Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पेट्रोलको मूल्य २०, डिजेलको ३० र ग्यासको १०० रूपैयाँले घट्यो
- ३ महिनापछि बढ्यो ग्लोबलको कारोबार र मूल्य, अन्य बैंकको के छ अवस्था?
- विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
- जेनजी आन्दोलनमा आदेश दिने र गोली चलाउने सुरक्षाकर्मीलाई फौजदारी कसुरमा कारबाही नहुने
- पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्स पराजित, मोरक्को अन्तिम १६ मा प्रवेश
- आज र भोलि भारी वर्षाको सम्भावना, अति जोखिमयूक्त ठाउँमा सतर्कता अपनाउन विभागको चेतावनी
- एकैदिन ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य
- दिउँसो र राति यी स्थानमा वर्षाको सम्भावना
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपालले उपहार दिएको एकसिंगे जोडी गैँडा विहीबार बोईङमा राखेर चीन लगिँदै छ । चितवन राष्ट्रिय निकुञ्जबाट मंगलबार राति काठमडौं ल्याईएको जोडी गैँडा साँझ चीन लान लागिएको हो । अपराह्न ४ बजे काठमाडौं उत्रिने चिनियाँ बोईङ भद्र र रुपसी नामका गैगा लिएर साँझ ६ः२० बजे फर्किनेछ । गैँडा लिन एक भेटेनरी चिकित्सकसहित दुईजना किपर आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विवभागका महानिर्देशक मनबहादुर खड्काले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
काठमाडौँ: रात भरीको अविरल वर्षाका कारण राजधानीका विभिन्न ठाउंका वस्तीहरु डुवानमा परेका छन् ।विशेषगरी भक्तपुरको बलकोट, गठाघर, लोहकन्थली जस्ता ठाउँहरु डुबानमा परेका छन् । स्थानीय राम काफ्लेका अनुसार तल्लो बस्तुमा रहेका घरहरका भुँइ तले घरहरु डुबानमा परेका छन् । वस्तीमा पानी छिरेपछि स्थानीय बिहानदेखि घरका सामानहरु तह लगाउन ब्यस्त रहेको उनले बताए । वस्तीमा पसेको पानी बाहिर फाल्न पनि सडकबाटै पानी निरन्तर बगिरहेकोले समस्या भएको उनले बताए ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्यका साथै आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको बताउनुभयो । मौद्रिक नीतिमा वित्तीय क्षेत्र सुधारका लागि भन्दै नेपाल राष्ट्र बैंक ऐन २०५८ र बैंक तथा वित्तीय संस्था ऐन २०७३ लाई आवश्यक संशोधन गर्ने जनाइएको छ । त्यसैगरी पूर्वाधार विकास बैंकको स्थापना र सञ्चालनको लागि आवश्यक नियमन, निरीक्षण र सुपरीवेक्षणसम्बन्धी नीतिगत व्यवस्था तर्जुमा गरिने कुरा मौद्रिक नीतिमा उल्लेख छ । सरकारले आगामी…
काठमाडौँ: दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा मन्त्रालयले कानुनका उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले संस्थानले पाइप खरिदका लागि लागत अनुमानदेखि नै अनियमितता सुरु भएको प्रतिवेदन तयार पारेको छ । कम्पनी छनोटका लागि मापदण्ड तोक्दा नै मिलेमतोमा दुईवटा कम्पनीलाई ठेक्का पारेर आर्थिक हिनामिना गरिएको प्रतिवेदनमा दाबी गरिएको…
काठमाडौँ: विश्वकप फुटबल इतिहाँसकै पहिलो पटक क्रोएसियाले इङ्ग्ल्याण्डलाई २-१ ले गोल अन्तरले पराजित गर्दै २१ औं संस्करणको फाइनलमा पुग्न सफल भएको छ । फाइनलमा पुर्याउन क्रोएसियाका म्यान्जुकी र पेरिसिकले एक एक गोलको योगदान गरे । यद्यपी खेलको पहिलो हाफको ५ औं मिनेटमा भने इङ्ग्ल्याण्डले अग्रता कायम गरेको थियो । गयराती लुज्नेकी खेल मैदानमा खेलाइएको दोश्रो सेमिफाइनल खेलमा क्रोएसियाले खेलको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्याण्डलाई हारको बाटो देखाएका थिए । इंग्ल्याण्डका लागि किरण ट्रिपरलको सानदार फ्रीकिक मार्फत पहिलो अग्रता कायम गरेको थियो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी जतिसक्दो चाँडो पुर्न निर्देशन दिएका छन् । चाबहिल–बौद्ध–जोरपार्टी, कलंकी–थानकोटलगायत सडकको अवस्था र सार्वजनिक यातायात क्षेत्रको केही समय अघिसम्म कायम रहेको सिण्डिकेटको पूर्णरुपमा अन्त्य गर्ने विषयमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सचिव लगायतलाई बोलाएर ती समस्या तत्काल समाधान गर्न आज निर्देशन दिएको प्रधानमन्त्री कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीले देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउनसमेत निर्देशन दिएका छन् । प्रधानमन्त्रीले सार्वजनिक यातायातलाई भरपर्दाे, सेवाग्राहीमैत्री एवं प्रविधिमैत्री बनाउँदै ज्येष्ठ नागरिक, महिला, अपाङ्गलगायतलाई प्रदान गरिने आरक्षण सीट सुविधाको उपभोगलाई सहज बनाउनसमेत निर्देशन दिएका…
काठमाडौँ: कृषि, भूमि तथा सहकारीमन्त्री चक्रपाणि खनालले आफू कार्यभार सम्हालेयता मालपोत तथा नापी कार्यालयका ७२ कर्मचारीलाई निलम्बन गरिएको बताएका छन् । आज कलंकीस्थित मालपोत कार्यालयको अनुगमनका क्रममा मन्त्री खनालले जनसरोकारका कार्यमा अनियमितता गरेका तत् कार्यालयका कर्मचारीलाई कानूनी प्रक्रिया पूरा गरेर दण्डित गरिने बताए । भ्रष्टाचारको अखडाका रुपमा मालपोत र नापी कार्यालयको सर्वसाधरणमा नकारात्मक सन्देश गएको बताउँदै उनले त्यहाँबाट प्रवाह गरिने सम्पूर्ण सेवा तथा कार्यसम्पादनलाई सेवाग्राहीको सुविधा र सहजतासँग जोड्न कर्मचारीलाई निर्देशन दिए । सेवा लिन आएका सेवाग्राहीको गुनासो सुनेपछि मन्त्री खनालले कार्यालयमा विचौलियाको गतिविधिलाई न्यून गर्न सिसी क्यामेराको जडान गरी सेवा छिटो, चुस्त र प्रभावकारी ढंगले दिन र कार्यसम्पादनको व्यवस्थित…
काठमाडौँ: चालु आर्थिक वर्षका लागि कार्यान्वयनमा ल्याइएको मौद्रिक नीतिले अपेक्षितरुपमा सफलता हासिल गरेको छ । मौद्रिक नीतिको त्रैमासिक तथा अर्धवार्षिक समीक्षा र आज राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले प्रस्तुत गरेका नीतिमा चालु आवका मौद्रिक नीतिमा सफलता प्राप्त भएको देखाएको हो । गभर्नर डा नेपालका अनुसार विस्तृत मुद्राप्रदायको वार्षिक वृद्धिदर १८ प्रतिशत हुने प्रक्षेपण रहेकोमा जेठ मसान्तमा वार्षिक विन्दुगत वृद्धिदर १७ दशमलब ७ प्रतिशत छ । मौद्रिक क्षेत्रबाट प्रवाह हुने कुल आन्तरिक कर्जा २७ दशमलब ८ प्रतिशतले बढ्ने प्रक्षेपण रहेकोमा यस आवको जेठ मसान्तमा यस्तो कर्जाको वार्षिक विन्दुगत वृद्धिदर २८ दशमलब ३ प्रतिशत छ । निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आगामी आव २०७५÷७६ का लागि मौद्रिक नीति सार्वजनिक गरेसंगै निजी क्षेत्रका ब्यापारी र बैंकका प्रमुख कार्यकरी अधिकृत सीईओहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । मौद्रिक नीतिमा अर्थतन्त्रको विद्यमान अवस्था एवं परिदृश्यका साथै आर्थिक वर्ष २०७५÷७६ को बजेटको प्राथमिकता र नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीति ल्याएको हो । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले विस्तारकारी मौद्रिक नीति भएकाले सकारात्मक भएको बताए । उनले सकारात्मक लगानी योग्य रकमको अभावलाई सम्बोधन गरेको र ब्याजदरलाई स्थायित्व दिने गरी आएकाले मौद्रिक नीतिलाई सकारात्मकरुपमा लिइएको स्पष्ट परे । स्प्रेड दर घटाएकाले कर्जाको ब्याजदर कम हुने र लगानी बढाउन सजिलो हुने…
काठमाडौँ: स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा गोविन्द केसीलाई आफ्ना माग सम्बोधनका लागि वैधानिक बाटो रोज्न आग्रह गरेका छन्। आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा राज्यमन्त्री अर्यालले डा केसीले आफ्ना माग संसद्मा प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेयकमार्फत रोज्ने भन्दै विधेयकमा सांसदमार्फत संशोधन हालेर आफ्ना माग पुरा गर्न आग्रह गरे । विश्वविद्यालय, मेडिकल कलेज तथा अस्पतालमा गएर अनसन बसेर डा केसीको माग पुरा नहुने उनको भनाइ थियो । डा केसीले जस्तै आफूलाई चित्त नबुझेको कुरामा प्रत्येक नेपालीले अनसन बस्न थाल्यो भने के हुन्छ भने प्रश्न गदै उनले आफूलाई लागेको बेला अनसन बस्न नपाइने बताए । डा केसीको जायज माग सम्बोधन हुने राज्यमन्त्री अर्यालले…