Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
- वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
- बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
- अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
- रसुवा बाढी : १६२ को शव फेला, हजारौं सम्पर्कविहीन
- रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै, जालान त शीर्ष दलका नेता ?
- भोटेकोसी बाढीको कहर : नुवाकोटको पछिल्लो अवस्था तस्बिरमा
- रसुवामा भीषण बाढी : प्रधानमन्त्री शाहले दिए ६ निर्देशन, बोलाए उच्च स्तरीय बैठक
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा व्यापक कटान र डुबान निम्त्याई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्याएको छ। नदीको तीव्र बहावले सयौँ नागरिकको अकालमै ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा सयौँ परिवार घरबारविहीन भई विस्थापित हुनुपरेको छ। साथै, नदीले स्थानीय बस्ती, पुल, सडक सञ्जाल तथा जलविद्युत् आयोजनाहरू बगाएर अभूतपूर्व विनाश निम्त्याएको छ। बाढी…
काठमाडौं: भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ । बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमाद चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ । आवश्यक प्राविधिक कार्य पूरा गरी यी लाइनहरू पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको र साँझसम्म विद्युत सेवा सुचारु गर्ने प्रयास भइरहेको छ । त्रिशूली क्षेत्रका…
काठमाडौँ: विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ । बाढीबाट १२ वटा जलविद्युत् आयोजनाहरुमा क्षति पुगी ४३१.१ मेगावाट विद्युत उत्पादन बन्द भएपछि ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय मातहतको संयन्त्र परिचालन गरी रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जाको व्यवस्थापन गरेका हुन् । ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा आज पाँच सय सोलार पावर बैंक पठाउने तयारी गरेको छ । प्रभावित क्षेत्रमा पठाउनका लागि ऊर्जा मन्त्रालयले प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदलाई पाँच सय सय सोलार पावर बैंक हस्तान्तरण…
काठमाडौँ: भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण गरेको छ। प्रतिकूल मौसमका कारण हिजो दुई पटक अवतरणको प्रयास असफल भए पनि आज हेलिकप्टर आयोजना स्थलमा अवतरण गरेसँगै त्यहाँको वास्तविक क्षति तथा अवस्थाको स्थलगत मूल्याङ्कन सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उद्धार तथा विद्युत् सेवा यथाशीघ्र सुचारु गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै तीव्र गतिमा काम अघि बढाउन निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठको निर्देशनअनुसार घटनास्थलको वस्तुस्थिति अवलोकन, उद्धार समन्वय तथा विद्युत् पुनर्स्थापनालाई प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ…
काठमाडौं । बाढीका कारण ज्यान गुमाएकाहरू मध्येमा नेपालमा हालसम्म १६२ भन्दा बढीको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । सम्पर्कविहीन हुनेहरूमा २७ भन्दा बढी देशका सयौँ पर्यटकहरू पनि छन्। हराइरहेकामध्ये १०० भन्दा बढी भारतका ५४ जना अमेरिकाका ३४ जना अस्ट्रेलियाका र ३३ जना यूकेका रहेका अधिकारीहरूले बताएका छन्। तिब्बतमा पनि तीनजनाको मृत्यु भएको र २६५ जना हराइरहेको राज्य सञ्चालित मिडियाले जनाएको छ। नेपालमा दर्जनौँ प्रहरी र सैनिकहरू पनि हराइरहेका छन्। रसुवा, नुवाकोट लगायतका प्रभावित जिल्लामा रहेका विद्यालय, निजी भवन, बैंकमा कार्यरत कर्मचारीहरु पनि सम्पर्कविहीन छन ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा आज सर्वदलीय बैठक आह्वान गरेका छन् रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ । बाढीबाट प्रभावित क्षेत्रमा तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ । यो बैठकमा ससहभागी हुने…
काठमाडौँ, भदौ १० गते । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रभावित क्षेत्रको पछिल्लो अवस्था तस्बिरमा । नुवाकोटको विदुर नगरपालिका
काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको भीषण बाढीपछि उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ जानकारी दिएका छन्। उनले अन्य जिल्लाहरूबाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्र तर्फ परिचालन भैसकेको पनि बताएका छन्। केहीबेरअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विपद् व्यवस्थापन प्राधिकरण सक्रिय छ, मेडिकल टिम, स्काउट, रेडक्रस सबै सँग समन्वय हुँदै आवश्यक कदम चाल्न भनिएको छ। अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित एरियामा पठाउने प्रक्रिया अघि बढिसकेको छ।’ रसुवा बाढी सम्बन्धमा प्रधानमन्त्री शाहले लेखेका छन्
काठमाडौँ: बुधबार बिहान आएको बाढीका कारण रसुवामा २८ प्रहरी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका १९ जना र सशस्त्रका ९ जना प्रहरी सम्पर्कविहीन भएका हुन्। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरीचौकीका २२ प्रहरीमध्ये ९ जना मात्रै सम्पर्कमा आएका छन्। अरु १३ जना सम्पर्कविहीन छन्। यस्तै स्याफ्रुबेसीमा पनि ६ जना प्रहरी हराइरहेका छन्। त्यहाँ ९ जना प्रहरी रहेकोमा ३ जना मात्रै सम्पर्कमा आएको र अरु सम्पर्कविहीन रहेको पनि डीआईजी रेग्मीले बताए। यस्तै टिमुरे बीओपीका ९ जना सशस्त्र प्रहरी पनि सम्पर्कविहीन छन्। बाढीले प्रहरी कार्यालय पनि बगाएको छ। विपत् प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। बुधबार बिहान…
काठमाडौं । आज बुधबार बिहान आएको बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ।छन्। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरीचौकीका २२ प्रहरीमध्ये ९ जना मात्रै सम्पर्कमा आएका छन्। अरु १३ जना सम्पर्कविहीन छन्। यस्तै स्याफ्रुबेसीमा पनि ६ जना प्रहरी हराइरहेका छन्। त्यहाँ ९ जना प्रहरी रहेकोमा ३ जना मात्रै सम्पर्कमा आएको र अरु सम्पर्कविहीन रहेको पनि डीआईजी रेग्मीले बताए। बाढीले प्रहरी कार्यालय पनि बगाएको छ। विपत् प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। बुधबार बिहान ९ बजे अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। खोज तथा उद्धारका…