Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ, १२ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । सो अवसरमा उहाँहरूबीच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो । सो क्रममा अध्यक्ष ओलीले पुनःनिर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकन गर्नुभएको थियो ।

Read More

काठमाडौँ: गणतन्त्र विरोधी प्रदर्शनको अगुवाइ गरिरहेका दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। प्रहरीमाथि ढुंगामुढा गरेको पाइएपछि प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीको दाबी छ। पक्राउ पर्ने अन्यमा श्रीनिवास आचार्य, निकेश बाँस्तोला, भोजराज तमिल्सिना, हरि बिशुङ्खे, भुवन परियार, दीपक गोस्वामी, देवेन्द्र कार्की, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन खड्का, दिपेश खड्का र मेहरमान बस्नेत छन्। प्रसाईं नेतृत्वको नागरिक तथा राष्ट्र बचाउ महाअभियानले मंसिर ७ गतेदेखि काठमाडौँमा गणतन्त्रको विरोधमा प्रदर्शन गर्दै आएको छ। प्रदर्शनको पहिलो दिन अभियानले बल्खुका प्रदर्शन गरेको थियो। त्यसपछिका दिनमा अभियानले तीनकुने, गौशाला लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेको…

Read More

काठमाडौं: सुनको मूल्य निरन्तर बढ्दा केही दिनयता दैनिक जसो नयाँ रेकर्ड कायम गर्दै गएको छ । सोमबार मात्रै छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १७ हजार ४ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघअनुसार मंगलबार तेजावी सुनको मूल्य १ लाख १७ हजार १५० रुपैयाँ कायम भएको छ । साथै, मंगलबार तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १५ सय रुपैयाँ कायम…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिनुभएको छ ।छैठौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषको ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा ४५ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको बताउँदै केही समयमै यो संस्था सबैभन्दा धेरै पैसा भएको नेपालको संस्थाको रुपमा पुग्ने बताउनुभयो । “४५ अर्ब रुपैयाँ फन्ड बैकमा राखेर हुन्न । कार्यविधी बनाएर यसलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्छ । ‍ सामाजिक सुरक्षा कोषको स्थापना भएको भर्खरै ६ बर्ष लाग्यो तर यति छोटो समयमा नै कोषले…

Read More

काठमाडौँ: योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको ४४ अर्ब ८५ करोड १४ लाख रूपैयाँ जम्मा भएको छ। योजना सुरू भएदेखि हालसम्म कोषमा ९ लाख २८ हजार ४५३ श्रमिक सूचीकृत भइसकेका छन्। त्यस्तै १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन्। योगदानमा आधारित सामाजिक सुरक्षा योजना सरकारले २०७५ मंसिर ११ गतेबाट सुरू गरेको हो। योजना सुरू भएको पाँच वर्ष पूरा भएर ६ वर्ष लागेको छ। अहिले कोषले सञ्चालन गरिरहेका सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई सुविधा दिने काम निरन्तर भइरहेको छ। हालसम्म औषधि उपचार तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत एक लाख ४३ हजार २४२ दाबी परेका छन्। यसमा ७६ करोड २५ लाख ५९ हजार रूपैयाँ भुक्तानी…

Read More

काठमाडौँ: पछिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजारमा आज (सोमबार) भने करेक्सन देखिएको छ। सेयर कारोबार मापन परिसूचक नेप्से ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा झरेको हो। तीन कारोबार दिनमा ७८ अंकले बढेको बजारमा आज ११.२७ अंकको करेक्सन देखिएको हो। तिहारपछि बजार साढे १८ सय विन्दुबाट निरन्तर बढेर १९ सय नाघ्न सफल भएको थियो। तर, आज सामान्य अंकको गिरावट आउँदा बजार १९ सय विन्दु तल झरेको छ। आज १९०९ विन्दुमा खुलेको बजार सुरुवाती समयमा उकालो लाग्दै १९२६ विन्दुसम्म पुगे पनि अडिन सकेन। नेप्सेमा करेक्सन आउँदा कारोबारसमेत खुम्चिएको छ। आज बजारमा १ अर्ब ६९ करोडको कारोबार भएको छ। आइतबार नेप्सेमा १…

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, ११ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै हुनुहुन्छ ।

Read More

काठमाडौं: कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मि.उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजना अन्तर्गतनै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन् । सबस्टेसनहरु निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७५को असारमा २ करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भयो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले निर्माण गर्ने र…

Read More

चितवन : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भन्नुभयो, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।” उहाँले गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ नरहेको बताउनुभयो । गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् ? यो प्रश्नमा उहाँले भन्नुभयो, “को अत्तालियो ? हामी अत्तालिएका छैनौँ ।” वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरुले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उहाँले स्पष्ट जवाफ दिनुभएन । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? यस प्रश्नमा उहाँको जवाफ थियो, “थाहा पाइहाल्नु हुन्छ…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा मिति २०८० मंसिर १० गते आइतबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैंकको पाटन शाखाको समुद्घाटन गर्नुभयो । नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा…

Read More