Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

राष्ट्रिय समाचार समिति (रासस)लिस्बन (पोर्चुगल), २६ चैत : पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् ।

Read More

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दछ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने गर्दछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण…

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र मधेश प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहनेछ । देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी र मधेश प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली…

Read More

लेखनाथ (कास्की) : गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरङ्ग (ओपिडी) सेवालाई थप गरि १२ घण्टा पु¥याउने निर्णय गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्नुहुँदै उहाँले सो निर्णय गर्नुभएको हो । अस्पतालहरुले बिहान १० देखि साँझ ५ बजेसम्म ‘ओपिडी’ सेवा सञ्चालन गर्दै आएकामा अबदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म उक्त सेवा सञ्चालन गर्नेछन् । त्यसअघि मुख्यमन्त्री अधिकारीले सहिद उद्यान र पुष्पलाल स्मृति उद्यामा पुगी सहिदको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो । अधिकारी कास्की–१ (क) बाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले) सहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र…

Read More

काठमाडौं: आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत चैत २२ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार रुपैयाँ कायम भई हालसम्मकै उच्च मूल्य कायम भएको थियो । उक्त मूल्यको रेकर्ड ब्रेक गर्दै सुन आइतबार हालसम्मकै उच्च मूल्य कायम भएको छ । नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । साथै आइतबार चाँदीको मूल्य प्रतितोला १६ सय ७० रुपैयाँ कायम भएको छ ।

Read More

वीरगन्ज: अर्थमन्त्री वर्षमान पुन अनन्तले वीरगन्ज भन्सार कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । कर राजश्वको ४० प्रतिशत हिस्सा ओगट्दै आएको वीरगन्ज मुलुकको प्रमुख भन्सार नाका हो । पुन अर्थमन्त्री नियुक्त भएको एक महिनामा यो नै पहिलो भन्सार निरीक्षण हो । निरीक्षणपछि भन्सार कार्यालयमा मन्त्री पुनले राजश्व चुहावट नियन्त्रण समितिको बैठक राखे । बैठकमा अर्थ मन्त्रालयका सचिव (राजश्व) डा रामप्रसाद घिमिरे, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, आन्तरिक राजश्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेल, वीरगन्ज भन्सारका प्रमुख डिलाराम पन्थी, बारा, पर्सा र रौतहटका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायत सहभागी थिए । मन्त्री पुनले चोरी पैठारी नियन्त्रण गरी राजश्व चुहावट…

Read More

काठमाडौँ: निजी क्षेत्रका तीन संस्थाले कानुनको अपव्याख्या गरी आईटी कम्पनीमाथि फौजदारी मुद्दा लगाउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । राजस्व अनुसन्धान विभागले शतप्रतिशत सेवा निर्यात गर्ने कोटिभिटीविरुद्ध भ्याटछलीको मुद्दा हालेपछि नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीज् (नास‐आईटी), नेपाल उद्योग परिसंघ (सीएनआई), अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् । हालसम्म गर्दै आएको कर व्यवहारको बर्खिलाप हुने गरी कानुनको व्याख्या गरेर सूचना प्रविधि क्षेत्रका उद्योगलाई असामान्य शीर्षकमा आर्थिक दायित्व बढाउने प्रयत्न हुनु दुखद् रहेको संयुक्त विज्ञप्तिमा भनिएको छ । ‘त्यसमाथि पनि अनाहकमा यस क्षेत्रमा क्रियाशील कम्पनी उपर फौजदारी प्रकृतिको कारबाही लागु…

Read More

काठमाडौँ: अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि एन संशोधन गर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगन्जमा आयोजना गरेको वीरगन्जको बैभव अन्तर्गत अर्थमन्त्रीलाई प्रश्नैप्रश्न शीर्षकको कार्यक्रममा उनले यस्तो बताएका हुन् । भरसक संसदबाटै र समय अभावले नभ्याइने भए अध्यादेशबाटै लगानी संकुचन गर्ने ठानिएका दर्जन कानून अध्यादेशमार्फत संशोघन गरिने मन्त्री पुनको भनाइ थियो । त्यसका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गरिने उनले बताए । लगानी सम्मेलनमार्फत लगानी आउने वातावरण बनाउॅछौं, मन्त्री पुनले भने । तेस्रो लगानी सम्मेलन आगामी बैशक १६ र १७ मा हुंदैछ । आन्तरिक लगानीका लागि पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गरिने मन्त्री…

Read More

विराटनगर: सुनसरी जिल्ला प्रशासन कार्यालयले थप तीन पालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कफ्र्यु आदेश जारी गरेका हुन् । यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गरेको थियो । सुनसरीको भुटाहामा दुई समूहबिचको झडपले उग्ररुप लिएपछि अन्य पालिकामा पनि फैलन सक्ने भएकोले अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । भुटाहामा शुक्रबार भएको झडपमा परी चार जना घाइते भएका छन् । प्रहरीले अहिलेसम्म चार दर्जनभन्दा बढी अश्रुग्याँस र हवाई फायर गरिसकेको छ । घाइते तीन जनाको विराटनगरमा र…

Read More

काठमाडौँ: आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिम भारतको रणजी टिम बरोडासँग ३७ रनले पराजित भएको छ। शुक्रबार गुजरातमा बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अलआउट भयो। यसअघि लगातार तीन खेलमा जित निकालेको नेपाल फाइनल भने पुगिसकेको छ। नेपालले आइतबार गुजरातसँग फाइनल खेल्दैछ। नेपालले लिग चरणमा गुजरातलाई दुवै खेलमा हराउँदा बरोडाविरुद्धको पहिलो खेल पनि जितेको थियो। शुक्रबार ब्याटिङमा नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे पनि अरु ब्याटरले उल्लेख रन जोड्न सकेनन्। सन्दीपले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५६ रन जोडे। ओपनर कुशल भुर्तेल १६ रनमा…

Read More