Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको सङ्ख्या २४ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको मङ्गलबार सम्पन्न २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले यसबारे जानकारी दिनुभएको हो। अध्यक्ष ढकालका अनुसार केबलकार यात्रा गर्ने कूल पर्यटक सङ्ख्यामध्ये भारतीय पर्यटकको हिस्सा २९ प्रतिशत रहेको छ। भारतको उत्तर प्रदेशसहित दिल्ली, झारखण्ड, बिहार, केरला तथा आन्ध्र प्रदेशसम्मका पर्यटकले केबलकारमार्फत पाल्पाको वसन्तपुर डाँडास्थित कामाख्या देवी तथा प्राचीन दुर्गा मन्दिरको दर्शन र भ्रमण गर्ने क्रम बढेको उहाँले बताउनुभयो।…

Read More

काठमाडौँ: कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले टोल शुल्क तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले बिहीबार सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि टोल शुल्क निर्धारण गरिएको जनाएको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा फरक–फरक शुल्क तोकिएको छ। निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यसैगरी, मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। बस तथा…

Read More

काठमाडौं: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । सबस्टेसनलाई कात्तिक १४ गते शनिवार र १५ गते आइतबार चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ । उक्त दिनहरुमा पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुवही–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइनलाई भित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) कार्य गरिने छ । दुहवी–दमक १३२ केभी प्रसारण लाइनबाट सबस्टेसनमा विद्युत आपूति हुनेछ । दुहवी–दमक प्रसारण लाइनलाई शनिवार र आइतबार विहान ४ बजेदेखि मध्यान्ह १२ बजेसम्म बन्द गरी लुप इन र…

Read More

आयात ६ खर्ब ४६ अर्ब रुपैयाँ, निर्यात ५७ प्रतिशतले बढ्यो काठमाडौँ: चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ रहेको कुल वैदेशिक व्यापार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बढेर ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको वस्तु आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३८.१८ प्रतिशतले…

Read More

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा थाइल्याण्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रमा बुधबार विहान मन्तव्य दिँदै मन्त्री श्रेष्ठले जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोगमा जोड दिनुभएको हो । सम्बोधनका क्रममा मन्त्री श्रेष्ठले हालै लङटाङ लिरुङमा हिमपहिरो तथा बुढीगण्डकी क्षेत्रमा पहिरोका कारण भएका ठूला विपद्, जनधनको क्षति र निर्माणाधीन जलविद्युत् आयोजनामा पुगेको…

Read More

काठमाडौं: नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) प्रदान गरेको छ। यससँगै विद्युत् उत्पादनमा सक्रिय निजी क्षेत्रलाई विद्युत् व्यापारमा समेत सहभागी गराउने दिशामा महत्वपूर्ण कदम अघि बढेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले स्वदेशी तथा विदेशी विद्युत् बजारको अध्ययन, सम्भावित खरिदकर्ता तथा व्यापारिक साझेदारको पहिचान, प्राविधिक तथा वित्तीय सम्भाव्यता अध्ययन र आवश्यक व्यावसायिक तयारी गर्न सक्नेछन्। नेपालको जलविद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको सन्दर्भमा उत्पादित विद्युत्को दिगो बजार सुनिश्चित गर्नु, विद्युत् व्यापारका नयाँ अवसर पहिचान गर्नु र निजी लगानीको सम्भावना…

Read More

काठमाडौं: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने सुनिश्चितता गर्न माग गरेको छ । इप्पानले मंगलबार (कात्तिक १० गते) विज्ञप्ती जारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रलाई सैद्धान्तिक सहमतिका रूपमा आशयपत्र माग गरेको निर्णय प्रति आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दै यस्तो माग राखेको हो । इप्पानले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिनुपर्ने दुई दशकभन्दा लामो समयदेखिको मागतर्फ सरकारको यो निर्णय महत्त्वपूर्ण सुरुवात भएको जनाएको छ । यस निर्णयले अहिलेसम्म उत्पादनमा मात्र सीमित रहेको निजी क्षेत्रलाई पहिलोपटक बजार खोज्ने, साझेदार पहिचान गर्ने र विद्युत्…

Read More

काठमाडौँ: साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ। पहिलो खेलमै साविक उपविजेता सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको जित हात पारेको हो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले तीन विकेटको क्षतिमा १० औँ ओभरमा पूरा गर्‍यो। लुम्बिनीका लागि ओपनर डार्शी शर्टले ४० रनको योगदान गरे। १ बलको सामना गरेका शर्टले ४ चौका र ३ छक्काको मद्दतमा टोलीलाई जित नजिक पुर्‍याएर आउट भए। आसिफ शेख टोलीलाई ६ रन आवश्यक पर्दा ३२ रनमा आउट भए। उनलाई पनि खरेलले नै दिपेन्द्रको हातबाट क्याचआउट गराए। आसिफ यहि सिजन जनकपुरबाट रिलिज भएर लुम्बिनीमा अनुबन्ध भएका हुन्। उनलाई पहिलो सिजन जनकपुरले मार्की खेलाडीका रुपमा…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल आइएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एक विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई उक्त अवार्ड हस्तारण गर्नुभयो । ग्लोबल फाइनान्सले वित्तीय श्रोत परिचालनको क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यवसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन,…

Read More

प्रधानमन्त्री शाहद्वारा शुभकामना व्यक्त काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा लुम्बिनीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन्। एनपीएल सुरु हुन लागेको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाली क्रिकेट टोली, आयोजक तथा प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय खेलाडीलाई शुभकामना दिएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन्। ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु…

Read More