Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल १३२ रनमै अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा पहिले ब्याटिङ थालेको नेपाल ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा समेटिएको हो। घरेलु टोली नेपालका ब्याटर फ्लप सावित हुँदा नामिबियाले १ सय ३३ रनको सामान्य लक्ष्य पाएको हो। नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १ सय ३२ रन बनाउँदा अलआउट भयो। नेपालले घरेलु मैदानमा बनाएको यो अहिलेसम्म कै कम योगफल हो। नामिबियाविरुद्ध नेपालका लागि भिम सार्कीले बनाएको ४४ रन नै सर्वाधिक रह्यो। ६ बलमा २ चौका र १ छक्का प्रहार गरेका भीम २ औँ ओभरको…
कपिलवस्तु: कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बुधबार राति सवा १२ बजे सडकबाट झन्डै सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले जानकारी दिए। दुर्घटनामा ३० जना घाइते भएका छन् । तीमध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको एसपी पौडेलले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर वलीका अनुसार मृतकमध्ये तीन महिला र सात पुरुष छन्। उनीहरूको सनाखत हुन सकेको छैन। घाइते सबैको…
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युत्मा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षमा गत २४ माघमा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३ औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत आयोजनाहरुसँग जहिले र जतिपनि पीपीए गर्ने निर्णय गरेको हो । १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको विद्युत् ‘लेऊ या तिर’ प्रावधानका आधारमा खरिद गरिने छ । आयोजनाहरुको विद्युत् सुक्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)का लागि हाल कायम रहेको दर क्रमश ः रु ८.४० र ४.८० प्रति…
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारीको रकम हिनामिनामा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र फरार रहेका ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक गीतेन्द्रबहादुर राईको बैंक खाता सम्बन्धित बैंकहरुसँग माग गरेको छ । विभागले २०८० माघ ८ गते बैंकहरुलाई पत्र पठाउँदै सबै २० वटा बैंकहरुलाई पत्र लेखेर बैंक खाता भए नभएको र भएमा कस्तो खाता छ भनी विवरण पठाउन भनेको हो । विभागले बैंक खाताको सबै विवरण, बैंक स्टेटमेन्ट, खाता खोल्दा पेश गरेका कागजात र हालको मौज्दात रकमको समेत विवरण खुलाएर पठाउन भनेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री मातहत छ ।
काठमाडौं: नेकपा माओवादी केन्द्रको विधान अधिवेशनका प्रतिनिधिहरुले पार्टीलाई छरितो र क्रियाशील बनाइराख्न नेतृत्वलाई सुझाव दिएका छन् । आफ्नो समूहबाट सुझाव पेश गर्ने क्रममा हिमाल शर्माले पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने सुझाव दिए । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले प्रदेशलाई थप अधिकार दिन पनि सुझाव दिए । नेता दिलीपकुमार प्रजापतिले केन्द्रीय सदस्यको संख्या सकेसम्म कम गर्नुपर्ने सुझाव दिए । उनले पूर्णकालीन पार्टी सदस्यको स्पष्ट व्यवस्था गर्न सुझाव दिए । नेता कुमार पौडेलले पार्टीले सत्ता सञ्चालन गर्नुपर्ने व्यवस्था विधानमा गर्नुपर्ने बताए । उनले घाइते र पूर्व जनमुक्ति सेनालाई विशेष व्यवस्था गर्न सुझाव दिए । नेता परशुराम…
काठमाडौँ: राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा कार्यक्रम गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग वार्ता नहुने घोषणा गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले राप्रपासँग अब वार्ता नहुने बताए। ‘दुर्गा प्रसाईं राप्रपामा भित्रिन्छ भन्ने कुरा यो कल्पनादेखि बाहिरको हो,’ प्रसाईंले भने, ‘म एमालेको केन्द्रीय सदस्य छँदै छ नि! राप्रपामाभन्दा अलिकति गतिलो पार्टी हो नि त।’ उनले आफूले अभियानमा राप्रपाका मानिससमेत नल्याउने बताए। ‘राप्रपाका मानिस त म ल्याउँदिनँ, राप्रपामा भित्रने कुरै छाडिदिनुस्,’ प्रसाईंले भने, ‘रोटी साँधेर खानेहरूको के कुरा गर्नुहुन्छ। हिजो बिहान आएर हात मिलाए, दिउँसो आउँछु भने, आएनन्। उनीहरूको के कुरा गर्ने?’…
काठमाडौँ: नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। सचिवालय बैठक बिहीबार अपराह्न ३ बजे पार्टी कार्यालयमा बस्ने उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। उनकाअनुसार सचिवालय बैठकको प्रस्ताव तयार पार्न अहिले केन्द्रीय कार्यालयको बैठक बस्दैछ। महासचिव शंकर पोखरेल नेतृत्वको कार्यालयको बैठकले केन्द्रीय कमिटीको बैठकको मिति तय गर्ने सम्भावना रहेको उनले बताए। कार्यालय बैठकले सचिवालय बैठकको कार्यसूची पनि तय गर्नेछ। एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। ‘हामी फागुनको दोस्रो साता केन्द्रीय कमिटीको बैठक बोलाउँछौं,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने। एमालेले सरकारविरूद्ध आन्दोलनको तयारी पनि गरेको छ। जिल्ला-जिल्लामा प्रशिक्षण, भेला र संगठन पुनःनिर्माणलाई गति दिइरहेका एमालेले…
काठमाडौँ:नेकपा (माओवादी केन्द्र) का नेताहरूले पार्टीलाई छरितो बनाउन सुझाव दिएका छन्। काठमाडौंको कमलादीमा जारी विधान सम्मेलनको दोस्रो दिन समूहगत छलफलको निष्कर्ष सुनाउँदै समूहका प्रमुखहरूले पार्टीलाई संघीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव दिएका हुन्। हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए। पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले प्रदेशलाई थप अधिकार दिनुपर्ने बताए। दिलीपकुमार प्रजापतिले पार्टीलाई जनतासमक्ष लैजान नयाँ विधानले सहयोग गर्ने विश्वास व्यक्त गरिएको उल्लेख गर्दै जातीय छुवाछूतलाई गम्भीर अपराधको रूपमा राख्नुपर्ने सुझाव दिएका छन्। उनले केन्द्रीय सदस्यको संख्या सकेसम्म कम गर्नुपर्ने सुझाव आफ्नो समूहमा आएको उल्लेख गर्दै पूर्णकालीन…
मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले ७४ रनको सामान्य लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ७३ रन बनाएको हो। कुवेतलाई सस्तैमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक गरिन्।
रासस काठमाडौँ, फाल्गुन २:नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ। जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ। राहुघाटको प्रर्वद्धक नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड हो। आयोजनाका व्यवस्थापक राज विष्टले राहुघाटको ६ हजार २०० मिटरमध्ये हालसम्म ९४ प्रतिशत काम पूरा भएको जानकारी दिए। अब ३८० मिटर सुरुङ खन्न बाँकी छ। ‘अडिट २ र ३ जोड्ने तीन हजार ८३६ मिटर लामो सुरुङमध्ये ३ हजार ८२२ मिटर खनिएको छ,’ उनले भने, ‘सुरुङ एक हप्ताभित्र ब्रेक थ्रु (वारपार)गर्ने तयारीमा छौँ।’ सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा खसाल्ने १९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ…
