Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै व्यवसायीलाई सहज वातावरण सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । प्रतिनिधिमण्डलले विशेषगरी ७ प्रतिशत को आर्थिक बृद्धिदर हासिल गर्नको लागि २० प्रतिशत भन्दा बढी कर्जा प्रवाह गर्ने गरी नीति ल्याउन आग्रह गरेको छ । मुलुकको अर्थतन्त्र विगत पाँच वर्षदेखि निरन्तर सुस्त अवस्थामा रहेको, उद्योग, व्यापार, निर्माण, पर्यटन तथा सेवा…
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको थियो । बुधबार चाँदीको मूल्य ४ हजार ४ सय ८५ रुपैयाँ प्रतितोला कायम भएको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य ४ हजार ५ सय ९० रुपैयाँ रहेकोमा बुधबार १ सय ५ रुपैयाँले घटेको हो ।
बागमती प्रदेशमा सबैभन्दा धेरै २७.९ प्रतिशत काठमाडौं: देशभर सरकारी स्वामित्वबाहेकका १० हजार ४ सय ११ शिक्षण संस्था सञ्चालनमा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांकसम्बन्धी सर्वेक्षणको नतिजाअनुसार प्रदेशगत रूपमा बागमती प्रदेशमा सबैभन्दा धेरै २७.९ प्रतिशत अर्थात् दुई हजार ९०३ शिक्षण संस्था सञ्चालनमा रहेका छन्। सर्वेक्षणअनुसार कोशी प्रदेशमा एक हजार ९ सय १७ (१८.४) प्रतिशत र मधेश प्रदेशमा एक हजार ८ सय ९१ (१८.२) प्रतिशत शिक्षण संस्था रहेका छन् । त्यसैगरी, लुम्बिनी प्रदेशमा एक हजार ५ सय ५६ (१४.९) प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ९ सय ७ (८.७) प्रतिशत, गण्डकी प्रदेशमा ८ सय ६२ (८.३) प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ३ सय ७५…
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ जना केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ । उनले भने, ‘एकिन सङ्ख्या निकाल्दै छौँ, ४ सयभन्दा बढीको उम्मेदवारी परेको छ । आज बिहान ९ बजे नामावली प्रकाशन गरिनेछ ।’ निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने ४ हजार हाराहारी प्रतिनिधि छन् ।
काठमाडौँ: चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाका लागि पाँचबुँदे नियम बनाइएको छ। रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार निर्वाचनमा कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थक आफैँ उम्मेदवार बन्न पाउने छैनन्। पार्टीको निर्वाचन आयोगको यो नियमविपरीत मनोनयन फारम दर्ता गरिएमा उम्मेदवारी स्वतः अमान्य हुने रास्वपाले जनाएको छ। आयोगले विभिन्न पदका लागि प्रस्तावक र समर्थकको संख्या पनि तोकेको छ। जसअनुसार पार्टी सभापति पदको उम्मेदवारीका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ भने अन्य केन्द्रीय सदस्यको हकमा १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछ। उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ तथा पासपोर्ट खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालत मुद्दा दायर गरेको हो । विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानकाअनुसार आयोगले राहदानी विभाग महानिर्देशक अर्यालसहित १० कर्मचारी, दुई जर्मन कम्पनी, ती कम्पनीसँग आबद्ध चार विदेशी नागरिक तथा कम्पनीका दुई नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाई मुद्दा पेश गरेको हो । उनले प्रतिवादीहरुसँग एकमुष्ट कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो माग दाबी गरिएको जानकारी दिइन्…
काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई विभागको पत्र पछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं डिआइजी जयराज सापकोटाले जानकारी दिए। ‘सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि विभागले पत्र पठाएको थियो। त्यही पत्र पछि हामीले राखेका छौं,’ उनले भने। उनी सुर्खेतस्थित एक होटलबाट साँझ साढे ५ बजेतिर पक्राउ परेका हुन्। पक्राउ परेका पौडेललाई बाँकेको नेपालगंजतर्फ लगिएको छ। त्यहाँबाट संभव भएसम्म प्लेनमार्फत् आजै बेलुकी काठमाडौं लगिने भएको छ। उनीविरूद्ध केकस्तो मुद्दा हो भन्ने खुलिसकेको छैन।
काठमाडौं: फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’ (जोखिमपूर्ण सूची) मा निरन्तरता दिएको छ । फ्रान्सको पेरिसमा आयोजित एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपालको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचकहरूमा पर्याप्त सुधार नभएको भन्दै यो सूचीमा यथावत राख्ने निर्णय गरेको हो । नेपालको एफएटीएफ सूचीको इतिहास उतारचढावले भरिएको छ । यसअघि सन् २००८ मा नेपाल पहिलो पटक ग्रे–लिस्टमा परेको थियो भने लामो प्रयासपछि सन् २०१४ मा मात्रै यो सूचीबाट बाहिरिन सफल भएको थियो । यसले विशेषगरी अवैध तरिकाले कमाएको धनलाई वैध बनाउने कार्य (मनी लाउन्ड्रिङ), आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी र सामूहिक विनाशका हतियार निर्माणमा हुने वित्तीय लगानी रोक्नका…
काठमाडौँ: विश्वकपको समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकालेको छ । खेलको सुरुवातदेखि नै आक्रामक बनेको जापानका लागि ड्याची कामाडा, आयुसे उएडा र जे आइटोले गोल गरे । खेल सुरु भएको चौथो मिनेटमै कामाडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उएडाले उत्कृष्ट ‘लो स्ट्राइक’ मार्फत ३१ र ८३ मिनेटमा गोल गरेका हुन् । थापानका लागि ६९ मिनेटमा जे आइटोले गोल गरेका हुन् । पहिलो हाफमा दुई गोल गरेको जापानले दोस्रो हाफमा थप दुई गोल गरेको हो । आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको जापान आजको खेलमा विजयी भएसँगै अन्तिम ३२…
काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको निमन्त्रणामा थापा महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुँदै शुभकामना दिन चितवन जान लागेका हुन् । सभापति थापाले आज बिहान एक सन्देश जारी गर्दै महाधिवेशन सफलताको शुभकामनासमेत दिएका थिए । रास्वपा महाधिवेशनमा नेकपा एमालेबाट नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभाही हुने बताइएको छ ।