काठमाडौँ: फर्स्ट माईक्रोफाइनान्सले हकप्रदबाट विक्री हुन नसकेको २६ हजार ८८४ कित्ता साधारण सेयर लिलामी गर्ने भएको छ । उक्त सेयरमा जेठ २३ गते देखि ३० गतेसम्म लिलामी बिक्री खुल्ला हुनेछ ।
माईक्रोफाइनान्सको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि लिलामीमा आएको अधिकतम सबै सेयर लिलामीका लागि आवेदन दिन सक्नेछन् ।
लिलामी सेयरमा ग्लोबल आईएमई क्यापिटल राष्ट्रिय नाचघर जमल, र ग्लोबल आइएमई बैंकको शाखा कार्यालय वीरगञ्ज, बनेपा, हेटौंडा, पोखरा सभागृह चोक, बुटवल मिलनचोक, विराटनगर, नेपालगन्ज त्रिभुवन चोक, सुर्खेत र धनगढीबाट बोलपत्र पेश गर्न सकिनेछ ।
कम्पनीले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गरेको थियो । सबै साधारण सेयरमा अावेदन नपरेपछि लघुवित्तले लिलामी मार्फत विक्री गर्न लागेकाे हाे । कम्पनीको सेयर बुधबार प्रतिकित्ता ६०१ रुपैयाँमा कारोबार भएको छ ।