काठमाडौँ: रात भरीको अविरल वर्षाका कारण राजधानीका विभिन्न ठाउंका वस्तीहरु डुवानमा परेका छन् ।विशेषगरी भक्तपुरको बलकोट, गठाघर, लोहकन्थली जस्ता ठाउँहरु डुबानमा परेका छन् ।
स्थानीय राम काफ्लेका अनुसार तल्लो बस्तुमा रहेका घरहरका भुँइ तले घरहरु डुबानमा परेका छन् । वस्तीमा पानी छिरेपछि स्थानीय बिहानदेखि घरका सामानहरु तह लगाउन ब्यस्त रहेको उनले बताए ।
वस्तीमा पसेको पानी बाहिर फाल्न पनि सडकबाटै पानी निरन्तर बगिरहेकोले समस्या भएको उनले बताए ।



Facebook Comments Box