तीन सय ७ दशमलव ६६ अङ्कामा झरेको छ । आज ब्यापार समुहका बाहेक अन्य समूहहरु राता भएका छन् जसमा सबैभन्दा इन्स्योरेन्स समूह ११५ दशमलव ७२ अंकले, उत्त्पादनमुलक समूह २५ दशमलव २ अंकले र होटल समुह २२ दशमल ३१ अंकले घटेका छन् । त्यस्तै, नेप्सेमा ठुलो हिस्सा ओगटेको बाणिज्य बैंक समूह १२ दशमलव ३४ अंकले घटी एक हजार…
काठमाडौँ : आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक बजेटका सम्बन्धमा सत्ता पक्षका सांसदबाट उत्कृष्ट रहेको प्रतिक्रिया आएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले भने कार्यान्वयन मुखी नभएको संज्ञा दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवाराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव पछि भएको दलगत छलफलमा नेपाली काँग्रेसका सुरेन्द्र पाण्डेले बजेटले प्राथमिता नतोकेको, दशतिर छरिएको र प्रधानमन्त्री कार्यालयका लागि १५६ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा आपत्ति जनाउँदै दिगो विकास लक्ष्य हासिल गर्न बजेटले सहयोगी हुन नसक्ने बताए । उनले कम्युनिष्ट पार्टीले…
काठमाडौं: सत्तापक्षकै सांसद हृदयेस त्रिपाठीले विहिबार फास्ट ट्रयाक निर्माणको जिम्मा दिइएको नेपाली सेनाले निर्माण गर्ने नसक्ने नसक्ने दावी गरेका छन् । प्रतिनिधि सभा बैठकमा आजबाट सुरु भएको बजेटमाथिको छलफलमा भाग लिदै सांसद त्रिपाठीले भने सेनाको नेतृत्वमा फास्ट ट्रयाक बन्नै सक्दैन, यसमा सरकार गम्भीर बनोस । सेनाको क्षमता नै छैन ।’ उनले अर्को प्रशंगमा बजेट कार्यन्वयन चुनौतिपुर्ण रहेको समेत बताएका छन् । नेपालको विकास खर्च गर्न सक्ने संयन्त्र गतिलो नभएकाले विकास खर्च गर्ने प्रकृया बदल्न आग्रह गरे । ‘गैरबजेटरी खर्च रोक्न आग्रह गर्छु यसले विकृति ल्याउने भएकाले त्यो रोक्नुपर्छ ।’ त्यस्तै त्रिपाठीले प्रत्यक निर्वाचन क्षेत्रमा सांसदका नाममा ४ करोड रुपैयाँ छुट्याएकोबारे…
भक्तपुर: यातायात व्यवस्था कार्यालय भक्तपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित ‘इजीवे’ ट्रायल सेन्टरमा सञ्चालित परीक्षामा मोटरसाइकलको (ट्रायल) परीक्षा दिन आएका दुई नक्कली परीक्षार्थी र पास गराइदिन्छु भन्ने गिरोहमध्येको एक जनालाई प्रहरीले पक्राउ गरेको हो । यातायातका कर्मचारी, परीक्षामा बस्ने ट्राफिक प्रहरी र ट्रायल सेन्टरका मान्छेसँग कुराकानी भएको छ, गोप्य रुपमा सक्कली लाइसेन्स बनाइदिन्छु भनेर परीक्षार्थीसँग रकम उठाउँदै आएको अभियोगमा प्रहरी वृत्त थिमिबाट खटिएर गएका प्रहरीले ट्रायल सेन्टरबाटै काभ्रेपलाञ्चोक पाँचखाल – ६ बस्ने वर्ष ५० का प्रेम अधिकारीलाई पक्राउ गरेको छ ।…
काठमाडौं: साढे ३३ केजी सुन तस्करीमा संलग्न भनिएको तर हालसम्म पनि फरार अवस्थामा रहेका नेपाल प्रहरीका एसएसपी श्याम बहादुर खत्रीले जिल्ला अदालत मोरङसमक्ष विहिबार आत्मसमर्पण गरेका छन् । छानविन समितीका संयोजक ईश्वरराज पौडेलका अनुसार खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन्, ‘फरार एसएसपी खत्री अदालतमा उपस्थित आज कार्यालय समयमा उपस्थित भएका छन् ।’ उनको आजै थुनछेक बहस हुने बताइएको छ । सुन तस्करीबारे छानविन गर्न बनेको समितिले काम सुरु गरेपछि खत्री फरार रहँदै आएका थिए । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा कार्यरत खत्रीलाई सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितिले खोजिरहेको थियो । सुन तस्करीमा संलग्न मुख्य नाइके भनिएका चुडामणी उप्रेती…
काठमाडौं: मुलुकको अर्थतन्त्रले धान्नै नसक्ने गरी बर्सेनि बढ्दै गएको निवृत्तिभरण (पेन्सन) को बोझबाट मुक्ति पाउन सरकारले बजेट भाषणमार्फत सम्पूर्ण राष्ट्रसेवकको योगदानमा आधारित प्रणाली ‘पेन्सन फन्ड’ लागू गर्ने घोषणा गरेको छ । यसअघि पटक–पटक घोषणा गरिए पनि सरकारले ‘पेन्सन फन्ड’ लागू गर्न सकेको थिएन । आजको कान्तिपुरमा समाचार छापिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले संसद्मा बहुमत प्राप्त दलको दुई तिहाइ समर्थन पाएको सरकार भएकाले यस पटक घोषित मिति साउन १ देखि नै पेन्सन फन्ड लागू हुने दाबी गरेका छन् । सेवा निवृत्त कर्मचारी, सेना, प्रहरी र शिक्षकलगायतलाई दिनुपर्ने पेन्सनको दायित्व बर्सेनि बढ्दै गई हरेक चार वर्षमा दोब्बर हुन थालेपछि…
काठमाडौं: ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले संकलन गरेको छ । अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको नागरिक दैनिकमा खबर छ । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ । गृहमन्त्री रामबहादुर थापाले सम्झौताअनुसार काम नगर्ने ठेकेदार र कम्पनीलाई कारबाही गर्न सरोकारवाला निकायलाई नाम संकलन गरी पठाउन निर्देशन दिएबमोजिम ७० जिल्लाबाट ठेकेदार र उनीहरु आवद्ध कम्पनीको नाम प्रमुख जिल्ला अधिकारीमार्फत प्राप्त भएको हो । धनुषा, कालिकोट, जाजरकोट, डोल्पा, हुम्लासहित सात जिल्लाबाट भने मन्त्रालयमा नाम आउन बाँकी छ । काठमाडौं उपत्यकाका तीन जिल्लाबाट मात्रै पाँचसय भन्दा बढी…
काठमाडौं: नेपाल सरकारले शुरुवात गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ । फाउन्डेसनको नाममा लाखौं रकम असुल गरेको आरोपसमेत लागेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । शताब्दी इतिहास बोकेको फोहोर र प्रदुषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस सुन्तली पाmउन्डेसनले मनपरी ढंगले सहयोग उठाइरहेको पाइएको छ । के भन्छन् धुर्मुस ? सरकारले सरसफाइ मात्रै भनेको तर, रङ रोगन पनि गर्नुपर्ने भएकाले फाउन्डेसनमार्फत अपुग सहयोग मागेको उनले बताएका छन् । प्रारम्भिक चरणमा सरसफाइ मात्र गर्ने अभियान भएको र पछि नमुना अस्पताल बनाउनुपर्छ भन्ने लागेर निःस्वार्थ रुपमा अस्पताल सरसफाइ र रङरोगनमा लागेको उनले बताए…
काठमाडौं: बजेट प्रस्तुत भएको भोलिपल्ट नेपाली काँग्रेस बजेटमाथि आधिकारिक धारणा सार्वजनिक गर्दै कम्युनिष्ट पार्टी भनिएकाले घोषणपत्रमा देखाएको आश्वासन भन्दा अत्यन्तै निराशाजनक बजेट ल्याएको बताएको छ । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार संसदमा सार्वजनिक गरिएको बजेट कार्यक्रम सरकारले देखाएको आश्वासन भन्दा कमजोर भएको टिप्पणी गरेका हुन् । उनले प्रमुख प्रतिपक्षी दलको नाताले मुलुकको समृद्धिका लागि रचनातमक सहयोग गर्नु कर्तब्य रहेको र अर्कोतर्फ बजेटमा रहेको अन्यौल, विरोधाभाष र कमजोरी औल्याउनु दायित्व रहेको बताँउदै बजेटमा रहेका कमजोरीलाई १४ बुँदामा औल्याएका छन् । यी हुन् कांग्रेसले औंल्याएका बजेटमाथिका १४ कमजोरी :- १. स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन…
काठमाडौँ: फर्स्ट माईक्रोफाइनान्सले हकप्रदबाट विक्री हुन नसकेको २६ हजार ८८४ कित्ता साधारण सेयर लिलामी गर्ने भएको छ । उक्त सेयरमा जेठ २३ गते देखि ३० गतेसम्म लिलामी बिक्री खुल्ला हुनेछ । माईक्रोफाइनान्सको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि लिलामीमा आएको अधिकतम सबै सेयर लिलामीका लागि आवेदन दिन सक्नेछन् । लिलामी सेयरमा ग्लोबल आईएमई क्यापिटल राष्ट्रिय नाचघर जमल, र ग्लोबल आइएमई बैंकको शाखा कार्यालय वीरगञ्ज, बनेपा, हेटौंडा, पोखरा सभागृह चोक, बुटवल मिलनचोक, विराटनगर, नेपालगन्ज त्रिभुवन चोक, सुर्खेत र धनगढीबाट बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत…