काठमाडौं: सत्तापक्षकै सांसद हृदयेस त्रिपाठीले विहिबार फास्ट ट्रयाक निर्माणको जिम्मा दिइएको नेपाली सेनाले निर्माण गर्ने नसक्ने नसक्ने दावी गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा आजबाट सुरु भएको बजेटमाथिको छलफलमा भाग लिदै सांसद त्रिपाठीले भने सेनाको नेतृत्वमा फास्ट ट्रयाक बन्नै सक्दैन, यसमा सरकार गम्भीर बनोस । सेनाको क्षमता नै छैन ।’
उनले अर्को प्रशंगमा बजेट कार्यन्वयन चुनौतिपुर्ण रहेको समेत बताएका छन् । नेपालको विकास खर्च गर्न सक्ने संयन्त्र गतिलो नभएकाले विकास खर्च गर्ने प्रकृया बदल्न आग्रह गरे । ‘गैरबजेटरी खर्च रोक्न आग्रह गर्छु यसले विकृति ल्याउने भएकाले त्यो रोक्नुपर्छ ।’
त्यस्तै त्रिपाठीले प्रत्यक निर्वाचन क्षेत्रमा सांसदका नाममा ४ करोड रुपैयाँ छुट्याएकोबारे अर्थमन्त्री आफैले ट्रयापमा परेकाले राखेको भन्दै ट्रयापबाट मुक्त हुन आग्रह गर्दै सो कार्यक्रम फिर्ता लिन आग्रह गरे ।
उनले सांसदहरु चन्दाबाट आएका नभई निर्वाचित भएर आएका भन्दै एनजिओवादी बुद्धिजीवीहरु आफै पारदर्शी नभएको अवस्थामा उनीहरुको ट्रयापमा परेर उक्त कार्यक्रम ल्याउन नहुने बताए ।
‘एनजीओबाट आएको पैसा र बजेट राष्ट्र बैंकलाई समेत थाहा हुदैन तर, तिनै लाल बुझक्कड र तेस्रो लिंङगीको दवावमा सांसदलाई चार करोड रुपैयाँ छुट्याइको हो यो गलत छ तुरुन्त फिर्ता लिनुस ’ त्रिपाठीले बताए ।
उनले करदाताको संख्या बढाउनुुपर्नेमा करको दायरा बढाएको पनि बताए । ‘५ लाखलाई रोजगारी दिने कुरा अलि अपत्यारीले हो कि भन्ने लाग्छ । काठमाडौ उपत्यकामा मेट्रो उपयुक्त हुन्छ । मनोरेल वाहियात हो ।’
उनले बैंक व्याज खाने संस्था मात्रै भएको भन्दै मनोमानी ब्याज बढाउने बैंकहरुमाथि राष्ट्र बैंकले हस्तक्षप गर्नुपर्ने धारणा राखे ।